सदाबहार खबरको रफ्तार ....
जेठ ४, २०८१ शुक्रबार
May 17, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

नेपालले मानव जीवनयापनमा महत्वपूर्ण उपलब्धि हासिल गरेको छः उपप्रधानमन्त्री यादव

२०८१ बैसाख १८, मंगलबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री उपेन्द्र यादवले नेपालले संवैधानिक र कानूनी व्यवस्थासहित गरिबी निवारण, स्वास्थ्य सेवा प्रणाली, बाल मृत्युदरको न्यूनीकरण, औसत आयुमा वृद्धि गर्न सफलता हासिल गरेको बताउनुभएको छ ।

मन्त्री यादवले सोमबारमा न्यूयोर्कमा आयोजित जनसङ्ख्या र विकासको ५७औँ सत्रलाई सम्बोधन गर्नुहुँदै उक्त धारण राख्नुभएको हो । मन्त्री यादवले भन्नुभयो, “हामीहरुले हरेक नागरिकलाई सम्मानपूर्वक जीवनयापन गर्न र उनीहरुको क्षमतालाई आत्मसात गर्न पाउने अवसर दिनुपर्छ ।”

मन्त्री यादवले जनसङ्ख्या र विकासको तीन दशक अगाडि कायरोमा आयोजना गरिएको र एक सय ७९ देशले स्वीकृत गरेका राष्ट्रसङ्घको जनसङ्ख्या तथा विकास निगमको कार्यक्रम लागू गर्न सदैव प्राथमिकता दिएको बताउनुभएको छ ।

मन्त्री यादवले सन् २०३० सम्ममा दिगो विकासको लक्ष्य हासिल गर्नका लागि भएका प्रयासमा अनेकन व्यवधान उत्पन्न भएकोमा चिन्ता व्यक्त गर्नुभयो । मन्त्री यादवले भन्नुभयो, “नेपालले संविधानमा नै प्रजनन अधिकार, सुरक्षित मातृत्व, लैङ्गिक समानता, मानव अधिकार जस्ता मौलिक अधिकारलाई अङ्गीकार गरेको छ र नागरिकको जीवन स्तर उकास्नका लागि अनेकन नीतिगत व्यवस्थ्या, योजना तथा कार्यक्रम लागू गर्दै आएको छ ।”

नेपालमा युवा र योग्य जनशक्तिको आधारमा बलियो स्थानमा रहेको भन्दै उहाँले शिक्षा, स्वास्थ्य, प्रविधि, व्यवसाय, क्षमता अभिवृद्धिमा भने अझै ठूलो मात्राको लगानीको खाँचो रहेको बताउनुभयो ।

मन्त्री यादवले नेपालले नयाँ जनसङ्ख्या नीति निकट भविष्यमा सार्वजनिक गर्ने बताउनुहुँदै नेपालले निःशुल्क, पहुँचसहितको सुरक्षित गर्भपतनलाई मानव अधिकार कै रुपमा अङ्गीकार गरेको उल्लेख गर्नुभयो । मन्त्री यादवले जलवायु परिवर्तनले निम्त्याएको विपत्तिका कारण मानव जीवनमाथि सङ्कट आएकोमा चिन्ता व्यक्त गर्नुभयो ।

मन्त्री यादव राष्ट्रसङ्घीय फोरममा सहभागी हुन न्यूयोर्क आउनुभएको छ । मन्त्रीसँगै उक्त सम्मेलनमा राष्ट्रसङ्घका लागि स्थायी नियोग प्रमुख लोकबहादर थापा, मन्त्री यादवका भ्रमणदलका सदस्यलगायत सहभागी हुनुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

स्वास्थ्य शिविरबाट तीन सयभन्दा बढी लाभान्वित

सिप मेलाको दोस्रो चरण जेठ ६ गतेदेखि

अनशनरत डा केसीको स्वास्थ्य अवस्था बिग्रिएपछि शिक्षण अस्पताल भर्ना

मधेस प्रदेशका ९० प्रतिशत नागरिक बीमाको पहुँच बाहिर

शिक्षण अस्पताल महाराजगन्जले माग्यो विभिन्न पदमा आवेदन

गुल्मीदरबारमा बनेको १५ शय्याको अस्पताल अलपत्र

म्याग्दीलाई पूर्णखोप सुनिश्चितता दिगोपना घोषणा

दिक्तेलमा आयोजना भएको शिविरमा एक सय ४३ जनाको आँखाको सफल शल्यक्रिया

झापामा आठ लाखलाई हात्तीपाइले रोगविरुद्धको औषधि

सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधन

विषादी प्रयोगबारे सचेत बन्दै किसान

बैतडी अस्पतालका चिकित्सक आन्दोलित, आकस्मिक बाहेकका सेवा ठप्प