सदाबहार खबरको रफ्तार ....
जेठ ४, २०८१ शुक्रबार
May 17, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

हराएका शताब्दीऔँ पुराना मूर्ति नेपाल पठाइयो

२०८१ बैसाख २१, शुक्रबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः यहाँस्थित नेपाली राजदूतावासले पुरातात्विक महत्वका २४ वटा मूर्ति नेपाल पठाएको छ । अमेरिकी नागरिक सुसन व्राडफोर्डले सङ्कलन गर्नुभएको ती सामग्री हालै हवाइ टापुमा हस्तान्तरण गरिएको थियो ।

दूतावासका कर्मचारीलाई हस्तान्तरण गरिएका ती सामग्री पुरातत्व विभागसँगको समन्वयमा बिहीबार हवाइबाट नेपाल पठाइएको हो । तेह्राँै, सत्रौँ र अठारौँ शताब्दीका मूर्ति स्वदेश पठाइएको दूतावासले जनाएको छ । ती मूर्तिकला धातु, काठ, ढुङ्गा र हड्डीबाट बनेका हुन् ।

“हामीहरूले नेपालबाट हराएका धेरै धार्मिक, सांस्कृतिक महत्वका वस्तुहरूलाई खोजीनीति गरेर नेपाल फिर्ता पठाउन पहल गरिरहेका छौँ, यसपटक भने अमेरिकी नागरिक सुसनले आफैँ हामीहरूलाई सम्पर्क गरेर यो प्रक्रिया पूरा भएको छ”, दूतावासका द्वितीय सचिव उत्तम घिमिरेले रासससँग कुरा गर्दै भन्नुभयो । मूर्ति लिन उहाँलाई हवाइ पठाइएको थियो । पुग्नुभएको थियो । ती मूर्ति हराएका स्थानमा प्रतिस्थापन गरिने पुरातत्व विभागले तयारी गरेको उहाँले बताउनुभयो ।

नेपाल–अमेरिका समन्वयमा हवाइबाट पठाइएका मूर्तिहरूमा ढलोटको कालाकुवेर मूर्ति, विश्वरुपको मूर्ति, महिषासुरमर्दिनीको मूर्ति, मोक्षदा भनिएको महामञ्जुश्री शक्तिको मूर्ति, ढलोटको विघ्नान्तक भैरवको मूर्ति, तामाको प्रज्ञापारमिताको मूर्ति, ढलोटको किन्नरीको मूर्ति, काठको बाराहीको मूर्ति र चमुण्डाको शिर, प्रस्तरको सरस्वतीको मूर्ति छन् । ।

यसैगरी अरु मूर्तिहरूमा प्रस्तरको मञ्जुश्री शक्ति, प्रस्तर अगस्थमुनिको मूर्ति, हस्तलिखित ग्रन्थ, र कुवेरका मूर्तिहरू, तामाको कालियन्त्र, हाडको सीतापाती यन्त्र, काठको फुर्वा, फलामको ताल्चा, ढलोटको सिन्हमु, फलामको त्रिशूल छन् । दूतावासले एक वर्षको अवधिमा ६३ वटा विभिन्न मूर्तिकला तथा वास्तुकलाका सामग्री नेपाल पठाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

मिथिलामा धुमधामका साथ जानकी नवमी मनाइँदै

आज कुन राशिको भाग्य कस्तो ? हेर्नुहोस् राशिफल

तपाईको आजको भाग्य कस्तो छ ?हेर्नुहोस् राशिफल

बिहीबार भगवान विष्णुको पूजा

‘अयोध्यास्थित राममन्दिरमा नेपालको धनुष राख्न सकिन्छ’

संस्कृति संरक्षाणका निम्ति मादल बजाउने तालिम

आज कुन राशिको भाग्य कस्तो ? हेर्नुहोस् राशिफल

जेठ १ गते मंगलबारको वैदिक राशिफलः तपाईको दिन सुभ रहोस् ।

आज कुन राशिको भाग्य कस्तो ? हेर्नुहोस् राशिफल

पशुपतिमा साउनभर कोटिहोम महायज्ञ आयोजना गरिने

पाथीभरा माताको दर्शन गर्दै थाहा पाउनुहोस् आजको तपाँईको दैनिक राशिफल

बागलुङस्थित महादेव मन्दिरको स्वरूप फेरिँदै