सदाबहार खबरको रफ्तार ....
जेठ ४, २०८१ शुक्रबार
May 17, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

जापानी विदेशमन्त्री नेपाल आउँदै

२०८१ बैसाख २१, शुक्रबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँः जापानका विदेशमन्त्री कामिकावा योको उच्चस्तरीय भ्रमणका लागि नेपाल आउनुहुने भएको छ । उहाँ यही वैशाख २३ गते नेपाल आइपुग्नुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ । उहाँको भ्रमण एक दिनका लागि रहने छ ।

उहाँको भ्रमणको अन्तिम तयारी चलिरहेको परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले जानकारी दिनुभयो । उहाँले दुई देशको उच्चस्तरीय भ्रमणलाई निरन्तरता दिँदै जापानबाट यो भ्रमण हुन लागेको बताउनुभयो ।

जापानको विदेशमन्त्री नियुक्त भएपश्चात् यो उहाँको पहिलो नेपाल भ्रमण हो । नेपाल भ्रमणका क्रममा विदेशमन्त्री योकोले उच्चस्तरीय शिष्टाचार तथा मैत्रीपूर्ण भेटवार्ता गर्नुहुने कार्यसूची रहेको छ ।

यो वर्ष दुई देशबिच कूटनीतिक सम्बन्ध स्थापना भएको लामो समय भइसकेको छ । यस भ्रमणले सोही द्विपक्षीय सम्बन्धलाई थप प्रगाढ बनाउने विश्वास नेपालस्थित जापानको दूतावासले जनाएको छ । नेपाल र जापानबिच विकास सहयोग तथा जनसम्बन्धको बलियो सम्बन्ध रहेकोमा यस भ्रमणले त्यसलाई थप विस्तार गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

एक वर्षमा ८ लाखले छोडे देश

करार सम्बन्ध सुधारको पहलबाट साउदीमा १० लाख कामदार लाभान्वित

सरकारी सेवा एकै स्थानबाट दिने तयारी

देखिएन लगानीको छनक

आजपा र भन्सार विभागका बीचमा ६ बुँदे सहमती

सर्वोच्चले मागेको विवरण मालपोत र नापीले बुझाउन सकेनन्

दैलेखमा चौध हजार बढी बालबालिकालाई ‘आईपीभी खोप’ लगाइने

न्यायालयको अचम्मको शैली: सर्वसाधारणका मुद्दामा छैन ध्यान, राजनीतिक मुद्दालाई प्राथमिकता

गिरीबन्धु टि–इस्टेटको सर्वोच्चको फैसलाप्रति एमाले अध्यक्ष ओली रुष्ट

बालमन्दिरको जग्गा हडप्ने विशाल ग्रुपको योजना

मिडिया एलायन्सद्वारा प्रधानमन्त्री–सञ्चारमन्त्रीसमक्ष मिडिया संकट अवस्थावारे जानकारी

उद्योग अगाडि खुम्चियो राजमार्ग