सदाबहार खबरको रफ्तार ....
जेठ ४, २०८१ शुक्रबार
May 17, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

नबिल बैंकबाट चोरिएको रकमसहित भारतको मोतीहारीबाट ३ जना पक्राउ

२०८१ बैसाख २०, बिहिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः वीरगन्ज ब्रह्मचोकस्थित नबिल बैंकको बाइपास शाखामा चोरीएको लाखौँ रुपैयाँ सहित भारतबीहार मोतीहारी जिल्लामा तिनजना पक्राउ परेका छन् ।

बिशेष सूचनाको आधारमा मोतीहारी जिल्लाको दरपा थाना क्षेत्र अन्तर्गत तिनकोनी गाउँबाट १८ लाख भन्दा बढी नेपाली रुपैया तथा चोरीमा प्रयोग गरिने बिभिन्न उपकरण सहित एक महिला दुई पुरुष गरी तीनजना लाई भारतीय प्रहरीले पक्राउ गरेको हो।

पक्राउ पर्नेमा झरोखर थाना क्षेत्रका मन्टु कुमार, अर्जुन कुमार र दरपा थाना क्षेत्रकी सबिता देवी रहेको मोतीहारीका एसपी कान्तेश मिश्रले बताएका छन। उनीहरूको साथबाट १८ लाख २३ हजार २ सय नेपाली रुपैया एकथान घरेलु हतियार नलकटुवा,दुईथान गोली, लुटपाटको रकमबाट खरिद गरिएको एउटा सुनको औँठी, मोटरसाइकल र दुईथान थान मोबाइल, ड्रिल मेसिन, सिसिटीभि क्यामरा १ थान, सोल्डिङ मेसिन १ थान बरामद गरेको मिश्रले जानकारी दिए । केही दिन अघि भारतीय बजार ढाकामा दुर्इवटा पसलमा लुटेको सामान मध्येको सिसी टिभी क्यामरा रहेको प्रहरीले जनाएको छ। साथै पक्राउ  परेकाहरूले नबील बैंक बिरगंज शाखाको लुटमा संलग्न रहेको र केहीदिन अघि एकजना हुन्डी कारोबारीको ४० लाख रुपैयाँ लुटेको समेत स्वीकार गरेको एस्पी मिश्रले न्युज कारखानासंग भएको कुराकानीमा बताएका छन।

पक्राउ परेका तीनैजना जिल्ला अदालत मोतीहारीको आदेशमा मोतीहारी कारागारमा रहेका छन् भने बरामद रकम जिल्ला प्रहरी कार्यालय मोतीहारीको नियन्त्रणमा रहेको छ। आरोपहरु पक्राउ परेपछि एकजना बिरगंजका नेपाली सुरक्षा अधिकारी लाई बोलाएर पहिचान गराउनुका साथै बैंकको सिसी टिभी फुटेजबाट समेत पुष्टि गरिएको एस्पी मिश्रले जानकारी दिएका छन।

नबिल बैंक बिरगंजमा चोरीको घटना पछि अपराधीहरु भारतीय क्षेत्रमा आउनसक्ने अनुमानको आधारमा एस्पी मिश्रले तीनजना डिएस्पीको कमाण्डमा छुट्टाछुट्टै तीनवटा टोली परिचालन गरेको मोतीहारी क्राईम ब्राञ्चका सई मनिष कुमारले बताएका छन।

टोलीले विशेष सूचनाको आधारमा दरपा थानाक्षेत्र तिनकोनी गाउँको एक घरमा छापा मारी गरेर  मन्टु र अर्जुन पक्राउगरी उनीहरूको साथबाट १७ लाख ८२ हजार २०० रुपैया बरामद गरेको थियो। उनीहरूकै बयानको आधारमा भारतीय प्रहरीले९५ हजार रुपैयाँ , र हतियार सहित सविता लाई नियन्त्रणमा पक्राउ गर्न सफल भएको सई मनिष कुमारले जनाएका छन ।

बैंकको चोरीमा संलग्न रहेको आरोपमा पर्सा प्रहरीले रौतहटको साविक पथरा बुधराम हाल मौलापुर नगरपालिका ८ का सञ्जय जयसवाल, छोटेलाल जयसवाललाई पक्राउ गरी कारबाही प्रक्रिया अगाडि बढाएको जनाएको छ ।

गत आइतबार राती ५ देखि ६ जना चोरहरुको समूहले बैंकको मूल गेटको  ताल्चा फुटाएर एकसय र बिस रुपैयाँ दरको नोट गरी एक करोड ३४ लाख रुपैयाँ चोरी  लागेको पर्सा प्रहरीले जनाएको छ।  चोरहरूले मूल गेटको ताल्चा फुटाएर बैंकभित्र प्रवेश गरी टिनको बाकसमा राखिएको रकम बोरामा हालेर लगेको बैंकको सिसिटिभी क्यामेरामा रेकर्ड भएको भिडियोमा देखिएको छ।

पर्सा प्रहरीका प्रवक्ता डिएसपी कुमार विक्रम थापाले घटनाको थप अनुसन्धान भइरहेको जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

धरौटीमा रिहा भए रवि ओड

नक्कली लाइसेन्स प्रकरण, थप दुई जना पक्राउ

शिक्षक चन्दको हत्यामा संलग्न भएको आरोपमा भण्डारी पक्राउ

कुवेत पुर्‍याई मानव बेचबिखन तथा ओसार पसारमा संलग्न दुई जना पक्राउ

अवैध लागूऔषधसहित विभिन्न स्थानबाट चार जना पक्राउ

नक्कली डाक्टर पक्राउ

६९० किलोग्राम गाँजासहित सुनसरी र मोरङबाट चार जना पक्राउ

धनुषामा तीन दिनमा रु डेढ करोडभन्दा बढीको सामान बरामद

झापाको दमकबाट लागुऔषध ब्राउनसुगर सहित चार जना पक्राउ

लागूऔषध मुद्दामा ७७ जना पक्राउ

काठमाडौं र ललितपुरबाट १४ जना जुवाडे पक्राउ

घरका सदस्यलाई बाँधेर डकैती गर्ने २ जना पक्राउ