सदाबहार खबरको रफ्तार ....
जेठ ४, २०८१ शुक्रबार
May 17, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

प्रदेशसभामा एमालेको थप सदस्य

२०८१ बैसाख १८, मंगलबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः बझाङ प्रदेशसभा निर्वाचन ‘क’ मा भएको उपनिर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार विजयी भएसँगै एमालेको सुदूरपश्चिम प्रदेशसभामा ११ सदस्य पुगेका छन् । बझाङमा रिक्त प्रदेशसभाको उपनिर्वाचनमा एमालेका उम्मेदवार दमनबहादुर भण्डारी ११ हजार छ सय १२ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका अभिषेकबहादुर सिंहले ११ हजार तीन सय ४६ मत प्राप्त गर्नुभयो ।

उपनिर्वाचनमा नेकपा (माओवादी केन्द्र) का प्रत्यासी जनक बुढाले तीन हजार आठ सय ३१ मतसहित तेस्रो स्थान र नेकपा (एकीकृत समाजवादी) का दिलबहादुर सिंह दुई हजार पाँच सय १४ मत सहित चौथौ स्थानमा रहनुभयो । विसं २०७९ मा भएको निर्वाचनमा यसै क्षेत्रबाट विजयी कांग्रेसका पृथ्बीबहादुर सिंहको गत वर्ष गाडी दुर्घटनामा निधन भएपछि रिक्त यो क्षेत्रमा यही वैशाख १५ गते उपनिर्वाचन भएको हो । उपनिर्वाचनमा निकटतम रहनुभएका अभिषेक गाडि दुर्घटनामा निधन भएका कांग्रेसका पृथ्बीबहादुर सिंहका छोरा हुनुहुन्छ । तत्कालीन गठबन्धन दलका तर्फबाट कांग्रेसका पृथ्बीबहादुर सिंह यसै क्षेत्रमा प्रदेशसभा सदस्यका प्रत्यासी भएर निर्वाचित हुनुभएको थियो ।

पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ विसं २०७९ मा एमालेबाट चुनावको प्रत्यासी भएकामध्ये डोटीबाट चक्रबहादुर मल्ल, बैतडीबाट सुरेन्द्रबहादुर पाल र कञ्चनपुरबाट वीरबहादुर थापा मात्रै निर्वाचित हुनुभएको थियो । यी तीन जना प्रत्यक्ष निर्वाचित र सात जना समानुपातिकसमेत गरी प्रदेशसभामा सो पार्टीका १० प्रदेशसभा सदस्य रहेकोमा उपनिर्वाचनपछि एक सिट थपिएको हो ।

त्रिपन्न सदस्यीय प्रदेशसभामा ठूलो दल नेपाली कांग्रेसका १८ सदस्यमा सीमित भएको छ । नेकपा (माओवादी केन्द्र) को ११, नेकपा (एमाले) को ११, नागरिक उन्मुक्ति पार्टीको सात, नेकपा (एकीकृत समाजवादी) पार्टीका चार, राप्रपाको एक र एक स्वतन्त्र सदस्य छन् । सुदूरपश्चिम प्रदेशका सबै नौ जिल्लामा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ प्रतिनिधिसभाका १६ र प्रदेशसभाका ३२ निर्वाचन क्षेत्र छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

प्रतिनिधिसभाको बैठक आइतबार बिहान ११ बजेका लागि स्थगित

राष्ट्रियसभा बैठकमा कांग्रेसको अवरोधपछी आइतबारसम्म स्थगित

संसद बैठक स्थगित

बागमतीमा संसदीय समितिहरूको नेतृत्व चयनका लागि आज मनोनयन दर्ता

प्रतिनिधिसभाको बैठक बस्दै (सम्भावित कार्यसूचीसहित)

राष्ट्रिय सभामा कांग्रेसको अवरोध, बैठक स्थगित

प्रतिनिधिसभाको बैठक ४ बजेका लागि सर्‍यो

संसद बैठकमा अनिवार्य उपस्थित हुन आफ्ना सांसदलाई कांग्रेसको निर्देशन

संसद्को अवरोध हटाउने प्रयास जारी, बैठक बस्न ढिलो हुने

कांग्रेसद्वारा सुदूरपश्चिमको प्रदेशसभा अवरोध, बैठक स्थगित

प्रतिनिधिसभाको बैठक आज बस्दैम यस्तो छ सम्भावित कार्यसूची

पूर्वराष्ट्रपति यादवद्वारा ‘नेपालको कम्युनिष्ट आन्दोलनमा माधवकुमार नेपाल’ नामक पुस्तक विमोचन