सदाबहार खबरको रफ्तार ....
जेठ ४, २०८१ शुक्रबार
May 17, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

महिला फिटनेस प्रशिक्षकलाई ११ बर्षको जेल सजाय

२०८१ बैसाख २०, बिहिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः साउदी अरब महिला अधिकारको दमनका लागि परिचित छ । पछिल्ला वर्षहरूमा महिलाका लागि धेरै सुधारहरू भएका छन्। अझै पनि यो देश धेरै हदसम्म पछाडि छ । पछिल्लो समय एक २९ वर्षीया फिटनेस प्रशिक्षकलाई उनको कपडा र उनले सोशल मिडियामा पोस्ट गरेको कारण ११ वर्षको जेल सजाय सुनाइएको छ ।

यसको विरोधमा मानवअधिकार संगठन एम्नेस्टी इन्टरनेशनलले साउदी अरबलाई उक्त महिलालाई सजायबाट मुक्त गर्न आग्रह गरेका छन् । मानाहेल अल-ओतैबीलाई जनवरीमा सजाय सुनाइएको थियो ।

यसैबीच साउदी अरेबियाले भने संयुक्त राष्ट्र मानव अधिकार कार्यालयलाई आफ्नो औपचारिक प्रतिक्रियामा अल-ओतैबीलाई सामाजिक सञ्जाल पोस्टको लागि सजाय दिइएको अस्वीकार गरेको छ । यसले उसलाई आतंकवादी अपराधको लागि दोषी ठहराएको र  उसको विचार र अभिव्यक्ति स्वतन्त्रताको अभ्यास वा उसको सामाजिक सञ्जाल पोस्टहरूसँग कुनै सरोकार नभएको बताएको छ ।

संयुक्त राष्ट्र संघले फिटनेस प्रशिक्षकलाई दोष दिएकोमा साउदी अरेबियाको आलोचना गरेको बताइएको छ ।एम्नेस्टीका अनुसार अल-ओतैबीकी बहिनी फौजियामाथि पनि यस्तै आरोप छ, तर २०२२ मा सोधपुछका लागि बोलाएपछि उनी साउदी अरेबियाबाट भागेकी थिइन् । एम्नेस्टी अभियानकर्ताहरुले हालैका वर्षहरूमा साउदीको योजनाबद्ध महिला अधिकार सुधारहरूको खोक्रोपनलाई उजागर गरेको प्रतिक्रिया दिएका छन् ।

साउदी अरब एक कट्टर इस्लामिक देश हो, जुन पहिले वहाबी विचारधाराको सबैभन्दा ठूलो समर्थक थियो। तर सन् २०१७ मा साउदी अरबका युवराज मोहम्मद बिन सलमानले महिलाको हैसियतमा परिवर्तन ल्याउने वाचा गरेका छन् र कैयौं क्षेत्रमा सुधार पनि गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

धरौटीमा रिहा भए रवि ओड

नक्कली लाइसेन्स प्रकरण, थप दुई जना पक्राउ

शिक्षक चन्दको हत्यामा संलग्न भएको आरोपमा भण्डारी पक्राउ

कुवेत पुर्‍याई मानव बेचबिखन तथा ओसार पसारमा संलग्न दुई जना पक्राउ

अवैध लागूऔषधसहित विभिन्न स्थानबाट चार जना पक्राउ

नक्कली डाक्टर पक्राउ

६९० किलोग्राम गाँजासहित सुनसरी र मोरङबाट चार जना पक्राउ

धनुषामा तीन दिनमा रु डेढ करोडभन्दा बढीको सामान बरामद

झापाको दमकबाट लागुऔषध ब्राउनसुगर सहित चार जना पक्राउ

लागूऔषध मुद्दामा ७७ जना पक्राउ

काठमाडौं र ललितपुरबाट १४ जना जुवाडे पक्राउ

घरका सदस्यलाई बाँधेर डकैती गर्ने २ जना पक्राउ