सदाबहार खबरको रफ्तार ....
जेठ ५, २०८१ शनिबार
May 18, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

पत्नीको हत्या गरेर फरार भएका पुरुष पक्राउ

२०८१ बैसाख २२, शनिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः मोरङको सुन्दरहरैँचामा पत्नी (श्रीमती)को हत्या गरेर फरार भएका एक जना पुरुषलाई प्रहरीले पक्राउ गरेको छ ।

सुन्दरहरैँचा नगरपालिका–५ गार्खाली टोलका ५० वर्षीय पदमबहादुर तामाङलाई शुक्रबार राति ९:५५ बजेतिर पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताए । उनका अनुसार सुन्दरहरैँचा–५ स्थित बूढी खोला किनारमा भाग्दै गरेका पदमबहादुरलाई इलाका प्रहरी कार्यालय बेलबारीका इन्सपेक्टर तेजबहादुर दाहाल नेतृत्वको टोलीले स्थानीयको सहयोग लिएर पक्राउ गरेको हो ।

पक्राउ परेका पदमबहादुरलाई बेलबारी प्रहरीको हिरासतमा राखेर घटनाको थप अनुसन्धान अघि बढाइएको जानकारी डीएसपी बस्नेतले दिए । उनका अनुसार पदमबहादुरविरुद्ध कर्तव्य ज्यान मुद्दा चलाउने तयारी छ । उनले आफ्नै पत्नी ४५ वर्षीया मनमाया तामाङको बुधबार राति हत्या गरेको प्रहरीले जनाएको छ ।

मादक पदार्थ सेवन (मापसे) गरेर घर आएका पदमबहादुरले सामान्य पारिवारिक विवादमा बाँसले हिर्काएर पत्नी मनमायाको हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । पत्नीलाई मारेपछि उनी फरार बनेका थिए । हत्या गरेर घरको कोठाभित्र छाडेको अवस्थामा बिहीबार बिहान शव फेला परेको थियो ।

सुत्ने कोठाको खाटमाथि अर्धनग्न र उत्तानो परेको अवस्थामा शव फेला परेको डीएसपी बस्नेतले बताए । मनमायाको हात र शरीरका विभिन्न भागमा चोटपटक थियो । प्रहरीका अनुसार पत्नीको हत्यापछि पदमबहादुरले छोरी रत्ना तामाङलाई ‘आमा रक्सीले मातेर लडिरहेकी छ’ भन्दै फोन गरेका थिए । भोलिपल्ट बिहान माइती घर पुगेर हेर्दा हत्या भएको अवस्थामा आमाको शव देखेपछि रत्नाले प्रहरीलाई खबर गरेकी थिइन् ।

प्रहरीका अनुसार घरमा पदमबहादुर र मनमाया मात्रै बस्दै आएका थिए । छोरी रत्नाको बिहे भइसकेको र छोरा वैदेशिक रोजगारीका लागि साउदीमा रहेको जानकारी प्रहरीले दिएको छ । शवको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठाना पोस्टमार्टम गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

६१ वर्षीय वृद्धबाट १२ वर्षीया बालिका बलात्कृत

धनमाल चोरीमा संलग्न गिरोह पक्राउ

धरौटीमा रिहा भए रवि ओड

नक्कली लाइसेन्स प्रकरण, थप दुई जना पक्राउ

शिक्षक चन्दको हत्यामा संलग्न भएको आरोपमा भण्डारी पक्राउ

कुवेत पुर्‍याई मानव बेचबिखन तथा ओसार पसारमा संलग्न दुई जना पक्राउ

अवैध लागूऔषधसहित विभिन्न स्थानबाट चार जना पक्राउ

नक्कली डाक्टर पक्राउ

६९० किलोग्राम गाँजासहित सुनसरी र मोरङबाट चार जना पक्राउ

धनुषामा तीन दिनमा रु डेढ करोडभन्दा बढीको सामान बरामद

झापाको दमकबाट लागुऔषध ब्राउनसुगर सहित चार जना पक्राउ

लागूऔषध मुद्दामा ७७ जना पक्राउ