सदाबहार खबरको रफ्तार ....
जेठ ७, २०८३ बिहिबार
May 21, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

बिआरआई र आईपिएसमा साझा धारणा बनाउन सरकारलाई विज्ञहरूको सुझाब

२०७६ असोज ४, शनिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले नेपाल विश्वमा कुनै पनि समूहका कारण निम्तने ध्रुवीकरणको पक्षमा नरहेको बताइरहेका बेला नेपाल ईण्डो प्यासिफिक रणनितिको साझेदार बने असंलग्न परराष्ट्र निति कुनै न कुनै बेला छाड्नुपर्ने यहाँ आयोजित कार्यक्रममा बोल्ने बक्ताहरूले बताएका छन् ।

नेपाल विश्व मामिला प्रतिष्ठानले साँग्रिला होटलमा आयोजना गरेको “ईण्डो प्यासिफिक रणनिति र नेपाल बिषयक अन्तर्किया” कार्यक्रममा चीनको बेल्ट एन्ड रोड इनिसिएटिभ (BRI) र अमेरिकाको इन्डो प्यासिफिक रणनीति (IPS) बारे नेपालको कुटनितिक क्षेत्रका जानकारहरूले साझा धारणा बनाएर अगाडि बढ्नुपर्ने सुझाव सरकार र राजनीतिक दलहरूलाई दिएका छन् ।

नेपाली सेनाका पूर्वसहायक रथी डा. प्रेमसिंह बस्न्यातले आईपीएस नेपाल सिध्याउने योजनामा आएकोले इन्डो प्यासिफिक रणनीतिले नेपाली संस्कृतिमाथि निरन्तर प्रहार गरिरहेको समेत बताएका छन् ।

यसैगरी कूटनीतिक मामिला सम्बन्धी जानकार समेत रहेका डा. नन्दबहादुर सिंहले हिन्द प्रसान्त रणनितिमा बिशेषगरी एशिया प्यासिफिक रिजनमा अमेरिका कमजोर रहेको बताए । उनी भन्छन् चीन त्यति कमजोर छैन र भारत उत्तेजित भएर जान सक्ने स्थिति देखिदैन ।

त्यसैले हामीसँग दुइ तिहाइको सरकार रहेको बेला प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालका राष्ट्रिय राजनितिक दलका नेताहरूसँग बार्ता गरेर इण्डो प्यासिफिक रणनितिमा हामी कसरी जाने भनेर अगाढी बढ्नुपर्छ । साथै उनले यस्ता विषयमा विवाद आउन दिन नहुने समेत बताए । सिंहले भने बमोजिम वैदेशिक नीतिमा दलहरूबिच साझा धारणा बनाउनुको विकल्प नरहेकोले तत्काल सर्वदलीय बैठक बोलाएर इन्डो प्यासिफिक रणनीतिबारे साझा धारणा बनाउन प्रधानमन्त्री ओलीलाई सुझाव समेत दिए ।

त्यसैगरी पत्रकार युवराज घिमिरेले १२ बुँदे वृहत शान्ति सम्झौतादेखी नै आफुले फरक मत राख्दै आएकोले भारत नेपालको राजनितिमा खुलेर लागेको समेत बताए । साथै उनले वृहत शान्ति सम्झौतादेखी नै भारतले विभिन्न नाममा राष्ट्रघाती काम गरिरहेको समेत बताए ।

त्यसैगरी त्रि.वि.वि. अन्तर्गतको अध्ययन केन्द्र सिनासका प्रमुख डा. मृगेन्द्र बहादुर कार्कीले परराष्ट्रमन्त्रीको डिसेम्बर १८ मा अमेरिका भ्रमणको बेला अमेरिकासँग सम्झौता भएको कि भएन भन्ने बिषय गम्भिर बहसको बिषय भएको बताए ।

उनले इन्डो प्यासिफिक रणनीति चीनको (BRI) लाई हत्याउन आएको दाबी समेत गरेका छन् । अमेरिकनहरू नेपाल आएर नेपाल हाम्रो हिन्द प्रसान्त रणनितिको बिश्वासिलो पार्टनर हो भन्नु नै गम्भिर बिषय भएको बताए । साथै उनले दलिय स्वार्थभन्दा माथि उठेर वैदेशिक नीति बनाउनुपर्ने बताए ।

यसैगरी देशभक्त गणतान्त्रिक मोर्चाका अध्यक्ष सीपी गजुरेलले अमेरिकाको उक्त रणनीतिमा साझेदारी गरे सरकारको असंलग्न परराष्ट्र नीति खारेज गर्नुपर्ने बताएका छन् । ईण्डो प्यासिफिक रणनितिले नेपालको राष्ट्रियता, स्वाधीनता र समग्र सुरक्षामै गम्भीर असर पर्ने दाबी गरेका छन् । नेता गजुरेलले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार फाँसीवादी बाटोमा हिडेको आरोप लगाउँदै सरकारको चर्को आलोचना समेत गरेका थिए । कार्यक्रममा प्रतिबन्धित नेकपा (विप्लव) पार्टीका नेता एवं International Motivater नरबहादुर कार्कीले नेपाललाइ अफगानिस्तान बनाउने षड्यन्त्र भइरहेको समेत बताएका थिए । उक्त कार्यक्रममा बोल्ने अधिकांस बक्ताहरूले इण्डो प्यासिफिक स्ट्राटेजीका बिविध बिषयमा धारणा राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

सर्वोच्च अदालतको पूर्ण बैठकः पूर्वन्यायाधीश प्रधानको योगदानको स्मरण

लोकतन्त्रको संरक्षणमा सञ्चारकर्मी चनाखो हुनुपर्छ : अध्यक्ष शर्मा

प्रतिपक्षीको विरोधका कारण बैठक अवरुद्ध भएपछि १५ मिनेटलाई स्थगित

आयोजना बैंकका योजना मात्र बजेटमा समेटिने : मुख्यमन्त्री आचार्य

कोशी प्रदेश लोकसेवा आयोगमा दुई नयाँ सदस्य नियुक्त

प्रतिनिधिसभाः प्रविधि विकासका लागि बजेट निनियोजन गर्न माग

प्रतिनिधिसभाः हुम्ला र बाजुराको सीमा विवाद समाधान खोज्न सरकारसँग माग

थप ३०४ जना सहकारी पीडितले फिर्ता पाए बचत

प्रसाईं पक्राउबारे लिखित जवाफ माग

धार्मिक पर्यटकीयस्थलका रुपमा सुनसरी क्षेत्रः मुख्यमन्त्री कार्की

मधेस प्रदेशमा नेपाली कांग्रेस नेतृत्वकै सरकार रहन्छ : सभापति थापा

‘जिडिपी’ मा सुदूरपश्चिमको योगदान सात प्रतिशत पुग्ने अनुमान