सदाबहार खबरको रफ्तार ....
बैसाख ३१, २०८१ सोमबार
May 13, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

सिंहदरबार प्रवेशका लागि इगेट पास

२०८१ बैसाख १७, सोमबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः सिंहदरबार प्रवेशका लागि सोमबारदेखि इगेट पास प्रणाली सञ्चालनमा ल्याइएको छ ।

जसअनुसार अब सर्वसाधारणले सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास प्राप्त गर्न सक्नेछन् । गेटबाट पास लिनुपर्ने प्रावधान छ ।

सिंहदरबार पास डट जिओभी डट एनपीमा गएर पासका लागि अनुरोध गर्न सकिने र स्वीकृत भएपछि जारी हुने गृह मन्त्रालयले जनाएको छ । सो वेबसाइटमा गएर सुरुमा आफ्नो परिचयपत्र अपलोड गरेर प्रक्रिया पूरा गरेपछि मन्त्रालयले त्यसलाई स्वीकृत गर्नेछ ।

सिंहदरबारको प्रवेश व्यवस्थापनलाई थप सहज र प्रविधिमैत्री बनाउन इगेट पास प्रणाली सञ्चालनमा ल्याइएको गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले बताए । परीक्षणपछि सबै मन्त्रालय र निकायमा इगेट पास प्रणाली सञ्चालनमा ल्याइने गृह मन्त्रालयले जनाएको छ ।

आन्दोलनकारीबाट क्षति भराइने
विरोध प्रदर्शन तथा आन्दोलनका क्रममा सार्वजनिक सम्पत्तिमा क्षति भएमा आयोजकले नै क्षतिको बिगो तिर्नुपर्ने भएको छ । गृह मन्त्रालयले यससम्बन्धी छुट्टै कार्यविधि बनाएको छ । सार्वजनिक प्रदर्शन, हडताल तथा विरोधका कार्यक्रमबाट हुने क्षति मूल्यांकनसम्बन्धी कार्यविधि, २०८१ आइतबार उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानले स्वीकृत गरेका हुन् ।

सुशासन (सञ्चालन तथा व्यवस्थापन) नियमावली, २०६५ को नियम ९ अनुसार कार्यविधि जारी गरिएको मन्त्रालयले जनाएको छ । आन्दोलनमा भएको क्षति मूल्यांकनका लागि सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा समिति रहने र सो समितिको सिफारिसका आधारमा बिगो भराइने कार्यविधिमा उल्लेख छ । नयाँपत्रिका दैनिक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

दुध खरिद सुनिश्चित दैनिक सात हजार लिटर खरिद गरिने

केन्द्रीय बैङ्कको तथ्याङ्कमा बजारभाउ घट्यो,उपभोक्ता भने महँगो तिर्न बाध्य

सुरक्षण मुद्रणसम्बन्धी उपकरण खरिदमा ४१ करोड भ्रष्टाचार: विशेषमा मुद्दा खेपिरहेका पौडेलविरुद्ध अर्को मुद्दा

गिरीबन्धु टि–इस्टेट प्रकरणः हदबन्दी बढीको जग्गा तत्काल सरकारको नाममा ल्याउनु

साउदीमा श्रम कानुन उल्लंघन गर्ने २ हजार ५ सय पक्राउ

सत्तरी जना सगरमाथा शिखरमा

वर्ल्डलिङ्कको रिट खारेज करिब चार अर्ब राजस्व प्राप्त हुने

चालु आवभित्रै निजामती ऐन ल्याउने गृहकार्य

गिरीबन्धु प्रकरणमा सर्वोच्चको पूर्णपाठ : ‘हदबन्दी छुटको जग्गा बेच्न, मास्न र बाँझो राख्न निषेध’

नीति तथा कार्यक्रम बैठक अवरुद्ध गर्ने कांग्रेसको संकेत

टेण्डरको एक वर्षपछि रुख कटानी आदेश

दाङमा दुई महिलाको हत्या