सदाबहार खबरको रफ्तार ....
जेठ ४, २०८१ शुक्रबार
May 17, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

उपराष्ट्रपति र युरोपेली सङ्घका राजदूतबिच भेट

२०८१ बैसाख २०, बिहिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि युरोपेली सङ्घ (ईयू)का राजदूत भेरोनिक लोरेज्नोले शिष्टाचार भेट गर्नुभएको छ ।

उपराष्ट्रपति यादव र ईयूका राजदूत लोरेज्नोबिच लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा बिहीबार शिष्टाचार भेट भएको हो ।

भेटमा शुभकामना आदानप्रदानपछि द्विपक्षीय सम्बन्ध, जलवायु परिवर्तनलगायतका विषयमा महत्त्वपूर्ण छलफल भएको राष्ट्रपति यादवको सचिवालयले जनाएको छ ।

उपराष्ट्रपति यादवले नेपाल र ईयूबिच सन् १९७४ यता कायम रहेको घनिष्ठ, सौहार्द्रपूर्ण एवम् मैत्रीपूर्ण सम्बन्धबाट आफू सन्तुष्ट रहेको उल्लेख गर्नुहुँदै नेपालले ईयूसँगको साझेदारीलाई उच्च महत्त्व दिँदै आएको बताउनुभयो ।

‘‘यो वर्ष हामीले नेपाल र ईयूबिच कूटनीतिक सम्बन्ध स्थापनाको स्वर्ण वार्षिकोत्सव मनाइरहेका छौँ । यस सुखद उपलक्ष्यमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।,’’ उहाँले भन्नुभयो, ‘‘ईयू नेपालको प्रमुख विकास साझेदार हो । स्वास्थ्य, शिक्षा, खानेपानी, सरसफाइ र ग्रामीण विकासमा ईयू समर्थित कार्यक्रमहरू हाम्रा लागि उपयोगी र महत्त्वपूर्ण छन् । मलाई आशा छ अगामी दिनहरूमा सहयोगको दायरा र परिमाण नेपालका उत्पादनशील क्षेत्रहरूमा विस्तार र वृद्धि हुँदै जानेछन् ।’’

विशेषगरी कर्णाली प्रदेशमा ईयूको सहयोग अन्तर्गतका आयोजनाले ती दुर्गम क्षेत्रका सर्वसाधारणलाई धेरै फाइदा पुगेको उहाँले बताउनुभयो । ‘‘नेपाल र ईयूले लोकतन्त्र, स्वतन्त्रता र बहुपक्षीयताको महत्त्व जस्ता साझा मूल्यहरूमा विश्वास राख्दछ ।,’’ उपराष्ट्रपति यादवले भन्नुभयो, ‘‘महामारी र जलवायु परिवर्तन लगायत विश्वले पछिल्लो समय सामना गरिरहेको प्रकृतिका चुनौतीहरूले बहुपक्षीय सहकार्य पहिलेभन्दा बढी आवश्यक भएको सङ्केत गरेकोले यी विषयमा थप सहकार्य गर्न नेपाल तत्पर छ ।’’

उहाँले नेपाललाई राजनीतिक रूपान्तरणको वर्तमान चरणमा पुग्न अन्तर्राष्ट्रिय समुदायबाट धेरै सद्भाव र समर्थन प्राप्त भएको पनि बताउनु भयो । ‘‘नेपालको ऐतिहासिक राजनीतिक उपलब्धिहरू कायम राखी मुलुकको आर्थिक आकाङ्क्षा पूरा गर्न ईयूले आफ्नो बहुमूल्य सहयोग जारी राख्ने विश्वास व्यक्त गर्दछु ।,’’ उहाँले भन्नुभयो, ‘‘मलाई आशा छ, तपाईँ (महामहिम) को कार्यकालमा नेपाल–ईयू सम्बन्ध थप सुदृढ, प्रगाढ एवम् बलियो हुने र नेपाललाई प्राप्त हुने विकास सहयोगको निरन्तरतामा सकारात्मक प्रभाव पर्नेछ ।’’

भेटमा नेपालका लागि ईयूका राजदूत भेरोनिक लोरेन्जोले नेपालको संस्कृति धेरै विकसित रहेकोमा प्रशंसा गर्नुहुँदै ईयूले सामाजिक समावेशीकरण र शिक्षा क्षेत्रमा काम गर्न चाहेको बताउनुभयो ।

‘‘नेपालले लगानी र आर्थिक वृद्धि गरी कृषिसहित विभिन्न क्षेत्रको विकासमा जोड दिनु सकारात्मक हो । नेपालमा ईयूको सहयोग निरन्तर रहने छ ।,’’ उहाँले भन्नुभयो, ‘‘यसै महिना ईयूले भारतमा रहेका सयभन्दा बढी कम्पनीलाई सहभागिता गराई ‘बिजनेस फोरम’ सम्मेलनको आयोजना गर्ने तयारी गर्दैछ ।’’ उहाँले नेपालमा ईयूले धेरै पछाडि परेको सुदूरपश्चिम, कर्णाली तथा मधेश प्रदेशमा आफ्नो सहयोगलाई केन्द्रित गरेको बताउनुभयो । गोरखापत्र

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

सुदूरपश्चिमका प्रदेश सरकारविरुद्धको रिट खारेज

रवि लामिछाने भन्छन्- एक पटक बोल्न पाउनु पर्यो, त्यत्ति हो मागेको

फिनल्याण्ड सरकारबाट प्राप्त हुने १३ मिलियन युरो अनुदान स्वीकार गर्ने सरकारको निर्णय

जलवायु परिवर्तनको सङ्कट समाधानमा सञ्चारमाध्यमको भूमिका महत्वपूर्णः सञ्चारमन्त्री शर्मा

कर्णाली प्रदेशसभाको चौथो अधिवेशन आह्वान

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले पाए विश्वासको मत

गृहमन्त्री लामिछानेले गरे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन

मन्त्रिपरिषद् बैठक बस्दै

खेलाडीबाट अनुशासन सिक्नुपर्छः उपसभापति गुरुङ

कोरियासँगको सघन सहकार्यमा प्रधानमन्त्रीको जोड

जसपा आधिकारिकता विवादः आयोगको निर्णय यथास्थितिमा राख्ने आदेश

निर्दोष ठहरिए सन्दीप लामिछाने, जिल्ला अदालतको फैसला उच्चले उल्टायो