सदाबहार खबरको रफ्तार ....
जेठ ५, २०८१ शनिबार
May 18, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

युद्ध नरोकिने युद्धविरामको लागि सहमत छैनौंः हमास

२०८१ बैसाख २३, आइतबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः हमासले गाजा युद्धको पूर्ण अन्त्य समावेश नगर्ने युद्धविराम सम्झौतामा सहमत नहुने बताएका छन् । हमासका वरिष्ठ अधिकारीले युद्ध अन्त्य नहुने युद्धविराम सम्झौता नगर्ने बताएका छन् ।

उनले भनेका छन्- ‘हमास कुनै पनि परिस्थितिमा गाजामा युद्धको अन्त्यलाई स्पष्ट रूपमा समावेश नगर्ने सम्झौतामा सहमत हुने छैन । युद्धको पूर्ण अन्त्य बिना कुनै सम्झौता हुँदैन, गाजाको कब्जा हटाइनेछ ।’ इजरायलले युद्धविराम प्रस्तावमा निर्णय गर्न एक साताको समय दिएको बेला हमासको यस्तो प्रतिक्रिया आएको हो ।

हमासले युद्ध अन्त्यको लागि आफ्नो मागलाई अस्वीकार गर्नु यस सम्झौताको बाटोमा बाधा बनिरहेको छ । अहिले हमासको प्रतिनिधिमण्डल युद्धविरामबारे छलफल गर्न इजिप्टको राजधानी कायरोमा रहेको छ । अर्कोतर्फ इजरायलले बन्धकहरूलाई रिहा गर्न हमासबाट सकारात्मक प्रयास देखेपछि मात्र आफ्नो प्रतिनिधिमण्डल कायरो पठाउने बताएको छ ।

बेलायतले जारी गरेको विवरण अनुसार अमेरिका, इजिप्ट र कतार ४० दिने युद्धविरामको आव्हान गर्ने प्रस्तावमा हमासको प्रतिक्रियाको पर्खाइमा छन् । यसमा इजरायली जेलमा रहेका प्यालेस्टिनी कैदीहरूको बदलामा बन्धकहरूको आदानप्रदान पनि समावेश छ ।

हमासका अधिकारीले उक्त प्रस्तावमा गाजामा पूर्ण युद्धविरामका लागि आव्हान गर्ने स्पष्ट प्रावधान समावेश गर्नुपर्ने बताए । यद्यपि इजरायल यसका लागि तयार छैन । सम्झौताको मुख्य बाधा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको दक्षिणी गाजा सहर रफाहमा स्थल सेना पठाउनको लागि आग्रह हो ।

यो क्षेत्र अहिले गाजाबाट विस्थापित नागरिकहरूले भरिएको छ । यो क्षेत्रम इजरायली सेना पुगेका ठुलो रक्तपात हुने चेतावनी दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

गाजाबाट १७ अमेरिकी डाक्टरको उद्धार

अफगानिस्तानमा गोली हानाहान प्रकरणः तीन स्पेनिस नागरिकको मृत्यु भएको पुष्टि

पाकिस्तानले ‘चाइल्ड स्टन्टिङ’ विरुद्धको अभियान सुरु गर्ने

संसदमा भीषण झडप, सांसदहरुबीच हानाहान ! कर्मचारीमाथि फौजदारी मुद्दा चलाइने

गाजाको जबलियामा ७० भन्दा बढी ठाउमा इजरायलको बमबारी

अमेरिकाले समुद्री मार्गबाट ​​सहायताको पहिलो खेप गाजा पुर्यायो

फ्रान्सको कब्जामा रहेको न्यू क्यालेडोनिया टापूमा हिंसात्मक प्रदर्शन

सी र पुटिनद्वारा अराजक संसारमा सम्बन्धलाई ‘स्थिरता दिने’ शक्तिका रूपमा प्रशंसा

मोदीविरुद्ध उम्मेदवारी दिएका हास्यकलाकार श्याम रंगीलाको मनोनयन खारेज

चीन भ्रमणमा पुटिन

इजरायली प्रधानमन्त्री नेतान्याहुसँग रक्षामन्त्री असन्तुष्ट

बाइडेन र ट्रम्प टेलिभिजनमा बहस गर्न सहमत