सदाबहार खबरको रफ्तार ....
जेठ ५, २०८१ शनिबार
May 18, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

नागरिकको स्वास्थ्यप्रति सरकार संवेदनशील: प्रधानमन्त्री

२०८१ बैसाख २३, आइतबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील रहेको बताएका छन् ।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको २२ औँ स्थापना दिवसका अवसरमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री दाहालले नागरिकको मौलिक हक कार्यान्वयनमा विशेष ध्यान दिएको स्पष्ट पारे ।

प्रधानमन्त्रीले सरकारले स्वास्थ्य सेवामा सामाजिक सुरक्षा कार्यक्रमलाई उच्च प्राथमिकतामा राखेको उल्लेख गर्दै निकै ठूलो मेहनेत र सङ्घर्षबाट प्राप्त भएको नागरिककाे मौलिक हक कार्यान्वयन गर्नु राज्यको दायित्व भएको बताए ।

गरिब, विपन्न र असहाय नागरिकलाई स्वास्थ्य सेवा प्रवाहका लागि सरकारी अस्पतालका दुईहजार ८ सय शय्या निःशुल्क उपलब्ध गराइएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले पाठेघरको क्यान्सर र स्तन क्यान्सर विरूद्धको खोप निःशुल्क रूपमा उपलब्ध हुने व्यवस्था मिलाइएको जानकारी दिए ।

संविधानको व्यवस्थाअनुरूप चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान लगायतका स्वास्थ्य संस्थाहरूले महत्त्वपूर्ण योगदान गर्ने विश्वास व्यक्त गर्दै आम नेपाली नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा पुर्‍याउन राज्यको प्रमुख दायित्व पूरा गर्न प्रतिष्ठानले भूमिका खेल्नुपर्ने प्रधानमन्त्रीको भनाइ थियो ।

आफूले सरकारको नेतृत्व लिएलगत्तै वीर अस्पतालको सेवा प्रवाहलाई प्रभावकारी बनाउन पहल लिएको अवगत गराउँदै प्रधानमन्त्री दाहालले सबै बेड तथा अपरेशन थिएटरहरू सञ्चालनमा ल्याउने, वीर अस्पतालको सेवालाई दुई सिफ्टमा सञ्चालन गर्नेलगायतका कार्यलाई प्राथमिकता दिएको उल्लेख गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

स्वास्थ्य संस्थाको गुणस्तर सुधारमा सरकार प्रतिबद्धः स्वास्थ्यमन्त्री यादव

बागलुङमा गर्भपतन गराउने बढे, प्रजनन स्वास्थ्यमा जटिल समस्या

सात हजार सात सय १३ बालबालिकालाई पोलियोविरुद्धको खोप लगाइँदै

जिल्ला अस्पताल मुगुमा सिटामोल पनि छैन, जनता मारमा

कलेजो क्यान्सर बढ्दै, के के हुन्छन् लक्ष्यण ?

डायलासिस सेन्टर स्थापना गर्न एक करोड सहयोग

प्रधानमन्त्री र कांग्रेस नेताहरुको भेटवार्ता स्थगित

स्वास्थ्य शिविरबाट तीन सयभन्दा बढी लाभान्वित

सिप मेलाको दोस्रो चरण जेठ ६ गतेदेखि

अनशनरत डा केसीको स्वास्थ्य अवस्था बिग्रिएपछि शिक्षण अस्पताल भर्ना

मधेस प्रदेशका ९० प्रतिशत नागरिक बीमाको पहुँच बाहिर

शिक्षण अस्पताल महाराजगन्जले माग्यो विभिन्न पदमा आवेदन