सदाबहार खबरको रफ्तार ....
जेठ ८, २०८१ मंगलबार
May 21, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

निर्वाचन क्षेत्र नपाएर भौँतारिएका प्रचण्डले चुनाव जितेपछि गुन बिर्सिए: बाबुराम भट्टराई

२०८१ बैसाख १९, बुधबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः पूर्व प्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष डा बाबुराम भट्टराईले माओवादी केन्द्रका अध्यक्ष पुष्पकलम दाहाल प्रचण्डले निर्वाचन जितेपछि पुरानो गुन बिर्सिएको आरोप लगाएका छन् । बुधबार १३५ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा नेसपाले राजधानीमा गरेको कार्यक्रममा बोल्दै उनले प्रचण्डले खोलो तरेर लौरो बिर्सिएको आरोप लगाए ।

निर्वाचन अघि प्रचण्डले निर्वाचन क्षेत्रसमेत नपाएर भौतारिएको अवस्थामा आफूले निर्वाचन क्षेत्र छोडेर गुन लगाएको तर निर्वाचन जितेपछि पहिलाको गुन बिर्सिएको गुनासो गरे । उनी सत्ताका लागि जे पनि गर्ने व्यक्ति भएको भन्दै भट्टराईले समाजवादी यात्रामा जान माओवादी तयार भएपछि सहयोग गरेको प्रस्टीकरण दिए ।

‘माओवादी शक्तिहरू कहिले एमाले, कहिले कांग्रेसको पछि लागेको छ । प्रचण्ड जीले आफ्नो सत्ता स्वार्थमा निरन्तर घुमाइरहनुभएको छ । प्रचण्ड आफै पछारिसकेपछि निर्वाचन क्षेत्रसमेत नपाएर भतारिँदै हिँडेको बोला थियो । त्यहाँभित्रका साथीले अबको बाटो तपाईँकै हो । संविधानसभा, गणतन्त्र भन्नुभएको थियो । नबुझेर हामीले विरोध गर्‍यौँ । आखिर तपाईँकै बाटोमा सही रहेछ । हामी अहिले पनि कहिले कांग्रेस त कहिले एमालेतिर भौँतारी रहेका छौँ । तपाईँले फेरी साथ दिनुपर्‍यो । माओवादीलाई समाजवादी पार्टीमा रूपान्तरण गर्छौँ । मलाई प्रचण्डजीको विश्वास थिएन । उहाँले सत्ताका निमित्त जोपनि गर्नुहुन्छ, त्यो मलाई थाहा थियो । तर माओवादी भित्रका साथीहरूले नयाँ ढंगले जान्छौं, माओवादी युगको समय सिद्धियो । अब नयाँ समाजवादी ध्रुवीकरणको कुरा गर्नुभएको छ । हामी त्यसमा आउँछौ भनेको हुनाले एउटा साझा चुनाव चिन्हमा लिएर जाऊँ भनेको हो’, माओवादीसँगको सहकार्यबारे उनले प्रस्ट पार्दै उनले भने ।

त्यतिबेला पार्टी एकीकरणको कुरा कतै नभनिएको दाबी गर्दै पछि प्रचण्डले खोलो तर्यो लौरो बिर्सियो गरेको आरोप लगाए । हिजो पानीमा भिजेको बिरालो जस्तो मान्छे चुनाव जितिसकेपछि शेर जसरी गर्जिन थालेको आरोप लगाए । अहिले आफू साना सङ्ख्यामा भए पनि अन्तिममा आफ्नै एजेन्डाले जित्ने उनले दाबी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

सिरोहिया पक्राउबारे बाबुरामको प्रतिक्रिया: प्रचण्डले ज्ञानेन्द्रपथ अनुशरण गरे

प्रधानमन्त्रीसँग भुटानका कृषिमन्त्रीको शिष्टाचार भेट

विश्व बैंकको सहयोगमा लैङ्गिक हिंसाविरुद्धको प्रतिकार्य सुदृढीकरण आयोजना

कैलाश सिरोहिया पक्राउ

सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी गरिनु र पक्राउ गर्न प्रहरी कार्यालयमा पुग्नु अस्वीकार्य कदम- सिके राउत

कान्तिपुरका अध्यक्ष सिरोहियाविरूद्ध धनुषामा पक्राउ पूर्जी

कार्यदलको बैठक सकियो, अझै भएन सहमति

गण्डकी सरकारविरुद्धको रिट न्यायाधीश रेग्मी र पोखरेलको संयुक्त इजलासमा

उपेन्द्र यादवको रिट न्यायाधीश ढुंगाना र मुसलमानको इजलासमा

संसदीय छानबिन समितिको कार्यादेश तय गर्न गठित कार्यदलको बैठक जारी

जलवायु परिवर्तनका क्षेत्रमा बेलायतले नेपाललाई सघाउने

कार्यदलको बैठक बस्दै