सदाबहार खबरको रफ्तार ....
जेठ ४, २०८१ शुक्रबार
May 17, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

टाढाका विद्यार्थीलाई आवासीय सुविधा

२०८१ बैसाख २०, बिहिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौ : बागलुङ नगरपालिकाले नयाँ शैक्षिकसत्र सुरु भएसँगै विद्यार्थी कम भएका विद्यालयको तह मिलान गरेको छ । नगरपालिकाले यस वर्ष ३५ विद्यालयको तह मिलान तथा स्थगन गरेको हो । पछिल्लो समय गाउँका विद्यालयमा विद्यार्थीको सङ्ख्या निकै कम छ । यस शैक्षिकसत्रमा ३३ विद्यालयको तह मिलान र दुई विद्यालय स्थगन गरेको हो । तह मिलान तथा स्थगनपछि समस्यामा परेका विद्यार्थीलाई लक्षित गरी यसै वर्षदेखि तीन विद्यालयलाई आवासीय बनाइने भएको छ ।

देशैभरमा सबैभन्दा बढी विद्यालय हुने नगरपालिकाकारूरुपमा रहेको बागलुङ नगरपालिकाले अघिल्लो वर्ष वडा नं १२ स्थित कालीगण्डकी प्राथमिक विद्यालय र वडा नं १३ स्थित लक्ष्मीनारायण पाठशाला स्थगन भएका थिए । यस वर्ष वडा नं ९ स्थित रानीभूमे प्राथमिक विद्यालय र सोही वडाको सरस्वती प्राथमिक विद्यालयलाई स्थगन गरिएको हो ।

स्थगनपछि विद्यालय टाढा पर्ने विद्यार्थीका लागि आवासीय सुविधा दिनेगरी काम अगाडि बढाइएको नगर उपप्रमुख राजु खड्काले जानकारी दिनुभयो । पहिलो चरणमा भौगोलिक, सामाजिक, आर्थिक कारणले विद्यालयको पहुँचमा पुग्न समस्या भएका बालबालिकाका लागि आवासीय सुविधा दिने उहाँको भनाइ छ ।

नगर उपप्रमुख खड्काका अनुसार बागलुङ–७ स्थित विश्वकर्मा माध्यमिक विद्यालय, वडा नं ११ को महाविद्याजन माध्यमिक विद्यालय रायडाँडा र वडा नं १२ को पृथ्वीहिणन्य माध्यमिक विद्यालयलाई आवासीय रूपमा सञ्चालन गरिने छ । विद्यालयमा विद्यार्थी सङ्ख्या थोरै हुँदा शिक्षण क्रियाकलाप प्रभावकारी नहुने र बढी खर्च हुने हुँदा विद्यालयको तह मिलान तथा स्थगन गरेको उहाँको भनाइ छ । तह मिलानपछि शैक्षिक गुणस्तरसमेत वृद्धि हुने उपप्रमुख खड्का बताउनुहुन्छ ।

“नगरपालिकामा झण्डै सयको हाराहारीमा विद्यालय छन्, ती विद्यालयमा विद्यार्थी निकै कम भएको हुँदा यस वर्ष हामीहरूले धेरै विद्यालयको तह मिलान गरेका छौँ, पोहोर र यस वर्ष गरी चार विद्यालय स्थगन नै गरिसकेका छौँ”, उहाँले भन्नुभयो, “सुरुआती चरणमा तीन विद्यालयमा आवासीय सुविधा दिनेगरी सञ्चालनको तयारी छ, पछि आवश्यकताका आधारमा अन्य विद्यालयमा पनि आवासीय सुविधा थप्ने योजना छ ।”

शिक्षा अनुगमन समितिले नगरपालिकाभित्रका ४८ विद्यालय अध्ययन गरी आवश्यकता र समस्याको पहिचान गरी विद्यालयको स्थगन तथा तह मिलान गरिएको नगर शिक्षा अधिकारी धनप्रसाद पोखरेलले जानकारी दिनुभयो । तह मिलनपछि अब बाल विकास केन्द्र सञ्चालन हुने विद्यालयको सङ्ख्या आठ, बाल विकास केन्द्र र कक्षा १ मात्र सञ्चालन हुने विद्यालयको सङ्ख्या ११, कक्षा १ मात्र सञ्चालन हुने विद्यालय एक, कक्षा १ देखि ३ सम्म सञ्चालन हुने विद्यालय सङ्ख्या पाँच, कक्षा १ देखि ४ सम्म सञ्चालन हुने विद्यालय दुई र चार विद्यालयमा कक्षा १ देखि ६ सम्म सञ्चालन हुने तथा विद्यालय स्थगन र तह मिलानपछि शिक्षकहरूलाई सोही वडाभित्रका आवश्यक रहेका विद्यालयमा दरबन्दी मिलान गरी व्यवस्थापन गरिने उहाँको भनाइ छ ।

शिक्षा अनुगमन समितिले तय गरेको मापदण्डअनुसार स्थगनपछि विद्यार्थी बढ्ने विद्यालयलाई व्यवस्थापनका लागि रु दुई लाख र प्रत्येक तह मिलान हुने विद्यालयलाई प्रतिकक्षा रु २५ हजारका दरले रकम उपलब्ध गराउने पोखरेलले बताउनुभयो । बालबालिकाका लागि नेपाल सरकारले दिएको रु १५ दिवा खाजामा नगरपालिकाले रु पाँच थप गरिदिने उहाँको भनाइ छ ।

विद्यालय स्थगन र तह मिलानपछि नगरपालिकाले एक वडा एक आवासीय विद्यालय, पढ्दै कमाउँदै कार्यक्रमजस्ता व्यावसायिक र प्राविधिक स्कुल निर्माण गर्ने उद्देश्य राखेको र यस्ता खालका शिक्षामा लगानी गरेमा मात्रै शैक्षिक गुणस्तर वृद्विमा प्रभावकारी भूमिका खेल्ने उहाँ बताउनुहुन्छ । सो नगरपालिकामा ८२ सामुदायिक र २० संस्थागत विद्यालय सञ्चालनमा छन् । पालिकाभर १६ हजार विद्यार्थी अध्ययनरत रहेको नगरपालिकाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

कक्षा ९ मा पढ्ने सबैलाई निःशुल्क साइकल

‘म स्वदेशमै पढ्छु’ विद्यार्थी महोत्सव जारी

अब शिक्षकले राजनीतिक दलको कार्यकर्ता हुनै नपाउने

बङ्गलादेशको चिकित्सा शिक्षा कोटा बारे गुनासो सम्बोधन गरेको शिक्षा मन्त्रालयको दाबी

भ्याली भ्यु स्कुलमा निर्वाचनको अभ्यास

शिक्षा मन्त्रालयको निर्देशनपछि दलीय राजनीति छाड्दै शिक्षक र कर्मचारी

‘चित्रकला’ र ‘मूर्तिकला’ बाट सिपसँगै जीवनको रङ्ग पहिचान गर्दै विद्यार्थी

त्रिविको जग्गा व्यवस्थापनका लागि उच्चस्तरीय समिति बन्दै छः मन्त्री श्रेष्ठ

त्रिविको सम्पत्ति संरक्षण गर्नुपर्नेमा सांसदको जोड

शैक्षिक पात्रो सुधार गरी कार्यान्वयन गर्छुः त्रिवि उपकूलपति बराल

दमक बहुमुखी क्याम्पसमा ई–लाइब्रेरी सञ्चालनमा

पाठ्यपुस्तक पुनः प्रयोगमा ध्यान दिन शिक्षामन्त्रीको आग्रह