सदाबहार खबरको रफ्तार ....
बैसाख ३१, २०८१ सोमबार
May 13, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

रौतहटमा भुस र पराल जलेर नष्ट

२०८१ बैसाख १६, आइतबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः  रौतहटको  यमुनामाई गाउँपालिका स्थित अचानक भएको आगलागी बाट गाई बस्तुको लागि सात जनाले स्टक गरिराखेको ठूलो परिमाणमा भुंस र पराल जलेर नष्ट भएको छ ।

यमुनामाई १ जेठरहिया गाउँका  राम श्रेष्ठ राउत कुर्मी, जमविर राउत, राम एकवाल सहनी ,महेश राउत , ओम प्रकाश राउत, रमसेवक सहनी, रामपुकार सहनीले गाउँ छेउमै स्टक गरीराखेको भुंस र परालको कुन्युमा आईतवार अपरान्ह ४ बजे भएको आगलागीबाट जलेर नष्ट भएको हो ।

सशस्त्र प्रहरी सुरक्षा वेश क्याम्प भलोहियाबाट सई बहादुर राईको कमाण्डमा गएको पाँचजना, प्रहरी चौकी सुकदेव चोकबाट सई रविन्द्र मिश्राको कमाण्डमा गएको पाँचजना र स्थानीयहरुको सहयोगमा आगो नियन्त्रणमा लिएको सशस्त्र प्रहरी रौतहटका प्रमुख एसपी बिक्रम हुमागाईंले बताएका छन ।

आगलागी बाट भुंस र पराल जलेर १ लाख ५० हजार बराबरको क्षती भएको अनुमान गरिएको छ। तर ठूलो परिमाणको भुंस र पराल जलेर नष्ट हुँदा पशु चौपायाको आहाराको लागि वर्षभरी कठिनाई हुने पीडितहरुले दुःखेसो पोखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

चितवनका ५२ विपन्न परिवारलाई सुरक्षित घर

कस्तो छ आजको मौसम पूर्वानुमान ?

गुडिरहेको ट्र्याक्टरबाट खसेर हुम्लामा महिलाको मृत्यु

लुम्बिनीका दुई प्रदेश सांसद जसपामा खुले

धनकुटाको पाख्रीबासमा सवारी दुर्घटना

भाँगो र आलुसँग चामल साटेर गुजारा गर्दै बागलुङको रमुवाका बासिन्दा

मातृभूमिको विकास गर्न योगदान गर्न आह्वान

कस्तो छ आजको मौसम पूर्वानुमान ?

प्रजनन केन्द्रमा हुर्काइएका घडियाल नारायणीमा छाडियो

नुवाकोटमा नागरिकता त्याग्नेहरू बढे

टुँडिखेलमा सञ्चालित निःशुल्क सीप मेलामा युवा आकर्षित

काठमाण्डौका विभिन्न ठाउँमा आजदेखि एक हप्तासम्म दैनिक ६ घण्टा बिजुली नआउने