सदाबहार खबरको रफ्तार ....
जेठ २, २०८१ बुधबार
May 15, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

तीन वर्षीया बालिकाको हत्या आरोपमा आमाछोरी पक्राउ

२०८१ बैसाख १७, सोमबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः सिरहामा तीन वर्षीया बालिकाको हत्या आरोपमा प्रहरीले दुई महिलालाई पक्राउ गरेको छ।

सिरहा नगरपालिका-१८ रमेश यादवकी तीन वर्षीया छोरी रिया कुमारीको छिमेकीले घाँटी थिचेर हत्या गरेको खुलेको प्रहरीले जनाएको छ।

उनको हत्या गरेको आरोपमा प्रहरीले सिरहा नगरपालिका १८ जरूवा लक्ष्मीनिया टोल बस्ने ४७ वर्षीया सोना देवी यादव र उनकी छोरी पूजाकुमारी यादवलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ। घटनाका आरोपी सोनावतीका ७२ वर्षीय श्रीमान् धनिकलाल यादव भने फरार छन्।

जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी प्रवक्ता डिएसपी मुक्तिनाथ सापकोटाका अनुसार गत वैशाख १२ गते बिहान १० बजेतिर घर अगाडि खेलिरहेकै अवस्थाबाट रिया हराएकी थिइन्।

खोजतलास गर्दै जाने क्रममा १४ गते राति साढे ११ बजेतिर रमेशको घरभन्दा उत्तरपट्टीसँगै रहेको छिमेकी धनिकलाल यादवको घरमा बालिकाको शव फेला परेको थियो।

छतमाथि जाने भर्‍याङको चौतरामा रहेको मुसुरको झङ्टाभित्र प्लाष्टिकको बोराभित्र रियाको लास लुकाई छिपाई राखेको अवस्थामा फेला परेको डिएसपी सापकोटाले बताए।

करिब एक वर्षदेखि रमेश र धनिकलालको परिवारबीच झैझगडा हुँदै आएको प्रहरी अनु्सन्धानले देखाएको छ। सोही विषयमा रिसइबी साधेर धनिकलालको परिवारले रियालाई मार्ने योजना बनाइरहेको प्रहरी अनुसन्धानले देखाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

६९० किलोग्राम गाँजासहित सुनसरी र मोरङबाट चार जना पक्राउ

धनुषामा तीन दिनमा रु डेढ करोडभन्दा बढीको सामान बरामद

झापाको दमकबाट लागुऔषध ब्राउनसुगर सहित चार जना पक्राउ

लागूऔषध मुद्दामा ७७ जना पक्राउ

काठमाडौं र ललितपुरबाट १४ जना जुवाडे पक्राउ

घरका सदस्यलाई बाँधेर डकैती गर्ने २ जना पक्राउ

स्ट्रिप च्याट मार्फत अश्‍लिल यौनजन्य क्रियाकलापमा संलग्न गराउने महिला पक्राउ

वैदेशिक रोजगारमा टर्की पठाउने भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

सट्टेबाजीमार्फत रु दुई अर्बभन्दा बढीको कारोबार गर्ने पक्राउ

सङ्खुवासभामा पेस्तोलसहित एकजना पक्राउ

दिल्लीको होटलमा बसेर क्यानडा र अमेरिकामा मानव तस्करी

अनलाइन जुवा खेलाएर एकै व्यक्तिले गरे दुई अर्बको कारोबार