सदाबहार खबरको रफ्तार ....
बैसाख २८, २०८१ शुक्रबार
May 10, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

इलाम-२ को राति ११ बजेपछि र बझाङको भोलि बिहान १० बजेपछि मतगणना हुने

२०८१ बैसाख १५, शनिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः इलाम-२ को मतपेटिका राति ११ बजेसम्म मतगणना स्थलसम्म जम्मा हुने भएको छ । निर्वाचन आयोगले सबै मतदानस्थलबाट मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ढुवानीको कार्य भइरहेको जानकारी दिएको छ ।

इलाम- २ मा  इलाम नगरपालिका वार्ड नं. ७ स्थित गौतम बुद्ध सभागृहमा मतगणनाको तयारी गरिदै छ । आयोगका अनुसार राति ११ बजेसम्म सबै मतपेटिका मतगणना स्थलमा आइपुग्ने जनाएको छ । त्यसपछि रातिनै मत गणना शुरु हुने छ ।

त्यसति बझाङको उपनिर्वाचनका मतपेटिका भने आइतबार बिहान १० बजेसम्म मात्र संकलन भइसक्ने आयोगले जनाएको छ ।

आयोगका अनुसार बझाङको प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र नं. १ का मतपेटिका मतगणनास्थल बझाङ जिल्ला अदालत चैनपुरमा हवाईमार्गबाट समेत ढुवानी गर्नुपर्ने भएकोले आइतबार बिहान १० बजे भित्र ढुवानी भइसक्ने छन् । त्यसपछि मात्र बझाङको मत गणना शुरु हुने आयोगले जनाएको छ ।

शनिबार सम्पन्न मतदानमा इलाम-२ मा करिब ५८ प्रतिशत र बझाङमा ५० प्रतिशत मतदान भएको छ । यस उपनिर्वाचनमा इलाम-२ मा १ लाख १५ हजार ८ सय ८९ मतदाता र बझाङको प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र नं. १ मा ६१ हजार ७ सय ४८ मतदाता रहेका थिए ।

यसअघि २०७९ मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनमा इलाम-२ मा ५९.७८ प्रतिशत तथा बझाङको प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र नं. १ मा ५२.९८ प्रतिशत मतदान भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

कोशीमा नयाँ सरकार गठनविरुद्ध परेको रिटको पेशी आज

कोशीमा नयाँ सरकार गठनविरुद्ध सर्वोच्चमा रिट दायर

संविधान कार्यान्वयनमा एकजुट हुन आवश्यकः सञ्चामन्त्री शर्मा

उपराष्ट्रपति यादव र नर्वेका राजदूत ड्रामडलबिच शिष्टाचार भेट

बागमती प्रदेशसभाको अधिवेशन वैशाख ३१ गते

डा. लावतीको संयोजकत्वमा बन्यो पहिचानवादी मोर्चा, जसपाको खास धार आफूहरू भएको दाबी {पत्रसहित}

सर्वोच्च अदालतका आजका सबै इजलास स्थगित

गण्डकी सरकारविरुद्धको रिट न्यायाधीश मनोज शर्माको इजलासमा

गण्डकी प्रदेश सरकारविरुद्ध परेको रिटको पेसी आज

गण्डकी प्रदेश सरकारविरुद्ध परेको रिटको पेसी आज

पाँच बर्षदेखी नवीकरण नभएका हतियार बुझाउन काठमाण्डौं प्रशासनको आदेश

पारस खड्काको चेतावनी- मेरो चरित्र हत्या गरियो, ढिलो चाँडो कानुनी दायरामा ल्याउछु