सदाबहार खबरको रफ्तार ....
जेठ ४, २०८१ शुक्रबार
May 17, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

अडियो’ प्रकरण: सर्वोच्चले राजकुमार तिमल्सिनालाई बयानका लागि बोलायो

२०८१ बैसाख २१, शुक्रबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः सर्वोच्च अदालतले सिधा कुरा डटकमले प्रसारण/प्रकाशन गरेको ‘फेक अडियो’ प्रकरणबारे राजकुमार तिमल्सिनालाई बयानका लागि बोलाएको छ ।

न्यायाधीशद्वय हरिप्रसाद फुँयाल र महेश शर्मा पौडेलको इजलासले बिहीबार सिधा कुरा डटकमका प्रकाशक युवराज कँडेलको बयान लिएपछि ‘स्टिङ अप्रेसन’ गर्ने भनिएका तिमल्सिनालाई बयानका लागि बोलाउने आदेश गरेको हो ।

तिमल्सिना अख्तियार दुरुपयोग अनुसन्धान आयोगका लागि ‘स्टिङ अप्रेसन’ गर्ने र सरकारी साक्षी बस्ने लगायतका काममा विगतमा संलग्न भएका व्यक्ति हुन् । प्रकाशक कँडेलले बयानका क्रममा अडियोको स्रोत तिमल्सिना भएको भनेपछि उक्त आदेश आएको हो ।

सिधा कुराका सम्पादक नवीन ढुंगाना र प्रकाशक कँडेललाई बिहीबार अदालतको अवहेलना मुद्दा बयानका लागि बोलाइएको थियो । बिहीबार कँडेलको मात्रै बयान सकिएको छ । ढुंगानालाई शुक्रबार बयानका लागि बोलाइएको छ । कान्तिपुर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

एक वर्षमा ८ लाखले छोडे देश

करार सम्बन्ध सुधारको पहलबाट साउदीमा १० लाख कामदार लाभान्वित

सरकारी सेवा एकै स्थानबाट दिने तयारी

देखिएन लगानीको छनक

आजपा र भन्सार विभागका बीचमा ६ बुँदे सहमती

सर्वोच्चले मागेको विवरण मालपोत र नापीले बुझाउन सकेनन्

दैलेखमा चौध हजार बढी बालबालिकालाई ‘आईपीभी खोप’ लगाइने

न्यायालयको अचम्मको शैली: सर्वसाधारणका मुद्दामा छैन ध्यान, राजनीतिक मुद्दालाई प्राथमिकता

गिरीबन्धु टि–इस्टेटको सर्वोच्चको फैसलाप्रति एमाले अध्यक्ष ओली रुष्ट

बालमन्दिरको जग्गा हडप्ने विशाल ग्रुपको योजना

मिडिया एलायन्सद्वारा प्रधानमन्त्री–सञ्चारमन्त्रीसमक्ष मिडिया संकट अवस्थावारे जानकारी

उद्योग अगाडि खुम्चियो राजमार्ग