सदाबहार खबरको रफ्तार ....
जेठ ९, २०८१ बुधबार
May 22, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

पशुपति जलहरी प्रकरण: तीनै जनालाई सफाइ

२०८१ बैसाख १९, बुधबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः  विशेष अदालतले पशुपतिनाथ मन्दिरको गर्भगृहमा जलहरी राख्ने सन्दर्भमा दोषी बनाइएका सदस्य सचिवसहित तीनै जनालाई सफाइ दिएको छ । विशेष अदालतका अध्यक्ष एवं न्यायाधीशद्वय टेकनारायण कुँवर र मुरारीबाबु श्रेष्ठको इजलासले डा. थापासहित डा. प्रदीप ढकाल, बिसेट नाइके अरुणकुमार श्रेष्ठलाई सफाइ दिएको हो ।

विशेष अदालतमा मङ्गलबार भएको सुनुवाइपछि जारी फैसलामा पशुपतिनाथ मन्दिरमा जलहरी राख्दा अनियमितता नभएको ठहरसहित तीनै जनालाई सफाइ दिइएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले असोज १४ गते उहाँहरूविरुद्ध मुद्दा दायर गरेको थियो ।

सदस्य सचिव डा. मिलन थापा जलहरी निर्माण गर्दा संयोजक एवं कोषका सदस्य हुनुहुन्थ्यो । आयोगले जलहरी निर्माणका क्रममा डेढ किलो सुन हिनामिना भएको दाबीसहित मुद्दा दायर गरेको थियो । २०७७ मा नेपाल कम्युनिस्ट पार्टी (एमाले) अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री रहनुहुँदा जलहरी निर्माण गरिएको थियो । अख्तियारले नापजाँच गरेपछि २०८० असार १३ गते जलहरी पशुपतिनाथ मन्दिरको ज्योतिर्लिङ्गमा राखिएको थियो ।

२०८० असार ११ गते सुनको जलहरी नापतौल र परीक्षण गर्न पशुपतिनाथ मन्दिरबाट उत्तरतर्फ रहेको रुद्रगारेश्वरमा ल्याइएको थियो । जलहरी राखिएको स्थानलाई नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र पशुपति क्षेत्र विकास कोषबाट परिचालित निजी सुरक्षागार्डले सिसिटिभीको निगरानीसहित सुरक्षा प्रदान गरेका थिए ।

विद्युत शवदाह निःशुल्क  

यसैबिच विशेष अदालतबाट सफाइ पाएपछि पदभार ग्रहण गर्दै सदस्य सचिव डा. थापाले पशुपतिमा विद्युत् शवदाह आगामी साउन १ गतेदेखि निःशुल्क गर्ने निर्णय गर्नुभएको छ । उहाँले पशुपति नाथ मन्दिर परिसरमा अन्तर्राष्ट्रिय पुस्तकालय निर्माण गर्ने निर्णय पनि गर्नुभएको छ । गोरखापत्र

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

दैलेखमा जेठ १३ देखि पोलियोविरूद्धको खोप अभियान

जहाँको त्यहीँ कार्यदल

हिमालमै हिउँ जोगाउन सकस

संसद् अधिवेशन अन्त्य गरेर अध्यादेशबाट बजेट ल्याउने तयारी

१० महिनामा ११ खर्ब ७७ अर्बको व्यापार घाटा

वैदेशिक छात्रवृत्तिमा पहुँचकै भर

पशुपतिको भेटी चोरी

समावेशी आयोगको हविगत !

त्रिदेशीय व्यापारिक सडकमा बेलिब्रिज

सुर्तीमा कर बढाउन नदिन उद्योगीको हस्तक्षेप

पन्ध्र बिघा सरकारी जग्गा व्यक्तिका नाममा

प्रधानमन्त्रीले आज विश्वासको मत लिँदै, संसद् अवरोध गर्ने कांग्रेसको संकेत