सदाबहार खबरको रफ्तार ....
बैसाख ३०, २०८१ आइतबार
May 12, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

देवघाटमा दुई वडाका नयाँ भवन निर्माण

२०८१ बैसाख १६, आइतबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः तनहुँको देवघाट गाउँपालिकाका दुई वडामा आफ्नै भवन निर्माण भएका छन् । वडा कार्यालयलाई स्रोतसाधन सम्पन्न बनाउने उद्देश्यसहित वडा कार्यालय भवन निर्माण गरिएका हुन् ।

देवघाट गाउँपालिका–४ र ५ को भवन निर्माण सकेर नयाँ भवनबाट सेवा प्रवाह भएको छ । जिल्ला समन्वय समिति तनहुँ र देवघाट गाउँपालिकाको संयुक्त लगानी रु ८३ लाख १४ हजार आठ सय तीनमा देवघाट गाउँपालिका–४ को भवन निर्माण गरिएको हो भने वडा नं ५ को भवन रु ९४ लाख नौ हजारको लागतमा निर्माण भएको हो । सोही वडामा रहेको चक्रवर्ती आधारभूत विद्यालयको स्वामित्वको जग्गामा वडा कार्यालय भवन निर्माण गरिएको हो ।

यसैबीच, विद्यालयका प्रधानाध्यापक गीता रानाभाटले भने विद्यालयलाई नै जग्गा अपुग भइरहेको अवस्थामा कुनै परामर्श नै नगरी विद्यालयको जग्गामा वडा कार्यालयको भवन बनाइएको गुनासो गर्नुभएको छ ।

यसैगरी देवघाट गाउँपालिका–५ क्युँदीमा रु पाँच करोड ४१ लाख ४९ हजार पाँच सय ८० मा प्रशासकीय भवन निर्माण गरिएको गाउँपालिकाले जनाएको छ । भवनका निम्ति गण्डकी प्रदेश सरकारले रु एक करोड ५० लाख प्रदान गरेको थियो । भवनमा दुई सय सीट क्षमताको सभाकक्ष पनि छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

धनकुटाको पाख्रीबासमा सवारी दुर्घटना

भाँगो र आलुसँग चामल साटेर गुजारा गर्दै बागलुङको रमुवाका बासिन्दा

मातृभूमिको विकास गर्न योगदान गर्न आह्वान

कस्तो छ आजको मौसम पूर्वानुमान ?

प्रजनन केन्द्रमा हुर्काइएका घडियाल नारायणीमा छाडियो

नुवाकोटमा नागरिकता त्याग्नेहरू बढे

टुँडिखेलमा सञ्चालित निःशुल्क सीप मेलामा युवा आकर्षित

काठमाण्डौका विभिन्न ठाउँमा आजदेखि एक हप्तासम्म दैनिक ६ घण्टा बिजुली नआउने

कस्तो छ आज मौसम पूर्वानुमान ?

बाँकेको जमुनाहा नाका तीन दिन बन्द

वडा कार्यालयको प्राङ्गणमा स्वर्गीय रिजालको शालिक

काठमाडौँ महानगरपालिका–१६ को नवनिर्मित भवन उद्घाटन