सदाबहार खबरको रफ्तार ....
जेठ १, २०८१ मंगलबार
May 14, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

इलाम उपनिर्वाचन : एमालेका नेम्बाङको अग्रता कायमै

२०८१ बैसाख १७, सोमबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः इलाम क्षेत्र नं २ मा भएको उपनिर्वाचनको मतगणना जारी छ । सो क्षेत्रमा नेकपा (एमाले) का उम्मेदवार सुहाङ नेम्बाङको अग्रता कायमै छ । पछिल्लो मत परिणामअनुसार उहाँले सात हजार ६ सय ७७ मत प्राप्त गर्नुभएको छ ।

यस्तै नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्काले पाँच हजार तीन सय ९५ मत प्राप्त गर्नुभएको छ । यस्तै स्वतन्त्र उम्मेदवार डेकन्द्रसिंह लिम्बू थेगिमले चार हजार ४५ तथा राष्ट्रिय स्वतन्त्र पार्टीका मिलनकुमार योङहाङ लिम्बूले एक हजार एक सय ६२ मत प्राप्त गर्नुभएको छ ।

हालसम्म १९ हजार एक सय ८१ मत गणना सम्पन्न भएको छ । सो क्रममा दुई सय ३३ मत बदर भएको छ । पछिल्लो समय फाकफोकथा गाउँपालिकाका सबै र चुलाचुली गाउँपालिकाका पाँच वडाको मत गणना सकिएको छ । अहिले चुलाचुली गाउँपालिका–६ को मतगणना सुरु भएको छ ।

एक लाख १५ हजार आठ सय ८९ मतदाता रहेको सो क्षेत्रमा ६९ हजार दुई सय ८७ मत खसेको थियो । उपनिर्वाचनमा १२ राजनीतिक दल र सात स्वतन्त्रसहित १९ जना चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

कम्युनिष्ट आदर्शलाई अवलम्बन गर्नुपर्छ : अध्यक्ष नेपाल

गिरिबन्धु टि-स्टेट प्रकरणको निर्णय गर्नेलाई अनुसन्धानको दायरामा ल्याउनुपर्छ- महामन्त्री थापा

आफ्ना नेता कार्यकर्ताहरुलाई एमालेमा तान्न केपीले न्वारानदेखिको बल लगाएको नेपालको आरोप

सांसद निर्मला लिम्बुले रोजिन् अशोक नेतृत्वको जसपा

कांग्रेसले नीति तथा कार्यक्रम अवरोध नगर्ने

कांग्रेसको संसदीय दलको बैठक सिंहदरबारमा शुरु

एकीकृत समाजवादीको केन्द्रीय समितीको बैठक आजदेखि

राष्ट्रिय मुद्दामा बुझ्ने र बुझाउनबीचको खाडल घटाउनुपर्छ : अध्यक्ष दाहाल

माधव नेपाल भन्छन्- गठबन्धन बदलिन सक्छ

जसपा नेपालले सरकारलाई दिएको समर्थन फिर्ता

माधव नेपालको प्रतिवेदन: वाम एकता सम्भव नभएको निष्कर्ष (पूर्णपाठसहित)

सभामुखद्वारा सदन खुलाउन छलफल