सदाबहार खबरको रफ्तार ....
जेठ ५, २०८१ शनिबार
May 18, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

लुम्बिनी प्रदेशका सभामुखसहितको टोली चीन भ्रमणमा

२०८१ बैसाख २३, आइतबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीसहितको टोली एकसाताका लागि चीन भ्रमणमा गएको छ ।

शनिबार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सभामुख घर्तीसहित उप–सभामुख मेनुका खाँड केसी, नेकपा (एमाले) संसदीय दलका प्रमुख सचेतक तुलसीप्रसाद चौधरी, प्रदेशसभा सचिव दुर्लभकुमार पुन चीन भ्रमणमा जानुभएको हो ।

छोङ्गचिङ अन्तर्राष्ष्ट्रिय सांस्कृतिक आदानप्रदान केन्द्रको सहजीकरणमा उहाँहरु चीन जानुभएको प्रदेशसभा सचिवालले जनाएको छ । भ्रमणका क्रममा चीनको छोङ्गचिङ म्युनिसिपल पिपुल्स कंग्रेससँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको र भ्रमणले छोङ्गचिङ म्युनिसिपल र लुम्बिनी प्रदेशबीचको सञ्चार सम्वन्ध र सहकार्यलाई थप मजबुत बनाउने विश्वास लिएको सभामुख घर्तीले बताउनुभयो । छोङ्गचिङ महानगर चीनको ठूला चार महानगरमध्ये एक हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

संसद् सधैँ बन्धक बन्न सक्दैन : सभामुख घिमिरे

सदनको अवरोध अन्त्यका लागि आज पनि शीर्ष नेताबीच छलफल

बागमतीमा विषयगत समितिको सभापति चयन गरिँदै

प्रतिनिधिसभाको बैठक आइतबार बिहान ११ बजेका लागि स्थगित

राष्ट्रियसभा बैठकमा कांग्रेसको अवरोधपछी आइतबारसम्म स्थगित

संसद बैठक स्थगित

बागमतीमा संसदीय समितिहरूको नेतृत्व चयनका लागि आज मनोनयन दर्ता

प्रतिनिधिसभाको बैठक बस्दै (सम्भावित कार्यसूचीसहित)

राष्ट्रिय सभामा कांग्रेसको अवरोध, बैठक स्थगित

प्रतिनिधिसभाको बैठक ४ बजेका लागि सर्‍यो

संसद बैठकमा अनिवार्य उपस्थित हुन आफ्ना सांसदलाई कांग्रेसको निर्देशन

संसद्को अवरोध हटाउने प्रयास जारी, बैठक बस्न ढिलो हुने