सदाबहार खबरको रफ्तार ....
जेठ ८, २०८१ मंगलबार
May 21, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

छत्तीसगढको बस्तरमा प्रहरीसँगको भिडन्तमा चार माओवादीको मृत्यु

२०८१ बैसाख १८, मंगलबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः छत्तीसगढको माओवादी प्रभावित जिल्ला नारायणपुरमा भएको भिडन्तमा चार माओवादी मारिएको दाबी प्रहरीले गरेको छ ।

प्रहरीका अनुसार माओवादी विरुद्धको कारवाहीका लागि अलग अलग टोलीलाई नारायणपुरको माढ क्षेत्रमा निस्किएको थियो । यस क्रममा प्रहरी र माओवादीबीच भिडन्त भएको र चार माओवादी मारिएको प्रहरीले बताएको छ ।

अहिले पनि सो क्षेत्रमा प्रहरीले खोजीकार्य जारी राखेको छ । ‘मारिएका माओवादीको सङ्ख्या बढ्न सक्ने सम्भावनालाई नकार्न सकिँदैन । कयौँ माओवादी घाइते भएको प्रमाण पनि भेटिएको छ । सुरक्षा बलको सम्पूर्ण टोली घटनास्थलबाट फर्केपछि मात्रै अन्तिम स्थिति बताउन सकिनेछ’ वरिष्ठ प्रहरी अधिकारीले बीबीसीलाई भने ।

यही महिनाको १६ तारिखमा छिमेकी जिल्ला काँकेरको कालपर र हिदूरको जङ्गलमा भएको भिडन्तमा सुरक्षा बलले २९ माओवादी मारेको दाबी गरेको थियो । यसबाहेक भिडन्तको अर्को घटनामा १३ माओवादी मारिएका छन् । यस वर्ष जनवरीदेखि मुठभेडका छुट्टाछुट्टै घटनाहरूमा सुरक्षा बलहरूले बस्तरमा मुठभेडहरूमा ८० भन्दा बढी माओवादी मारिएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय अदालतलाई नेतान्याहुको प्रश्न- हमास र इजरायललाई तुलना गर्ने साहस कसरी गर्‍यो ?

रफाहमा तिब्र सैन्य कारबाही हुन्छ: इजरायल

विकिलिक्सका संस्थापक असान्जलाई अदालतको राहत

अन्तर्राष्ट्रिय फौजदारी अदालतले माग्यो नेतान्याहू र हमासका शीर्ष नेताको गिरफ्तारी वारेन्ट

चुनावी महासंग्रामः पाँचौँ चरणमा ६३ प्रतिशत मतदान, छैटौँ चरणको मतदान शनिबार

भारतको छत्तीसगढमा सडक दुर्घटनामा १८ जनाको मृत्यु

भारतमा लोक सभाका लागि गरिएको पाँचौ चरणको मतदान हुँदै, मध्यान्नसम्म ३६.७३ प्रतिशत मतदान

इरानी राष्ट्रपतिको मृत्युपछि अब के हुन्छ ?

खराब मौसमका कारण श्रीलङ्कामा दश हजारभन्दा बढी प्रभावित

ताइवानको राष्ट्रपतिको रूपमा लाइ चिङ तेहले लिए शपथ

भारतको लोकसभाको पाँचौं चरणको मतदान जारी

टर्कीका ड्रोनले इरानी राष्ट्रपतिको हेलिकप्टर दुर्घटना भएको ठाउँ फेला पारेको दाबी