सदाबहार खबरको रफ्तार ....
जेठ ८, २०८१ मंगलबार
May 21, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

नेपालले टस हारेर पहिला बलिङ गर्दै, कप्तान रोहितलाई आराम

२०८१ बैसाख १९, बुधबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँः नेपाल र वेस्ट इन्डिज ए बीचको तेस्रो खेल आज हुदै छ । टियु क्रिकेट मैदानमा हुने यस खेलमा वेस्ट इन्डिज ए ले टस जितेर पहिला ब्याटिंग गर्ने निर्णय गरेका छन् । योसंगै नेपालले पहिला बलिङ गर्ने भएको छ ।

आजको खेलमा नेपालले कप्तान रोहित पौडेललाई आराम दिएको छ । यस खेलमा नेपालको कप्तानी दिपेन्द्र सिंह ऐरीले गर्दै छन् ।

आज नेपाली टिममा चार परिवर्तन गरिएको छ । आज कप्तान रोहितसहित कुशल भुर्तेल, सोमपाल कामी र आकाश चन्दलाई बाहिर राखिएको छ भने करण केसी, विवेक यादव, विनोद भण्डारी र कमल सिंह ऐरी खेल्दै छन् ।

यस सिरिजमा नेपाल र वेस्ट इन्डिज ए ले एक एक खेल जितेका छन् र सिरिज १-१ को बराबरीमा रहेको छ ।

सिरिजको पहिलो खेलमा नेपालले ४ विकेटको जित हासिल गरेको थियो भने दोस्रो खेलमा वेस्ट इन्डिज ए ले १० रनको जित हासिल गरेको थियो ।

नेपालको प्लेइङ- ११ : दिपेन्द्र सिंह ऐरी (कप्तान), अनिल शाह, आरिफ सेख, कुशल मल्ल, गुलशन झा, करण केसी, बिबेक यादव, विनोद भण्डारी, सागर ढकाल, कमलसिंह ऐरी र लोकेश बम रहेका छन् ।  सिरिजको चौथो खेल मे २ मा र पाचौं खेल मे ४ मा हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

आइपिएलको पहिलो क्वालिफायरमा आज कोलकोता र सनराइजर्स भिड्दै

राखेपको मिसन २०२६ का लागि ५ खेल थपियो

राखेपद्वारा मिसन २०२६ मा पाँच खेल थप

पाथीभरा म्याराथनको उपाधि आर्मीका श्रेष्ठलाई

वडाध्यक्षलाई विद्यार्थीको प्रश्न : ‘खेल्ने सामग्री कसले दिन्छ ?’

म्यानचेस्टर सिटीले जित्यो प्रिमियर लिगको उपाधि

म्यानचेस्टर सीटीका फोडेन बने प्रिमियर लिगको उत्कृष्ट खेलाडी

अपराजित लिभरकुसेन

विश्वकप अगाडिको पहिलो अभ्यास सिरिजको अन्तिम खेलमा नेपाल पराजित

मन्त्री श्रेष्ठद्वारा धुलिखेलमा राष्ट्रिय हक्की खेल मैदानको निरीक्षण

हार्दिकलाई एक खेलको प्रतिबन्ध, अर्को आइपिएलको पहिलो खेल गुमाउने

जाभीलाई बर्खास्त गर्ने तयारीमा बार्सिलोना !