सदाबहार खबरको रफ्तार ....
मंग्सिर ४, २०८३ शुक्रबार
November 20, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

वडाध्यक्षमाथि आक्रमण गरेको आशंकामा ३ पक्राउ

२०७७ असार १७, बुधबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौः दाङको शान्तिनगर गाउँपालिका वडा २ का अध्यक्ष फर्साराम डाँगीमाथि आक्रमण गरेको आशंकामा प्रहरीले ३ जनालाई नियन्त्रणमा लिएको छ ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरीक्षक चक्रडम्मर पालले मंगलबार राति पक्राउ परेका तीनै व्यक्तिमाथि अनुसन्धान भइरहेको जानकारी दिए ।

मंगलबार विहान वडाध्यक्ष फर्साराम डाँगीमाथि एक अपरिचित समूहले कार्यकक्षमै प्रवेश गरी लाठी तथा रडले आक्रमण गरी सख्त घाइते बनाएको थियो ।

घाइते डाँगीलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा प्रारम्भिक उपचारपछि मंगलबारै थप उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौं लगिएको छ ।  वडाध्यक्ष डाँगीमाथि भएको आक्रमणको जिम्मा सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले लिएको छ । शान्तिनगर गाउँपालिकाका सेक्रेटरी कमल सिंहको नाममा वडा कार्यालयमा फेला परेको विज्ञप्तिमा घटनाको जिम्मा लिइएको छ ।

विज्ञप्तिमा वडाध्यक्षले गुन्डागर्दी गरेको, विकासका काम आफन्तलाई दिएर कमिसन खाएको, जुवा तास खेलाउनेजस्ता कार्य गरेको आरोप लगाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

करिब ४ सय ४३ किलो गाँजा सहित दुई जना पक्राउ

नक्कली शैक्षिक प्रमाणपत्र पेस गर्ने शिक्षकमाथि आरोपपत्र दायर

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

जुवातास खेलिरहेको अवस्थामा २५ जना पक्राउ

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १७ जना पक्राउ

जुवाको खालबाट २५ जना पक्राउ

दुई थान भरुवा बन्दुकसहित एक जना पक्राउ

जुवातास खेलिरहेको अवस्थामा १२ जना पक्राउ

मुद्दाका फरार प्रतिवादीहरू पक्राउ

बरामद ४९ कम्प्युटर र १५५ मोबाइलको अनुसन्धान गरिँदै

त्रिभुवन विमानस्थलबाट एक किलो ८०३ ग्राम सुन बरामद

स्रोत नखुलेको नगदसहित तीन जना पक्राउ