सदाबहार खबरको रफ्तार ....
जेठ ५, २०८१ शनिबार
May 18, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

नारायणस्थान स्वास्थ्य चौकीबाट डिजिटल खोप कार्डको शुभारम्भ

२०८१ बैसाख २३, आइतबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः बाग्लुङ नगरपालिका १४ नम्बर वडा नारायणस्थान स्वास्थ्य चौकीले अनलाइन डिजिटल खोप काई प्रयोगमा ल्याएको छ।

वडामा रहेका सबै १५ महिनादेखि ५९ महिनाका १८० जना बालबालिकाहरूले पूर्ण खोप पाएको सुनिश्चित भएकाले वडालाई पूर्ण खोप सुनिश्चित भएको वडा घोषणा गर्ने कार्यक्रमको सन्दर्भमा पारेर डिजिटल खोप कार्डको शुभारम्भ गरिएको हो।

सरकारले जारी गरेको खोप कार्डकै डिजाइनमा संस्थाले तयार गरेको परिवार स्वास्थ्य प्रोफाइलको सफ्ट्वेरबाट अटो जनरेट हुने गरि उक्त खोप कार्ड प्रयोगमा ल्याइएको संस्थाका प्रमुख ऋषिराम शर्माले जानकारी दिए। वैदेशिक रोजगारीमा जाने प्रचलनमा पुराना खोप कार्ड खोज्दै आउने समस्या बढेपछि विकल्पका रूपमा हराउने, च्यातिने लगाएतका समस्यालाई सम्बोधन गर्नका लागी अनलाइनमा राख्ने व्यवस्था गरिएको शर्माले बताए।

बाग्लुङ नगरपालिकाका नगरप्रमुख बसन्त कुमार श्रेष्ठले वडा स्तरीय प्रोफाइल अन्तर्गत स्वास्थ्य प्रोफाइलबाट अनलाइन डिजिटल खोप कार्ड प्रिन्ट गरेर कार्यक्रमको उद्घाटन गरे। उनले वडा र स्वास्थ्य चौकीले तयार पारेको अनलाइन वडा प्रोफाइल सफ्टवेयर स्थानीय तहको तथ्याङ्क व्यवस्थापन गर्न उत्कृष्ट भएको र हालसम्म नेपाल सरकारले पनि स्थानीय तहका तथ्याङ्क व्यवस्थापन गर्ने सफ्टवेयर प्रणाली प्रयोगमा नल्याएको र जनगणनाको तथ्याङ्कमा भर पर्नुको विकल्प नरहेकाले यो प्रणालीलाई पालिकाले बिस्तारै अन्य वार्डमा पनि अगाडि बढाउने बताए।

स्वास्थ्य कार्यालय बाग्लुङका प्रमुख बाबुराम आचार्यले यो प्रणालीलाई सरकारले थप विकास गर्दै सबै ठाँउमा लागु गरे टार्गेट कुरेर बस्न नपर्ने र बास्तविक तथ्यमा टेकेर समुदाय स्तरका काम गर्न सकिने धारण राखे।

स्वास्थ्य निर्देशनालयका तथ्याङ्क अधिकृत दिवाकर शर्माले गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले तयार गरेको परिवार स्वास्थ्य प्रोफाइल भन्दा एक कदम अगाडि बढेर संस्थाले धेरै स्वास्थ्य समस्यालाई हल गर्ने गरि विकास गरेकोमा वडा र स्वास्थ्य चौकीलाई बधाई दिए।

स्वास्थ्य शाखा प्रमुख रामप्रसाद खनालले पालिका स्तरमा लागु गर्न पहल गरिने धारणा राखे। स्वास्थ्य कार्यालय बाग्लुङका खोप सुपरभाइजर राजु खत्रीले यस प्रणालीबाट सबै प्रकारका स्वास्थ्यका विवरणहरू र लाइन लिस्टिङ गर्न सकिने भएकाले टार्गेट सेटअपमा समस्या नहुने बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

स्वास्थ्य संस्थाको गुणस्तर सुधारमा सरकार प्रतिबद्धः स्वास्थ्यमन्त्री यादव

बागलुङमा गर्भपतन गराउने बढे, प्रजनन स्वास्थ्यमा जटिल समस्या

सात हजार सात सय १३ बालबालिकालाई पोलियोविरुद्धको खोप लगाइँदै

जिल्ला अस्पताल मुगुमा सिटामोल पनि छैन, जनता मारमा

कलेजो क्यान्सर बढ्दै, के के हुन्छन् लक्ष्यण ?

डायलासिस सेन्टर स्थापना गर्न एक करोड सहयोग

प्रधानमन्त्री र कांग्रेस नेताहरुको भेटवार्ता स्थगित

स्वास्थ्य शिविरबाट तीन सयभन्दा बढी लाभान्वित

सिप मेलाको दोस्रो चरण जेठ ६ गतेदेखि

अनशनरत डा केसीको स्वास्थ्य अवस्था बिग्रिएपछि शिक्षण अस्पताल भर्ना

मधेस प्रदेशका ९० प्रतिशत नागरिक बीमाको पहुँच बाहिर

शिक्षण अस्पताल महाराजगन्जले माग्यो विभिन्न पदमा आवेदन