सदाबहार खबरको रफ्तार ....
जेठ ५, २०८१ शनिबार
May 18, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

उद्धार गरिँदै सडक बालबालिका

२०८१ बैसाख २३, आइतबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः सरकारले उपत्यकाभित्रका सडकबाट बालबालिका उद्धार अभियान जारी राखेको छ ।

आगामी जेठ पहिलो सातादेखि उपत्यकाबाहिरका प्रमुख सहरबाट सडक बालबालिका उद्धार गर्ने तयारी गरिएको छ । सडक बालबालिकाको सङ्ख्या वृद्धि हुँदै गएपछि उद्धार गरेर पारिवारिक पुनर्मिलन, संस्थागत पुनस्र्थापना, सिपमूलक तालिम र स्वरोजगार बनाउने योजना बनाएको छ । सरकारले २०७३ वैशाख २७ गतेदेखि सडक बालबालिका उद्धार गर्ने अभियान सुरु भएको थियो ।

महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय अन्तर्गतको बालबालिका खोजतलास समन्वय केन्द्रका संरक्षण अधिकृत सन्तोषचन्द्र अधिकारीले जेठ पहिलो सातादेखि उपत्यकाबाहिरका प्रमुख सहरबाट सडक बालबालिका उद्धार गर्ने योजना बनाएको जानकारी दिनुभयो ।

“सरकारको पहिलो प्राथमिकता सडक बालबालिका उद्धार, व्यवस्थापन, संरक्षण र पुनस्र्थापना गरेर सडक बालबालिकामुक्त देश बनाउने अभियान छ,” उहाँले भन्नुभयो, “हामीले सडक मानवमुक्त अभियान अन्तिम चरणमा पुर्‍याएका छौँ । काठमाडौँमा दिनरात गरेर धेरै बालबालिका उद्धार ग¥यौँ । अब देशका अरू ठुला सहरमा गएर बालबालिका उद्धार गर्ने योजनामा छौँ ।”

उहाँले झापाको दमक, इटहरीको धरान, मकवानपुरको हेटौँडा, कास्कीको पोखरा, रुपन्देहीको बुटवल, भैरहवा र सुर्खेतबाट सडक बालबालिका भएको तथ्याङ्क प्राप्त भएकाले उद्धार गर्ने योजना बनाएको बताउनुभयो । “दमक र धरानमा ३०, बुटवल र भैरहवाका आसपासका क्षेत्रमा सडकमै २० देखि ३०, पोखरामा ४० देखि ५० जना छन् भन्ने तथ्याङ्क प्राप्त भएको छ,” उहाँले भन्नुभयो, “मकवानपुरको हेटौँडामा चारदेखि पाँच जना बालबालिका भए पनि दिउँसो सडकमा बस्ने बेलुका घर जान्छन् भन्ने छ । सुर्खेतमा केही सङ्ख्यामा भएको जानकारी प्राप्त भएको छ ।”

उहाँले ती उपत्यकाबाहिरका प्रमुख सहरबाट बालबालिका उद्धार गर्न सम्बन्धित स्थानीय तह, जिल्ला प्रहरी कार्यालय र सरोकारवाला निकायसँग छलफल गरेपछि निगरानी गरेर उद्धार गरिने बताउनुभयो । “स्थानीय तहसहित प्रहरी सरोकारवाला निकायसँग समन्वय गर्ने छौँ । त्यसपछि बालबालिका कहाँ कहाँ छन् भनेर निगरानी गर्ने छौँ । अनुकूलतामा उद्धार गर्ने छौँ,” संरक्षण अधिकृत अधिकारीले भन्नुभयो ।

यसरी उद्धार गरिएका बालबालिका त्यहाँ भएका सङ्घ संस्थामा व्यवस्थापन गर्न मिल्ने भए राखिने र त्यहाँ राख्न सम्भव नभए काठमाडौँमा ल्याएर पुनस्र्थापना केन्द्रमा पठाउने योजना रहेको उहाँले जानकारी दिनुभयो । उहाँले काठमाडौँ ल्याएर पुनस्र्थापना केन्द्रमा राखेर सुधार भएका बालबालिकालाई परिवारमा पुनर्मिलन र सिपमूलक तालिम दिइने बताउनुभयो ।

प्रायः सडक बालबालिका धेरै मान्छेको ओहोरदोहोर गर्ने र जनघनत्व बढी हुने क्षेत्रमा बस्ने गरेका छन् । घर भए पनि घर नजाने, घरका कुनै परिवारलाई सम्पर्क नगरेर सडकलाई संसार ठानेर लामो समय सडकमा स्वतन्त्र जिन्दगी जिउनेलाई सडक बालिकाभित्रको परिभाषा पारिएको छ । अहिले नौ वर्षदेखि १८ वर्ष उमेरकालाई सडक बालबालिकाभित्र पर्ने गर्छन् । त्यसमध्ये सबैभन्दा बढी १० देखि १४ वर्ष उमेरका बढी छन् । जसमा ६५ प्रतिशत पुरुष सडक बालबालिका हुने गरेको सरकारी तथ्याङ्क छ ।  गोरखापत्र

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

नार्कले दियो ड्रोन उडाउने तालिम

चीनबाट कार आयात

सहकारी ठगी मुद्दामा एकमत विपक्षी दल

‘डंकी रुट’ बाट अमेरिका जान लाखौं डुबाउँदै युवा

छिचोलियो लेनडाँडा सुरुङमार्ग

कर्मचारी सरुवा बाह्रैमास

एक वर्षमा ८ लाखले छोडे देश

करार सम्बन्ध सुधारको पहलबाट साउदीमा १० लाख कामदार लाभान्वित

सरकारी सेवा एकै स्थानबाट दिने तयारी

देखिएन लगानीको छनक

आजपा र भन्सार विभागका बीचमा ६ बुँदे सहमती

सर्वोच्चले मागेको विवरण मालपोत र नापीले बुझाउन सकेनन्