सदाबहार खबरको रफ्तार ....
जेठ १, २०८१ मंगलबार
May 14, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

स्थानीय तहमा बेमौसमी सरुवा

२०८१ बैसाख १७, सोमबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँः सरकारले बेमौसमी रूपमा स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत धमाधम सरुवा गर्न थालेको छ । नयाँ सरकार गठन भएसँगै अधिकांश मन्त्रालयका सचिव र सहसचिव सरुवा गरेको सरकारले अब स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत पनि सरुवा गर्न थालेर स्थानीय तहको काममा समस्या सिर्जना गरेको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले करिब तीन सातामा ६० जना प्रमुख प्रशासकीय अधिकृत सरुवा गरेको छ । सरुवा भएकामध्ये अधिकांश दुई वर्षभन्दा कम सेवा गरेका प्रमुख प्रशासकीय अधिकृत छन् ।

मन्त्रालयका प्रशासन महाशाखा प्रमुख एवं सहसचिव रामकुमार महतोले स्थानीय तहमा आर्थिक वर्षको अन्त्यमा प्रमुख प्रशासकीय अधिकृत सरुवा गर्ने मन्त्रालयको नीति नभई बाध्यता भएको बताउनुभयो । “कतिपय प्रमुख प्रशासकीय अधिकृत आफैँ सरुवा हुन चाहेकाले मन्त्रालयले सरुवा गरेको हो । यसलाई बेमौसमी सरुवा भन्न मिल्दैन,” उहाँले भन्नुभयो । निजामती सेवा ऐन अनुसार कर्मचारीको सरुवा आर्थिक वर्षको प्रारम्भ साउन र भदौमा मात्र गर्नुपर्ने व्यवस्था छ ।

काठमाडौँको गोकर्णेश्वर नगरपालिकाबाट हालै मात्र जनकपुर उपमहानगरपालिकामा सरुवा गराइएका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले आर्थिक वर्षको अन्त्यमा स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत सरुवा गर्दा विकास निर्माणको काममा बाधा पुग्ने बताउनुभयो । उहाँले भन्नुभयो, “नयाँ प्रमुख प्रशासकीय अधिकृतलाई पालिकाको स्थिति बुझ्नै एक महिना लाग्छ । नियम अनुसार एक महिनापछि जेठ महिनाभित्रमा अर्को आर्थिक वर्षको बजेट तर्जुमा गरिसक्नुपर्ने व्यवस्था छ । त्यसो हुँदा अहिलेको काम पनि अलपत्र र अर्को आर्थिक वर्षको काममा पनि समस्या सिर्जना हुन्छ ।”गोरखापत्र दैनिकबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

उपेन्द्रलाई सहयोग गर्न महन्थद्वारा अस्वीकार

संसद् खुलाउन पहल

सरदरभन्दा बढी वर्षा हुने

केयरगिभरमा इजरायल जान अन्ठाउन्न जनाको भिसा जारी

सरकारबाट जसपा नेपाल बाहिरियो, जसपा भित्रियो

दुध खरिद सुनिश्चित दैनिक सात हजार लिटर खरिद गरिने

केन्द्रीय बैङ्कको तथ्याङ्कमा बजारभाउ घट्यो,उपभोक्ता भने महँगो तिर्न बाध्य

सुरक्षण मुद्रणसम्बन्धी उपकरण खरिदमा ४१ करोड भ्रष्टाचार: विशेषमा मुद्दा खेपिरहेका पौडेलविरुद्ध अर्को मुद्दा

गिरीबन्धु टि–इस्टेट प्रकरणः हदबन्दी बढीको जग्गा तत्काल सरकारको नाममा ल्याउनु

साउदीमा श्रम कानुन उल्लंघन गर्ने २ हजार ५ सय पक्राउ

सत्तरी जना सगरमाथा शिखरमा

वर्ल्डलिङ्कको रिट खारेज करिब चार अर्ब राजस्व प्राप्त हुने