सदाबहार खबरको रफ्तार ....
जेठ ४, २०८१ शुक्रबार
May 17, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

इलाम-२ उपनिर्वाचन: रास्वपाका मिलन लिम्बुको जमानत जफत

२०८१ बैसाख १८, मंगलबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः इलाम २ को उपनिर्वाचनमा नेकपा (एमाले) का उम्मेद्वार सुहाङ नेम्वाङ विजयी भएका छन् ।

नेम्वाङले २७७५२ मत प्राप्त गरेका हुन् । उनले नेपाली कांग्रेसका डम्बर खड्कालाई ५८३० को फराकिलो अन्तरले पराजित गरेका हुन् ।

खड्काले २१९४२ मत प्राप्त गरेका हुन् । तेस्रो भएका स्वतन्त्र उम्मेद्वार डकेन्द्रसिंह थेगिमले भने ११४५७ मत प्राप्त गरेका हुन् । रास्वपाका उम्मेद्वार मिलन लिम्बुले भने ५०५० मत प्राप्त गरेका हुन् ।

बैशाख १५ गते भएको उपनिर्वाचनमा सो क्षेत्रमा कुल ६९२८७ मत खसेको थियो। रास्वपाका मिलनले १० प्रतिशत मत कटाउन सकेनन् । उनको जमानत जफत भएको छ।

चुनावअघि नै रास्वपाका नेताहरुले सो क्षेत्रमा आफ्नो पार्टीका उम्मेद्वार मिलन लिम्बुले शानदार जित निकाल्ने दाबी गरेका थिए । मिलन निर्वाचनको मुखमा माओवादी परित्याग गरी चुनावमा होमिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

डिजिटल रुपान्तरणका माध्यमबाट समृद्धि हासिल गर्न सकिन्छ : मन्त्री शर्मा

सुदूरपश्चिमका प्रदेश सरकारविरुद्धको रिट खारेज

रवि लामिछाने भन्छन्- एक पटक बोल्न पाउनु पर्यो, त्यत्ति हो मागेको

फिनल्याण्ड सरकारबाट प्राप्त हुने १३ मिलियन युरो अनुदान स्वीकार गर्ने सरकारको निर्णय

जलवायु परिवर्तनको सङ्कट समाधानमा सञ्चारमाध्यमको भूमिका महत्वपूर्णः सञ्चारमन्त्री शर्मा

कर्णाली प्रदेशसभाको चौथो अधिवेशन आह्वान

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले पाए विश्वासको मत

गृहमन्त्री लामिछानेले गरे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन

मन्त्रिपरिषद् बैठक बस्दै

खेलाडीबाट अनुशासन सिक्नुपर्छः उपसभापति गुरुङ

कोरियासँगको सघन सहकार्यमा प्रधानमन्त्रीको जोड

जसपा आधिकारिकता विवादः आयोगको निर्णय यथास्थितिमा राख्ने आदेश