सदाबहार खबरको रफ्तार ....
जेठ ३, २०८१ बिहिबार
May 16, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

म प्रधानमन्त्री बन्छु कि भनेर केहीलाई पोल्ने गरेको छ : अध्यक्ष नेपाल

२०८१ बैसाख १७, सोमबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ: सत्तारुढ नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफू प्रधानमन्त्री बन्छ कि भनेर केही व्यक्तिलाई पोल्ने गरेको टिप्पणी गरेका छन् ।

पार्टी निकट अखिल नेपाल महिला संघ (समाजवादी) ले सोमबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष नेपालले जसले जे भने पनि आफूहरूका लागि अनुकुल वातावरण बनाउने कुरामा ध्यान दिने बताए ।

‘हामी प्रधानमन्त्री बन्छौं भनेर कतिपयलाई पोल्न थाल्या छ । कतै प्रधानमन्त्री बनिहाल्छ कि भनेर पनि पोल्न थाल्या छ । पोल्ने मानिसहरू पनि छन् यो समाजमा । तिनलाई पोले पोलोस् ।

दन्दनी आगोले पोलिरहोस्, त्यस्ता प्रवृत्ति बोक्नेहरूलाई धिक्कार छ, म भन्न चाहन्छु,’ अध्यक्ष नेपालले भने, ‘परिस्थितिलाई हामीले आफ्नो अनुकुल बनाउने कुरामा हाम्रो ध्यान जानुपर्छ । हामी समाजलाई बदल्नका लागि, रुपान्तरण गर्नका लागि आजसम्म काम गर्दै, भूमिका खेल्दै आएका छौं । हिजो पनि गणतन्त्र ल्याउनका लागि भूमिका खेल्यौं । शान्ति प्रक्रियालाई अघि बढाउन भूमिका खेल्यौं । मुलुकमा निरंकुश शासन ढाल्नका लागि पनि महत्वपूर्ण भूमिका खेल्यौं । जनतालाई न्याय दिलाउनका लागि पनि महत्वपूर्ण भूमिका खेल्यौं । महिला अधिकारका लागि पनि भूमिका खेल्यौं ।’

अध्यक्ष नेपालले एकीकृत समाजवादीबाट प्रधानमन्त्री र मन्त्री बन्न भन्दा पनि देश र जनताको हितमा समर्मित भएर काम गर्न लागि परेको दाबी गरेका थिए । पार्टीबाट सरकारमा सहभागी मन्त्रीले राम्रो काम गरिरहेको पनि उनको दाबी थियो ।

अध्यक्ष नेपालले एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गर्ने काममा गल्ती भएको भनेर स्वीकार गर्ने आँट अझैसम्म नगरेको भन्दै आलोचना पनि गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

सभापति देउवाद्वारा इतिहासविद् नेपालको निधनप्रति दुःख व्यक्त

अपाङ्गता भएका व्यक्तिको माग पूरा गर्न कांग्रेसको आग्रह

एमालेको बारेमा विचार पुर्याएर बोल्न कांग्रेसका नेताहरुलाई ओलीको चेतावनी

घनश्याम भुसालले देखाए एकीकृत समाजवादीका १२ चुनौती

संसदको अवरोध हटाउन सत्ता गठबन्धनका शिर्ष नेताहरु छलफलमा

एमालेले अकस्मात बोलायो संसदीय दलको बैठक

नेपाल नवप्रवर्तन र उद्यमशीलताको संस्कृति प्रवर्द्धन गर्न प्रतिबद्ध छ : प्रधानमन्त्री

राष्ट्रिय महाधिवेशनमा पेस हुने प्रतिवेदनमाथि १२ समूहमा छलफल सुरु

वार्ता र कूटनीतिबाट भारतसँगका समस्या समाधान गर्नुपर्छ : परराष्ट्रमन्त्री

नेकपा (एमाले) तनहुँको अध्यक्षमा कँडेल विजयी

कम्युनिष्ट आदर्शलाई अवलम्बन गर्नुपर्छ : अध्यक्ष नेपाल

गिरिबन्धु टि-स्टेट प्रकरणको निर्णय गर्नेलाई अनुसन्धानको दायरामा ल्याउनुपर्छ- महामन्त्री थापा