सदाबहार खबरको रफ्तार ....
जेठ ४, २०८१ शुक्रबार
May 17, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

सुदूरपश्चिममा मुख्यमन्त्रीको विश्वासको मत सम्बन्धि प्रतिवाद गर्ने कांग्रेसको निर्णय

२०८१ बैसाख २१, शुक्रबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः नेपाली कांग्रेसले सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले प्रदेशसभामा दर्ता गरेको विश्वासको मतसम्बन्धी प्रस्तावको कडा प्रतिवाद गर्ने निर्णय गरेको छ।

मुख्यमन्त्री सोडारीले शुक्रबार प्रदेशसभामा विश्वासको मत लिने भएसँगै बिहीबार बसेको कांग्रेस संसदीय दलको बैठकले मुख्यमन्त्रीले दर्ता गरेको विश्वासको मतसम्बन्धी प्रस्तावको संसदभित्र र बाहिर कडा प्रतिवाद गर्ने निर्णय गरेको प्रमुख सचेतक बिक्रम धामीले बताए।

धामीले सोडारीसमेतको समर्थनमा नाउपाका लक्ष्मणकिशोर चौधरीले मुख्यमन्त्रीमा दाबी गरे पनि प्रदेश प्रमुखले झुक्याएर फेरि प्रक्रिया थालेर सोडारीलाई नियुक्त गरेका कारण विश्वासको मत लिने कदम अर्को त्रुटि भएकाले प्रतिवाद गर्ने निर्णय गरिएको उनले बताए।

६ वैशाखमा एमाले, माओवादी केन्द्र र नाउपाको रञ्जिता श्रेष्ठ पक्षको समर्थनमा मुख्यमन्त्री बनेका सोडारीले शुक्रबार साँझ ५ बजे बस्ने प्रदेशसभाको बैठकमा विश्वासको मत लिने तयारी गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

सहकारी प्रकरणको छानबिन हुनुपर्छ- राजेन्द्र पाण्डे

कांग्रेसले संसदमा असभ्य व्यवहार गर्यो- ओली

न्यायपालिकाको सुदृढीकरण र बारलाई सक्षम बनाउन सरकार प्रतिबद्ध छ- प्रधानमन्त्री

प्रधानमन्त्रीले कांग्रेससँग छलफल गर्दै

विधिसम्मत न्यायिक प्रणालीबाट मात्रै देशमा सुशासन र अमनचयन : राष्ट्रपति पौडेल

संसदीय छानबिन समिति बनाउन विपक्षी दल एकजुट

सदनको अवरोध अन्त्यका लागि प्रधानमन्त्री र सभामुखको बेग्लाबेग्लै परामर्श

प्रतिपक्ष दलको बैठक बानेश्वरमा जारी

संसदीय समितिको गठनको मागबाट पछि नहट्ने कांग्रेसको निर्णय

कांग्रेस केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक राख्न नैनसिंह महरको माग

१० वर्षमा १० हजार मेगावाट विद्युत निर्यात गर्दैछौँ-प्रधानमन्त्री

जेठ ७ गते विश्वासको मत लिन प्रधानमन्त्रीद्वारा पत्राचार