सदाबहार खबरको रफ्तार ....
जेठ ४, २०८१ शुक्रबार
May 17, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

इङल्याण्डका आठ खेलाडीले आइपिएलका प्लेअफ खेल गुमाउने

२०८१ बैसाख १८, मंगलबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः हाल इन्डियन प्रिमियर लिग (आइपिएल) खेलिरहेका इङल्याण्डका खेलाडी प्लेअफका लागि उपलब्ध नहुने भएका छन् ।

इङल्याण्डले आगामी टी-२० विश्वकपको तयारीका लागि भन्दै आफ्ना खेलाडीलाई लिगचरणका खेलपछि फिर्ता बोलाएको हो ।इङल्याण्डले विश्वकप्को तयारीका लागि पाकिस्तानसँग टी-२० सिरिज खेल्ने बताएको छ ।

इंग्ल्याण्ड एण्ड वेल्स क्रिकेट बोर्डले आगामी आईसीसी पुरुष टी–२० विश्वकप २०२४ का लागि छनोट भएका सबै खेलाडी पाकिस्तानविरुद्धको टी–२० सिरिजका लागि उपलब्ध हुनुपर्ने बताएको छ । टोलीमा छनोट भएका खेलाडी इङ्ल्यान्ड फर्कनेछन् ।

आइपिएलको फाइनल खेल मे २६ मा हुनेछ । प्लेअफमा क्वालिफायर–१, एलिमिनेटर, क्वालिफायर–२ र फाइनल गरी कुल ४ खेल हुनेछन् । इङल्याण्डका आठ खेलाडीले आइपिएल खेलिरहेका छन् । जसमा जोस बटलर (राजस्थान रोयल्स), मोइन अली (चेन्नई सुपर किंग्स), जोनी बेयरस्टो, साम कुरान, लियाम लिभिङ्स्टन (तीनै पञ्जाब किंग्स), विल ज्याक्स, रीस टोपले (दुवै रोयल च्यालेन्जर्स बैंगलोर) र फिल साल्ट (कोलकाता नाइट राइडर्स) बाट खेलिरहेका छन् । यी सबै खेलाडीले आईपीएल प्लेअफ गुमाउने छन् ।

इङल्याण्डले पाकिस्तानसँग मे २२ देखि मे २८ सम्म ४ टी-२० खेल खेल्ने बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

आइपिएलमा आज मुम्बई र लखनउ खेल्दै

आइपिएलमा आज मुम्बई र लखनउ खेल्दै

बुटवलमा सम्पन्न हाफ म्याराथनको उपाधि नेपाली सेनाका रोकायालाई

नेपालले अमेरिका र क्यानडाविरुद्ध विश्वकप वार्म-अप खेल खेल्ने

भारतीय फुटबलर सुनिल क्षेत्रीले लिए अन्तर्राष्ट्रिय खेलबाट सन्यास

आइपिएलमा आज सनराइजर्स र गुजरातबीच खेल हुदै

राजस्थानको लगातार चौथो हार

सन्दीपमाथि लगाइएको क्यानको प्रतिबन्ध फुकुवा

दिपेन्द्र आइसीसीको टी-२० वरियतामा टप टेनमा

एपीएफको लगातार तेस्रो जित

आइपिएलमा आज राजस्थान र पञ्जावको भिडन्त

विनवार्ड्सविरूद्धको पहिलो अभ्यासमा नेपाल ४ विकेटले विजयी