सदाबहार खबरको रफ्तार ....
जेठ ७, २०८१ सोमबार
May 20, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

‘मेरो विद्यालयलाई, मेरो वार्षिक एक हजार रुपैयाँ’ अभियान प्रभावकारी

२०८१ बैसाख १८, मंगलबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

गण्डकी, १८ वैशाख : कास्कीको पोखरा महानगरपालिका–२१ कृष्तिस्थित भविष्य निर्माण माविले ‘मेरो विद्यालयलाई मेरो वार्षिक एक हजार रुपैयाँ’ अभियान सञ्चालन गरेको छ । आर्थिक सङ्कलन गर्न विद्यालयले नयाँ अभ्यास सुरु गरेको हो ।

विद्यालयको ७१आँै वार्षिकोत्सव उद्घाटन समारोहमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कमलकुमार भुजेलले आफू जीवित रहेसम्म विद्यालयलाई वार्षिक रु एक हजार आर्थिक सहयोग गर्ने घोषणा गर्नुभयो । सो कार्यक्रममा ५३ अभिभावक उक्त अभियानसँग जोडिनुभयो ।

अध्यक्ष भुजेलका अनुसार शिक्षाको उज्यालो घामबाट कुनै पनि बालबालिका वञ्चित नहुन भन्ने उद्देश्यका साथ आफ्नो गाँस काटेर पूर्खाले विद्यालयका लागि गरेको योगदानको कदर गर्दै अभियान सञ्चालन गरिएको हो । विद्यार्थीलाई समय सापेक्ष गुणस्तरीय एवम् प्रविधियुक्त शिक्षा प्रदान गर्नु अहिलेको आवश्यकता भएको उहाँको भनाइ छ ।

अध्यक्ष भुजेलले भन्नुभयो–“सरकारी सेवा सुविधाका भरमा मात्र विद्यालय सञ्चालन गर्न चुनौतीपूर्ण छ । एक हजार अभिभावकलाई यस कार्यक्रममा सहभागी गराएर वार्षिक रु १० लाख सङ्कलन गर्ने लक्ष्य छ ।” अभिभावकको सहयोगले विद्यालय सञ्चालन गर्न सहयोग पुगेको उहाँको भनाइ छ ।

विद्यार्थीको सुविधाका लागि विद्यालयले एक वर्षदेखि बस सेवा समेत सञ्चालन गर्दै आएको छ । बस सेवालाई दिगो गर्न यसै वर्षदेखि अक्षयकोषको व्यवस्था गरिएको छ । अक्षयकोषको प्राप्त ब्याजबाट बस सञ्चालन गर्न सहयोग पुग्ने उद्देश्यले सुरु गरिएको उक्त अभियानअन्तर्गत हालसम्म रु ६० लाख सङ्कलन भएको अक्षयकोष वृद्धि समितिका संयोजक झपिन्द्रराज रेग्मीले जानकारी दिनुभयो । रोजगारीका सिलसिलामा विदेशमा रहेका यस क्षेत्रका युवा एवम् विभिन्न पेसा व्यवसायमा आवद्ध स्थानीयबाट आर्थिक सयोग प्राप्त भइरहेको उहाँले बताउनुभयो ।

“अक्षय कोषमा रु एक करोड सङ्कलन गर्ने लक्ष्य छ”, उहाँले भन्नुभयो । ग्रामीण क्षेत्रमा सडक पूर्वाधार निर्माणसँगै सरकारी विद्यालयमा विद्यार्थीको अभाव हुन नदिन विद्यालयले बस सेवा सञ्चालन गरेको हो । पोखराको दक्षिणी भेगमा अवस्थित सो विद्यालयसम्म आउजाउ गर्न पक्की सडक निर्माण गरिएको छ । व्यवस्थापन सङ्कायतर्फ दशजोड दुईको पढाइ भइरहेको सो विद्यालयमा हाल चार सय ५० भन्दा बढी विद्यार्थी अध्ययनरत छन् ।

विसं २००९ मा स्थापना भएको विद्यालयमा चार पक्की भवन छन् । कक्षा दशसम्म अग्रेजी माध्यममा पढाइ भइरहेको छ । विद्यालयमा हाल २१ शिक्षक शिक्षिका कार्यरत छन् । यसैबीच विद्यालयमा आयोजित ७१आँै वार्षिकोत्सव समारोहका प्रमुख अतिथि एवम् पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङले विद्यालयद्वारा सञ्चालित अक्षयकोषमा रु ५१ हजार ५५ को चेक हस्तान्तरण गर्नुभयो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

कोरियन नागरिकको सहयोगमा विद्यालयमा शौचालय

१७७ जना महानगरबासीका लागि लोकसेवा तयारी कक्षा सुरु

बेनीका विद्यार्थीलाई पढाइसँगै सीप

बोर्डिङमा भन्दा सामुदायिक विद्यालयमा आकर्षण

कक्षा ९ मा पढ्ने सबैलाई निःशुल्क साइकल

‘म स्वदेशमै पढ्छु’ विद्यार्थी महोत्सव जारी

अब शिक्षकले राजनीतिक दलको कार्यकर्ता हुनै नपाउने

बङ्गलादेशको चिकित्सा शिक्षा कोटा बारे गुनासो सम्बोधन गरेको शिक्षा मन्त्रालयको दाबी

भ्याली भ्यु स्कुलमा निर्वाचनको अभ्यास

शिक्षा मन्त्रालयको निर्देशनपछि दलीय राजनीति छाड्दै शिक्षक र कर्मचारी

‘चित्रकला’ र ‘मूर्तिकला’ बाट सिपसँगै जीवनको रङ्ग पहिचान गर्दै विद्यार्थी

त्रिविको जग्गा व्यवस्थापनका लागि उच्चस्तरीय समिति बन्दै छः मन्त्री श्रेष्ठ