सदाबहार खबरको रफ्तार ....
जेठ ४, २०८१ शुक्रबार
May 17, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

संविधान र गणतन्त्र विरोधी शक्तिले चलखेल सुरु गर्न थालेः अध्यक्ष नेपाल

२०८१ बैसाख २०, बिहिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौ: नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले संविधान र गणतन्त्र समाप्त गर्ने शक्तिको चलखेल हुनथालेको बताउनुभएको छ । नेकपा (एकीकृत समाजवादी) चितवनको १० औँ जिल्ला अधिवेशनको आज यहाँ उद्घाटन गर्दै उहाँले संविधान र गणतन्त्रको रक्षाका लागि यसको पक्षमा रहेका शक्तिहरु एक हुनुपर्ने बताउनुभएको हो ।

उहाँले भन्नुभयो, “संविधान र गणतन्त्रको विरोधी शक्तिसँग हातेमालो गर्न सकिँदैन ।” अहिले पार्टी गठबन्धनमा रहेको भए पनि चैन भने नरहेको भन्दै उहाँले आक्रोश पोख्नुभयो । उहाँले भन्नुभयो, “केही विमति छन् । कहिले के हुन्छ भन्न सक्ने अवस्थामा छैन ।” देशलाई समृद्धिको यात्रामा लैजान पहिला जनतालाई केन्द्रमा राखेर अघि बढ्नुपर्ने उहाँले बताउनुभयो ।

समाज परिवर्तन र बेथिति अन्त्यका लागि पार्टीका कार्यकर्ता लाग्नुपर्ने उहाँले बताउनुभयो । उहाँले नेकपा एमालेप्रति लक्षित गर्दै नेतृत्व तह सुध्रिएर आए आफूहरु एकताको पक्षमा रहेको बताउनुभयो ।

वामपन्थी शक्ति एकताबद्ध गर्नका लागि समाजवादी मोर्चा गठन गरिएको बताउँदै उहाँले विचार, सोच मिल्ने शक्तिसँग एकताबद्ध बनाउन सकिने बताउनुभयो । एकताका लागि आत्मसमीक्षा, खुल्लापन र इमान्दारिता आवश्यक पर्ने उहाँले बताउनुभयो ।

नेपालका कम्युनिष्ट दलमा अहिले खिया लागेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “कम्युनिष्ट दलहरुमा लागेको खिया हटाउन हामी आएका हौँ ।” अहिलेको राजनीतिमा कम्युनिष्ट आन्दोलनको विषयमा बहस हुन आवश्यक रहेको उहाँ बताउनुभयो ।

पार्टी उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले निर्वाचनबाट निर्वाचनसम्म मात्रै दलको यात्रा हुन नहुने बताउनुभयो । दलले जनताको मन जित्न आवश्यक रहेको उहाँको भनाइ थियो । पार्टीलाई एकताबद्ध गर्दै अघि बढ्न आवश्यक रहेको बताउँदै उहाँले नेपालको कम्युनिष्ट आन्दोलनलाई एकीकृत गर्दै अघि बढ्न पार्टीको गठन गरिएको उहाँको भनाइ थियो ।

अर्का उपाध्यक्ष केशवलाल तुलाधरले विचारमा एकरुपता दिँदै कम्युनिष्ट एकता गर्न आवश्यक रहेको बताउनुभयो । नेपाल कम्युनिष्ट पार्टी गठन गरेर लामो समय जान नसकेको भन्दै उहाँले अहिले सही विचारका साथ एकता गर्नुपर्ने बताउनुभयो ।

पार्टीका उपमहासचिवहरु जगन्नाथ खनाल, डा गङ्गाधर तुलाधरले जनताको जनजीविकालाई मध्यनजर गर्दै अघि बढ्नु पार्टीको मूलमर्म रहेको बताउनुभयो । उहाँहरुले अहिले समाजको मुख्य सत्रु गरिबी र सुशासन रहेको बताउनुभयो ।पार्टीका सचिव हरि पराजुलीले दलहरुले जनतमलाई दिएको आश्वासन पूरा हुन नसकेको बताउनुभयो । दलहरुले आश्वासन मात्रै दिने गर्दा समाजमा असन्तोष र अन्तरविरोध देखा परेको भन्दै उहाँले यसलाई अन्त्य गर्न समाजवादी पार्टी आएको बताउनुभयो ।

कार्यक्रममा पार्टीको प्रदेश सह–इञ्चार्ज साध्यबहादुर भण्डारी, प्रदेश अध्यक्ष सावित्रा भुसाल, जिल्ला इञ्चार्ज कृष्णप्रसाद खनाल, नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनाल, नेकपा एमालेका सचिव प्रकाश खनाल, नेकपा माओवादी केन्द्रका सचिव द्रोणबाबु शिवाकोटीलगायतले बोल्नुभएको थियो । एकीकृत समाजवादीका जिल्ला अध्यक्ष अरुण पीडित भण्डारीको अध्यक्षतामा सम्पन्न उद्घाटन सत्र आज सम्पन्न भएको छ । बिहीबार बिहानबाट बन्दसत्र सुरु हुनेछ । बन्दसत्रमा ४४० जना प्रतिनिधि सहभागी हुने पार्टीका प्रचार विभाग संयोजक विष्णुराज महतोले जानकारी दिनुभयो । अधिवेशनले दुई वर्षे कार्यकालका लागि ६४ सदस्यीय जिल्ला कार्य समिति चयन गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

कांग्रेस संसदीय दलको बैठक बस्दै

नेपालले आर्थिक लाभ उठाउने सम्भावना धेरै छः नेता डा रिजाल

कांग्रेसले बोलायो संसदीय दलको बैठक

अब संसदीय छानबिन समिति बन्दैन- रास्वपा

संसदीय समिति बनाउने बिषयमा अझै सहमति भएन, कांग्रेसले अवरोध जारी राख्ने

अग्रगामी र राष्ट्रिय शक्तिलाई निर्णायक तहमा पुर्‍याउनुपर्छ: अध्यक्ष ओली

कम्युनिष्ट आन्दोनलाई पुनःजागरण गर्न मदन–आश्रितको योगदान अतुलनीयः अध्यक्ष नेपाल

यी हुन् एकीकृत समाजवादी केन्द्रीय कमिटी बैठकले पारित गरेको १८ बुँदे प्रस्ताव

लोकतन्त्रलाई सुदृढ र बलियो बनाउन प्रजातान्त्रिक विचार समाजको महत्त्वपूर्ण भूमिका रहन्छ : सभापति देउवा

ओलीले गिरीबन्धु टी-स्टेटको जग्गा आफुले बेचेर कांग्रेसलाई भन्नुभएछ- देउवा

नेकपा एसको महाधिवेशनमा साझा दस्तावेज पेस हुने

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले आज विश्वासको मत लिदै