सदाबहार खबरको रफ्तार ....
जेठ २, २०८१ बुधबार
May 15, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

मधुमेहका बिरामीले भुलेर पनि खान नहुने ६ कुराहरू

२०८१ बैसाख १७, सोमबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः मधुमेहका बिरामीले औषधि भन्दा धेरै खानपानमा ध्यान दिन जरुरी हुन्छ ।

मधुमेह भएपछि शरीरले इन्सुलिन हर्मोन ठिकसँग बनाउन वा यसको उपयोग गर्न सक्दैन । जसका कारण रगतमा निकै धेरै ग्लुकोज बन्छ । नेपालमा मात्रै होइन विश्वभर नै मधुमेहका बिरामीको सङ्ख्या बढ्दै गइरहेको छ । तर थोरै लापरबाहीले पनि सुगरको मात्रा बढ्न सक्ने भएकोले डाक्टरहरूले पनि मधुमेहका बिरामीलाई आफ्नो आहार र खानपानमा विशेष ख्याल राख्ने सल्लाह दिने गरेका छन् । मधुमेह २ प्रकारका हुन्छन् । टाइप १ र टाइप २ ।

विश्वभर मधुमेहका ८ प्रतिशत बिरामी मात्रै टाइप १ बाट पीडित छन् । बाँकी सबै टाइप २ बाट ग्रस्त छन् । टाइप १ मा शरीरले इन्सुलिन नै बनाउन सक्दैन ।

यसमा प्रतिरक्षा प्रणालीले नै इन्सुलिन बनाउने कोशहरूमा हमला गर्न थाल्छ र त्यसलाई नष्ट गरिदिन्छ । टाइप २ मधुमेह भने शरीरले आवश्यक मात्रामा इन्सुलिन बनाउन वा उपयोग गर्न सक्दैन । आजको यस लेखमा हामीहरू मधुमेहका बिरामीले खानै नहुने केही वस्तुबारे कुराकानी गर्नेछौँ ।

१. ट्रान्स फ्याटः

मधुमेहबाट पीडित मानिसहरूले खानामा चिल्लो वा तेलको सेवनलाई नियन्त्रणमा राख्नु पर्छ । यसो नगर्दा मुटुसम्बन्धी रोग लाग्ने खतरा बढ्न सक्छ । ट्रान्स फ्याट २ प्रकारको हुन्छ । एउटा जनावरमा पाइन्छ । यो मानिसका लागि निकै हानिकारक हुन्छ । अर्को भने कृत्रिम अर्थात् हाइड्रोजनीकृत वनस्पति तेल हो । यो अति नै खतरनाक हुन्छ । यी दुवै खाले ट्रान्स फ्याटको सेवन नगर्न डाक्टरहरू सल्लाह दिन्छन् ।

२. ग्लाइसेमिक इन्डेक्स उच्च भएका फल

मधुमेहका बिरामीले सधैँ ग्लाइसेमिक इन्डेक्स न्यून भएका फल सेवन गर्नु पर्छ । ग्लाइसेमिक इन्डेक्स उच्च भएको फलको सेवनबाट सकेसम्म खानु हुन्न । फलमा ग्लाइसेमिक इन्डेक्स धेरै हुनको अर्थ यसमा कार्बोहाइड्रेट्स धेरै छ भन्ने हुन्छ । कुनै पनि भोजनले खाने व्यक्तिको सुगरको स्तर कति छिटो बढाउँछ भन्ने नाप्न ग्लाइसेमिक इन्डेक्सको प्रयोग गरिन्छ । बेरी, अंगुर, आरु, नास्पाती, सुन्तला र खुर्पानीमा ग्लाइसेमिक इन्डेक्स निकै कम हुन्छ । तर खरबुजा र भुँइकटहरमा ग्लाइसेमिक इन्डेक्स निकै धेरै हुन्छ ।

३. प्रशोधित आँटा

प्रशोधित आँटा पनि मधुमेहका बिरामीका लागि खतरनाक हुन सक्छ । यो शरीरमा भित्रसम्म गएर छिटो छिटो ग्लुकोजमा बदलिन्छ । यसले रगतमा चिनीको मात्रालाई बढाइदिन्छ । त्यसैले मधुमेहका बिरामीले सकेसम्म प्रशोधित आटा अर्थात् मैदाजस्ता चिजबाट बनेका खानेकुरा खानु हुन्न ।

४. तारेको वा भुटेको खानेकुरा

तारेको वा भुटेको खानेकुरामा चिल्लो निकै हुन्छ । फ्याट बिस्तारै पच्छ । त्यसैले यो रगतमा सुगर बढाउने कारण बन्न सक्छ । मधुमेहको बिरामीलाई डाक्टरहरूले भुटेको वा तारेको वा धेरै तेल हालेर बनाइएको खानेकुरा नखान सल्लाह दिन्छन् ।

५. रक्सी:

मधुमेहका बिरामीले रक्सी पनि खानु हुन्न । यी बिरामीका लागि रक्सी सबैभन्दा खराब खाद्य पदार्थमध्ये एक हो । खाली पेटमा यसको सेवन गर्दा ग्लुकोजको स्तर कम हुने खतरा हुन सक्छ ।

६. चर्को नुन

नुन धेरै भएको खानेकुरा मधुमेहका बिरामीका लागि सबैभन्दा खराब भोजनमा पर्दछ । यसलाई रक्त चाप बढाउने मुख्य कारणको रूपमा लिइन्छ । मधुमेह भए पनि नभए पनि दैनिक भोजनमा सकेसम्म कम नुन खान सल्लाह दिइन्छ । खास गरी चिप्स, फ्रेञ्च फ्राइज र अन्य नुनिला खाद्य पदार्थहरुले स्वास्थ्यमा क्षति पुर्‍याउँछन् । तपाईंलाई पनि मधुमेह छ भने माथि उल्लेख गरिएका खानेकुराहरू सकेसम्म नखानु होला ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

मधेस प्रदेशका ९० प्रतिशत नागरिक बीमाको पहुँच बाहिर

शिक्षण अस्पताल महाराजगन्जले माग्यो विभिन्न पदमा आवेदन

गुल्मीदरबारमा बनेको १५ शय्याको अस्पताल अलपत्र

म्याग्दीलाई पूर्णखोप सुनिश्चितता दिगोपना घोषणा

दिक्तेलमा आयोजना भएको शिविरमा एक सय ४३ जनाको आँखाको सफल शल्यक्रिया

झापामा आठ लाखलाई हात्तीपाइले रोगविरुद्धको औषधि

सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधन

विषादी प्रयोगबारे सचेत बन्दै किसान

बैतडी अस्पतालका चिकित्सक आन्दोलित, आकस्मिक बाहेकका सेवा ठप्प

एकै परिवारका पाँच जनामा हात्तीपाइले

एचआइभी सङ्क्रमितलाई मासिक भत्ता

फेरो अर्को अनसनमा डा. गोविन्द केसी