सदाबहार खबरको रफ्तार ....
जेठ ५, २०८१ शनिबार
May 18, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

भीमा मृत्यु प्रकरणः विशेषज्ञबाट पोष्टमार्टम गराउन अदालतको आदेश

२०८१ बैसाख २२, शनिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः जिल्ला अदालत सुर्खेतले प्रदेश अस्पतालको लापरवाहीले मृत्यु भएको भनिएकी दैलख आठविस नगरपालिका ५ की २२ बर्षिया भीमा गुरुङ्गको शवलाई फरेन्सिक मेडिसिनका विशेषज्ञबाट शव परीक्षण (पोष्ट मार्टम) गराउन आदेश दिएको छ ।

भीमा गुरुङका आफन्तले न्याय नपाएको भन्दै १६ बैशाखमा अदालत पुगेका थिए । मृतकका ससुरा धन मगरले अन्तरकालिन आदेश माग गर्दै जिल्ला अदालत सुर्खेतमा निवेदन दर्ता गराएका थिए ।

अदालतमा दायर भएको मुद्दामा कर्णाली प्रदेश अस्पतालका निर्देशक डा. डम्बर खड्का, उपचारमा संलग्न डा. ललितजङ्ग शाहीलगायतलाई विपक्षी बनाइएको थियो । उक्त निवेदन उपर सनुवाई गर्दै अदालतले निवेदनमा उठाएको विषयवस्तुको गम्भीरता र संवेदनशीलतासमेतलाई हेर्दा मृतक भिमा गुरुङ्गको शव परीक्षण (पोष्ट मार्टम) फरेन्सिक मेडिसिनका विशेषज्ञबाट यथाशीघ्र गर्नु उचित देखिएको आदेश दिएको छ ।

‘कर्णाली प्रदेश अस्पतालमा कार्यरत चिकित्सक बाहेक फरेन्सिक मेडिसिनका विशेषज्ञ चिकित्सकलाई र मृतकको १ जना प्रतिनिधिलाई संलग्न नगराई मृतकको शव परीक्षण गर्ने कार्य नगर्नु, नगराउनु भनी मुलुकी देवानी कार्यविधि संहिता, २०७४ को दफा १५६ र जिल्ला अदालत नियमावली, २०७५ को नियम ३४ बमोजिम अन्तरकालीन आदेश जारी गरिदिएको छ । शुक्रवार जारी अदालतको फैसलामा भनिएको छ । ।

साथै यस अदाललतबाट ८ बैशाखमा फिरादी, निजको छोरा, मृतकका पति, फिरादीका आफन्त र सहयोगीलाई सुरक्षाको आवश्यक प्रवन्ध मिलाउनु भनि जारी भएको अल्पकालिन अन्तरकालीन आदेशलाई निरन्तरता दिन अदालतले भनेको छ ।

गत २८ चैतमा सामान्य पेट दुखाइसम्बन्धी समस्या भई हिँडेर उपचार गर्न प्रदेश अस्पताल पुगेकी भीमालाई अस्पतालले भोेलिपल्ट मृत घोषणा गरिदिएको थियो । सामान्य अवस्थामा अस्पताल आएकी भीमाको मृत्यु भएपछि आफन्तले अस्पतालको लापर्वाही भएको आरोप लगाउँदै निष्पक्ष छानबिन, दोषीमाथी कारबाही र उचित क्षतिपूर्तिको माग राख्दै आन्दोलित बनेका थिए ।

झण्डै एक साताभन्दा बढी वीरेन्द्रनगरमा आन्दोलित बनेका आफन्तले राखेका माग पूरा गर्न अस्पताल, जिल्ला प्रशासन कार्यालय र प्रदेश सरकार तयार नभएपछि भीमाको शव अस्पतालमै छाडेर घर फर्किएका थिए । मृतक भीमाको शव २३ दिनदेखि अस्पतालको शवगृहमा अलपत्र छ ।

मृतक भीमाकी आठमहिने नाबालिका छोरीको पालनपोषणका लागि उचित व्यवस्था, परिवारका सदस्य मध्ये एक जनालाई रोजगारी, बालिकाको पठनपाठनको ग्यारेन्टी र घटनाको उच्चस्तरीय छानबिन समिति गठनको माग राखेर गरिएको शान्तिपूर्ण आन्दोलनको सुनुवाई नभएपछि उनको परिवार अदालतको ढोका गुहार्न बाध्य भएका थिए । राजधानी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

नार्कले दियो ड्रोन उडाउने तालिम

चीनबाट कार आयात

सहकारी ठगी मुद्दामा एकमत विपक्षी दल

‘डंकी रुट’ बाट अमेरिका जान लाखौं डुबाउँदै युवा

छिचोलियो लेनडाँडा सुरुङमार्ग

कर्मचारी सरुवा बाह्रैमास

एक वर्षमा ८ लाखले छोडे देश

करार सम्बन्ध सुधारको पहलबाट साउदीमा १० लाख कामदार लाभान्वित

सरकारी सेवा एकै स्थानबाट दिने तयारी

देखिएन लगानीको छनक

आजपा र भन्सार विभागका बीचमा ६ बुँदे सहमती

सर्वोच्चले मागेको विवरण मालपोत र नापीले बुझाउन सकेनन्