सदाबहार खबरको रफ्तार ....
जेठ ८, २०८१ मंगलबार
May 21, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

अमेरिकी विश्वविद्यालयहरुमा इजरायलविरोधी प्रदर्शन, हजारभन्दा बढी नियन्त्रणमा

२०८१ बैसाख १९, बुधबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः अमेरिकी विश्वविद्यालयहरूमा प्यालेस्टाइन समर्थक प्रदर्शनको बीचमा कोलम्बिया विश्वविद्यालयमा तनाव भएको छ ।

विश्वविधालयमा १०० भन्दा बढी प्रहरी प्रवेश गरेपछि तनाव भएको अमेरिकी मिडियाहरुले उल्लेख गरेका छन् । उनीहरू र्‍याम्प प्रयोग गरेर विश्वविद्यालयको ह्यामिल्टन भवनमा झ्यालबाट प्रवेश गरेको र उनीहरुले भवनलाई आन्दोलनकारीबाट मुक्त गराएको बताइएको छ ।

इजरायल विरोधी प्रदर्शनकारीहरूले सोमबार राति विश्वविद्यालयको भवन ह्यामिल्टन हललाई कब्जा गरेका थिए । न्यूयोर्क टाइम्सका अनुसार उनीहरूले विश्वविद्यालयको फर्निचर र भेन्डिङ मेसिनसहित भवनको गेट अवरुद्ध गरेका थिए ।

झ्यालहरूमा अखबारहरू टाँसिएको थियो, ताकि भित्र केही देख्न नसकोस् । त्यसपछि उनले झ्यालबाट प्यालेस्टाइनको झण्डा फहराए । प्रदर्शनकारीले प्यालेस्टाइनको स्वतन्त्रताको लागि नारा समेत लगाएका थिए ।

यसपछि प्रदर्शनकारीहरूले विश्वविद्यालय भवनको नाम ह्यामिल्टनबाट ‘हिन्द हल’ राख्ने घोषणा गरेका थिए । वास्तवमा, हिन्द रजब गाजामा बस्ने ६ वर्षीया बालिका थिइन्, जसको इजरायली आक्रमणमा मृत्यु भएको थियो । आन्दोलनकारीले विश्वविद्यालयका धेरै ठाउँमा तोडफोड समेत गरेपछि प्रहरी बोलाउन बाध्य भएको विश्वविद्यालय प्रशासनले जनाएको छ ।

प्रहरी ह्यामिल्टन हल कब्जा गरेको करिब २० घण्टापछि विश्वविद्यालय पुगेको थियो । सीएनएनका अनुसार प्रहरीले कोलम्बिया विश्वविद्यालय र सिटी कलेजमा करिब १०० प्रदर्शनकारीलाई पक्राउ गरेको छ। उनलाई अहिले विश्वविद्यालयबाहिर बसमा राखिएको छ । विश्वविद्यालयले जेठ १७ गतेसम्म क्याम्पसमा बस्न प्रहरीलाई आग्रह गरेको छ ।

विश्वविद्यालय प्रवेश गरेको २ घण्टाभित्रै प्रहरीले ह्यामिल्टन भवनलाई प्रदर्शनकारीहरूबाट मुक्त गराएको थियो । यद्यपि उनीहरूले प्रदर्शनकारीहरूलाई पक्राउ गर्न शहरका अन्य क्षेत्रहरूमा अझै अनुसन्धान गरिरहेका छन् ।

अमेरिकाका विभिन्न विश्वविद्यालयमा अहिले इजरायल विरोधी प्रदर्शन लगातार भइरहेका छन् । अहिलेसम्म प्रहरीले प्रदर्शनमा सहभागी भएका एक हजार भन्दा बढीलाई नियन्त्रणमा लिएको सिएनएनले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

इरानी राष्ट्रपति रायसीको अन्त्येष्टिमा हजारौं मानिस सडकमा

अन्तर्राष्ट्रिय अदालतलाई नेतान्याहुको प्रश्न- हमास र इजरायललाई तुलना गर्ने साहस कसरी गर्‍यो ?

रफाहमा तिब्र सैन्य कारबाही हुन्छ: इजरायल

विकिलिक्सका संस्थापक असान्जलाई अदालतको राहत

अन्तर्राष्ट्रिय फौजदारी अदालतले माग्यो नेतान्याहू र हमासका शीर्ष नेताको गिरफ्तारी वारेन्ट

चुनावी महासंग्रामः पाँचौँ चरणमा ६३ प्रतिशत मतदान, छैटौँ चरणको मतदान शनिबार

भारतको छत्तीसगढमा सडक दुर्घटनामा १८ जनाको मृत्यु

भारतमा लोक सभाका लागि गरिएको पाँचौ चरणको मतदान हुँदै, मध्यान्नसम्म ३६.७३ प्रतिशत मतदान

इरानी राष्ट्रपतिको मृत्युपछि अब के हुन्छ ?

खराब मौसमका कारण श्रीलङ्कामा दश हजारभन्दा बढी प्रभावित

ताइवानको राष्ट्रपतिको रूपमा लाइ चिङ तेहले लिए शपथ

भारतको लोकसभाको पाँचौं चरणको मतदान जारी