सदाबहार खबरको रफ्तार ....
जेठ १६, २०८१ बुधबार
May 29, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

पतनको बाटोमा प्रचण्ड ? – किशोर नेपाल

२०८१ बैसाख २३, आइतबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

सामाजिक सञ्जालमा नेपाल कम्युनिस्ट पार्टी (माओवादी)का अध्यक्ष तथा सर्वोच्च नेता प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बोल्दै थिए, ‘मलाई यो गणतन्त्र पनि मन परेको छैन, यो संघीयता पनि मन परेको छैन ।’

उनको यो भनाइ सक्कली हो कि नक्कली त्यो थाहा भएन । एआईको जमानामा को सक्कली हो र को नक्कली हो ? पत्ता लगाउन कठिन छ । एआई अर्थात् ‘आर्टिफिसियल इन्टेलिजेन्स ।’ सक्कली मानिसको अनुहार र आवाज दुरुस्त उतारेर सामाजिक सञ्जालमा ‘पोस्ट’ गर्नु कलाकारिता हो । यो कलालाई इन्कार गर्नुभन्दा यसको तारिफ गर्नु आवश्यक छ अहिलेको समयमा ।

जनयुद्धकालीन समयदेखि नै प्रचण्डको स्वभाव र उनमा रहेको भावनात्मक चञ्चलताको अध्ययन गर्दै आएको यो कलमजीवीका लागि प्रचण्डको भनाइलाई एआईको ‘ कल्पनाशील’ निर्माण मान्न अत्यन्त गाह्रो परेको छ । भावात्मक चञ्चलता प्रधानमन्त्री प्रचण्डको गुण पनि हो र दोष पनि हो । मनले प्रचण्डलाई यो गणतन्त्र पनि मन परेको छैन । यो संघीयता पनि मन परेको छैन । नेपालको कम्युनिस्ट आन्दोलनका यी धुरन्धर व्यक्तित्वका लागि अहिलेको राजनीतिक यथार्थ पीडादायक छ । ‘जनगणतन्त्र नेपाल’को पहिलो राष्ट्रपति बन्ने परिकल्पना थियो होला उनको मनमा । लेनिन, माओ र होची मिन्हजस्ता क्रान्तिकारी प्रेरणादायी नेता थिए । नियतिले उनलाई ‘संघीय गणतन्त्र नेपाल’मा खुम्च्यायो । जनगणतन्त्र नेपालको कल्पना तुहियो ।

कार्ल माक्सले आप्mनो सैद्धान्तिक आधार बनाएका थिए, ‘संसारका मजदूरहरू एक हौं ।’ प्रचण्ड त्यही पछ्याउन चाहन्थे । तर, उनको सक्रिय र वैधानिक राजनीतिक यात्रा उल्टोबाट सुरु भयो । उनी जनगणतन्त्रको डोली चढेर संघीय गणतन्त्र नेपालमा अवतरण गर्न पुगे । सुरुका दिनमा त उनले निराशा भोग्नुपरेन । संविधान सभाको पहिलो चुनावले माओवादी जनयुद्धको औचित्य साबित ग¥यो । दुर्भाग्यवश, प्रचण्डको सत्तारोहणको नौ महिना नपुग्दै त्यो औचित्यको भ्रुण हत्या भयो । भ्रुण हत्याको त्यो घटनापछि अनेकन दुर्घटना भए । केके भयो, केके भयो ? हिसाब राख्ने आँट कसैले गरेनन् ।

त्यसबेलादेखि यो बेलासम्म आइपुग्दा प्रचण्डले आफ्नो राजनीतिक अवतार अनेकपटक बदलिसकेका छन् । उनका विश्वास पात्र मित्रहरू सुन तस्करीका मुद्दामा फसेका छन् । पार्टी छिन्नभिन्न अवस्थामा रहेको छ । प्रचण्डले आफ्ना ‘ विश्वास पात्र’ सारथीलाई पछाडि धकेलिसकेका छन् । ती सारथीले प्रचण्डको विश्वास गुमाए पनि उनलाई छाडेका छैनन् । ’प्रचण्डको बानी छ, उनी आफैं प्रश्नको घेरा बनाउँछन् । त्यसपछि, प्रश्नको जवाफ आफंै दिन थाल्छन् ।

प्रधानमन्त्री प्रचण्डको पछिल्लो समयको शासकीय यात्रालाई नौटंकीका रूपमा हेर्न सकिन्छ । उनका साथी र समर्थक अनौठा र अपरिचित मात्र छैनन्, उनलाई अपमानको विष पिउन बाध्य गराएर अराजनीतिक चरित्र देखाउने स्वभावका राजनीतिज्ञ पनि छन् । उनी यस्ता ‘बेडफेलो’सँग आफ्नो यात्रा गर्दै छन् जसका लागि अभद्र शब्दको प्रयोग गर्नुपर्ने हुन्छ ।

उनको यो यात्रा कतिसम्म लम्बिने हो ? प्रश्नको जवाफ स्वयं उनीसँग पनि छैन होला । यो यात्रा कहिलेसम्म जारी रहन्छ ? अन्दाज गर्न सकिने अवस्था पनि छैन । नेपाल कम्युनिस्ट पार्टी (एमाले)का महामना अध्यक्ष केपी ओलीसँग पनि यसको जवाफ छैन । अध्यक्ष ओलीले जतिसुकै पूmर्ति लगाए पनि प्रधानमन्त्री प्रचण्डको भाग्य निर्धारणको आधिकारिकता उनको हातमा छैन । त्यही अवस्था छ नेपाली कांग्रेसका आदरणीय सभापति शेरबहादुर देउवाको । उत्तर–दक्षिणको हावाको लहर र गति नहेरी राजनीति गर्न नसक्ने रोग सबैलाई लागेको छ ।

जनयुद्धकालीन समयदेखि नै प्रचण्डको स्वभाव र उनमा रहेको भावनात्मक चञ्चलताको अध्ययन गर्दै आएको यो कलमजीवीका लागि प्रचण्डको भनाइलाई एआईको ‘कल्पनाशील’ निर्माण मान्न अत्यन्त गाह्रो परेको छ । भावात्मक चञ्चलता प्रधानमन्त्री प्रचण्डको गुण पनि हो र दोष पनि हो

उत्तर र दक्षिण लवीका नेता काठमाडौंमा नै छन् र अदृश्य छन् । उनीहरूलाई थाहा छ, उज्जैन (भारत)का बाबा महाकालेश्वरको ‘निगाह’ पाएका छन् प्रचण्डले । त्यो निगाह रहेसम्म उनको विरोधमा कसैले दाल गलाउन सक्दैन भन्ने नयाँ ‘न्यारेटिभ’ तयार हुन थालिसकेको छ । प्रचण्ड नेतृत्वको सरकार अत्यन्त ‘सक्रिय’ र ‘गतिशील’ छ । संघीय गणतन्त्र नेपालको संविधानबाट ‘धर्म निरपेक्ष’ शब्द हटाउने र ‘सनातन’ शब्द घुसाउने चर्चा सहरमा बाक्लिन थालेको छ । यति हो कि, अहिलेका लागि ती सक्रिय र गतिशील गतिविधि कतै पनि परिलक्षित भएका छैनन् । निश्चय पनि, सामाजिक सञ्जालको प्रभावमा परेका सोझा जनता अन्योलमा छन् । अन्योलमा पर्नुपर्ने त्यस्तो अवस्था उपस्थित भइकेको पनि छैन ।

प्रधानमन्त्री प्रचण्डलाई यो सम्भावनाको राम्रो ज्ञान छ, भारतको चुनाव सकिएर नयाँ सरकार नबनेसम्म उनको नेतृत्वको सरकार सुरक्षित छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको भारतीय जनता पार्टी ठूलो बहुमतका साथ सत्तामा फर्किने उर्लिंदो सम्भावनाले प्रचण्डको मन अलिकति शान्त भएको पनि होला । तर, एमालेका महामना अध्यक्ष ओलीको ‘चामत्कारिक नक्सा’ नेपालको सय रुपैयाँको नोटमा संलग्न गरेपछि त्यसको परिणाम के होला ? यसबारे पनि प्रधानमन्त्री प्रचण्डले सोचेकै होलान् । उज्जैनमा महाकालेश्वरको दर्शनको लगत्तै चीन पुगेका प्रधानमन्त्री प्रचण्डले चिनियाँ माटोमा उभिएर मानसरोवरको दर्शन गरेको तस्बिर चिनियाँ सञ्चार माध्यममा बग्रेल्ती छापिएका थिए ।

उसो त, चीनको कूटनीति पनि अपरिमेय छ । चीनले राजा महेन्द्रदेखि प्रधानमन्त्री प्रचण्डसम्म कसैसँग पनि असमान सम्बन्ध राखेको देखिँदैन । उसलाई थाहा छ, नेपालसँगका उसका विवाद सीमानामा होइन, बीआरआईमा अल्झिएका छन् । उसै पनि, अहिलेसम्म चीन र नेपालबीच विवाद छ भने ती भारतमा नै सल्टिएका छन् ।

नेपालका ‘जानकार’ कूटनीतिज्ञ यसबारे बोल्न चाहँदैनन् । राजा महेन्द्रले लिपुलेकको नेपाली भूभाग सन् १९६२ को भारत–चीन युद्धका बेला भारतको हितमा उपभोग गर्न दिएका थिए । त्यतिबेला, नेपाली कांग्रेस राजा महेन्द्रको तानाशाही शासनविरुद्ध सशस्त्र आन्दोलनमा थियो ।

अहिले भारत र चीनबीच विवाद छ पनि र छैन पनि । उनीहरू युद्धरत छिमेकीका रूपमा भन्दा पनि आर्थिक प्रतिस्पर्धीका रूपमा बढी देखिएका छन् । बदलिँदो दुनियाँमा क्षेप्यास्त्रभन्दा द्रव्यास्त्रको प्रयोग घातक हुने विषय हो भन्नेमा प्रधानमन्त्री प्रचण्डको असहमति रहनेछैन होला । तर, अहिलेको समय घातक मात्रै होइन, मारक पनि छ । यो तथ्यलाई प्रधानमन्त्री प्रचण्डले बुझेका छैनन् भनेर पत्याउने मनस्थिति कसैको पनि छैन । प्रधानमन्त्री प्रचण्डको मनमा कांग्रेसभन्दा अहिलेका गठबन्धनका सहभागीहरू घातक छन् भन्ने पक्कै परेको छ । प्रधानमन्त्री प्रचण्डले ज्यानले धान्नै नसक्नेगरी अहिलेका आफ्ना सहयोगीको अपजसको भारी बोकिरहनुपरेको छ । इतिहासमा उनको नाम नेपाललाई गणतन्त्र बनाउने महानायकका रूपमा अंकित भइसकेको छ । तर, प्रधानमन्त्रीका रूपमा उनको तेजोवध भएको छ । यो सत्यलाई कसैले लुकाउन सक्दैन ।

पहिलो जनआन्दोलनपछि देशको राजनीति दलालको चंगुलमा फसेको छ । यो राजनीतिको शुद्धीकरण यथास्थितिमा सम्भव छैन । प्रधानमन्त्री प्रचण्डमा साँच्चै हिरो बन्ने आकांक्षा छ भने उनले हिम्मत र आँट गरेर कसरी मध्यावधि चुनाव गराउन सकिन्छ ? त्यतातिर लाग्नुपर्छ । त्यसका लागि गोलमेच सम्मेलन गरेर, राजनीतिक दललाई मनाएर, जनतालाई पछ्याएर वातावरण तयार गर्न सकिन्छ । एक दर्जन दलाललाई अघिपछि लगाएर, ‘मेरो को छ र ?’ को बिलौना गाएर देशको भलो हुँदैन ।

प्रधानमन्त्री प्रचण्डले यति कुरा त पक्कै बुझेका छन् । इतिहास निर्माता महानायकको पतन कसरी हुने गरेको छ ? प्रधानमन्त्री प्रचण्डलाई इतिहासको राम्रो ज्ञान छ । डच उपनिवेशबाट मुक्ति दिलाउने इन्डोनेसियाका राष्ट्रपिता सुकार्नोको पतन कति त्रासदीपूर्ण थियो, प्रचण्डजीलाई सम्झाउनु पर्ला र ? राजधानीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

गणतन्त्र जनताले सुखद अनुभूति गर्नपाउने अवस्था बन्नुपर्छ : अर्जुननरसिंह केसी

विषाक्त सत्ता, विघटनोन्मुख समाज : अच्युत वाग्ले

द्वन्द्वउन्मुख देश : नन्दकृष्ण जोशी

गिरीबन्धु पूर्णपाठको विवेचना : बलराम केसी

नेपालः संगठित भ्रष्टाचारको ‘स्वर्णभूमि’ : सुदर्शन आचार्य

राजनीतिक अस्थिरता र यसको प्रभाव : श्यामप्रसाद मैनाली

देशको आर्थिक नीतिमै त्रुटि : डा. सिके राउत

कर्मकाण्डी नीति–कार्यक्रमको निरन्तरता : प्रा.डा. गोविन्दराज पोखरेल

खुला-बन्द उत्तरी नाका – बुद्धिनारायण श्रेष्ठ

बदलिरहेको विश्व, छुटिरहेको नेपाल : विष्णु सापकोटा

संक्रमणकालीन न्यायको ‘शक्ति’ : चरण प्रसाईं

संघीयताको कसीमा बजेट तर्जुमा : खिमलाल देवकोटा