सदाबहार खबरको रफ्तार ....
जेठ १६, २०८१ बुधबार
May 29, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

ओलम्पिकमा सहभागी नेपाली खेलाडीलाई सम्मान

२०८१ बैसाख २२, शनिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः सुन्दरहरैँचा नगरपालिकास्थित तेस्रो ओलम्पियन्स  पुनर्मिलन तथा सेलिब्रेटी खेलाडी भेट कार्यक्रममा १२ जना राष्ट्रिय खेलाडीलाई सम्मान गरिएको छ ।

कोशी प्रदेश खेलकुद विकास बोर्डको आयोजना तथा नेपाल ओलम्पियन्स एसोसिएसनको संयोजनमा बिहिबार साँझ सम्मान कार्यक्रम गरिएको थियो । कार्यक्रममा सन् १९८८ मा  ओलम्पिकमा सहभागी १२ खेलाडीलाई सम्मान गरिएको हो ।
समारोहमा राजकुमारी पाण्डे, मेनुका राउत, हरि रोकाया, विधान लामा, डम्बर कुँवर, पार्वती थापा, रामबहादुर गिरी, गङ्गाराम डङ्गोल, डम्बरदत्त भट्ट, विष्णुबहादुर सिंह, ऋषिराम प्रधान र टीकाबहादुर बोगटी सम्मानित भएका थिए । उनीहरूलाई कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की, एसोसिएसनका अध्यक्ष दीपक विष्ट र बोर्डका सदस्यसचिव हंसराज वाग्लेले सम्मानपत्र प्रदान गर्नुभएको हो ।
कार्यक्रममा  प्रमुख अतिथि रहनुभएका  कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले खेलको मध्यमबाट देशविदेशको गौरव बढाउने ओलम्पिक खेलाडीलाई उभ्याएर सम्मान गर्न पाउनु गौरवको  विषय रहेको बताउनुभयो  । उहाँले खेलक्षेत्रको  विकासका लागि प्रदेश सरकार पछि नहट्ने उल्लेख गर्नुभयो ।
सुन्दरहरैँचा नगरपालिकाका नगरप्रमुख केदारप्रसाद गुरागाईंले यहाँका पुराना राष्ट्रिय  खेलाडी ओमकुमार मास्केलाई सम्मानपत्रद्वारा सम्मान गर्नुभएको थियो । ओलम्पियन्स पुनर्मिलन कार्यक्रममा मलेसिया, सिङ्गापुर, बेलायतलगायतका  छजना ओलम्पियन्स खेलाडीसमेतको सहभागिता रहेको थियो । कार्यक्रममा ६० जना नेपाली ओलम्पियन्स खेलाडी तथा २५ जना प्रदेशभित्रका चर्चित खेलाडीको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

नेपाल इको प्यानल बुद्धिचालमा आशिश फुँयाल प्रथम

प्रिमियर लिगमा फर्किए यी तीन क्लब

अभ्यास खेलमा नेपाल क्यानडासँग ६३ रनले पराजित

विश्वकप खेल्न नपाएपछि सन्दीपले भनेः मेरो सपना पूरा नभए पनि देशको सपना पूरा भयो

वार्म-अप खेलमा आज नेपाल र क्यानडा खेल्दै

कोलकोताले जित्यो आइपिएलको उपाधि

अभ्यास खेलमा नेपालले हरिकेन्सलाई २७ रनले हरायो

अन्तिम खेलमा बंगलादेश विजयी

म्यानचेस्टर युनाइटेडले जित्यो एफए कपको उपाधि

भिन्सेन्ट कम्पनी बने बायर्न म्युनिखको नयाँ प्रशिक्षक

एफए कप उपाधिका लागि आज सिटी र युनाइटेड खेल्दै

पूर्व अस्ट्रेलियाली क्रिकेटरलाई प्रशिक्षकका लागि सम्पर्क नगरेको भारतीय बोर्डको दाबी