सदाबहार खबरको रफ्तार ....
जेठ ५, २०८१ शनिबार
May 18, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

अमेरिकाको टेक्सासमा बाढी प्रभावित क्षेत्रबाट छ सयभन्दा बढीको उद्धार

२०८१ बैसाख २३, आइतबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः अमेरिकाको चौथो ठूलो शहर टेक्सासको ह्युस्टन वरपरको बाढीग्रस्त क्षेत्रबाट छ सयभन्दा बढी व्यक्तिको उद्धार गरिएको छ । बाढीको कारण जोखिम बढ्ने र थप वर्षाको पूर्वानुमान गरिएको छ ।

राष्ट्रिय मौसम सेवाले सामाजिक सञ्जालमा अर्को चरणको भारी वर्षाको सम्भावना शनिबार ढिलो (आइतबार)सम्म हुने पोष्ट गरेको छ ।

ह्युस्टनबाट ३० माइल (५० किलोमिटर) उत्तरपूर्वमा रहेको स्प्लेन्डोरा शहर नजिकै गत पाँच दिनमा २१ इञ्च (५३ सेन्टिमिटर) भन्दा बढी पानी परेको मौसम सेवाले जनाएको छ ।

ह्यारिस काउन्टीका न्यायाधीश लिना हिडाल्गोले एक पत्रकार सम्मेलनमा काउन्टीका विभिन्न क्षेत्रबाट झन्डै एक सय ८० जना मानिस र एक सय २२ जना घरपालुवा जनावरको उद्धार गरिएको बताउनुभयो ।

स्थानीय मिडियाले पोल्क काउन्टीमा एक सय जनाभन्दा बढी र मोन्टगोमेरी काउन्टीमा चार सयभन्दा बढीको उद्धार गरेको बताएका छन् ।

हिडाल्गोले बिहीबार सान ज्याकिन्टो नदीको पूर्वी फोर्कमा रहेको ह्युस्टन क्षेत्रका बस्तीलाई अनिवार्य खाली गर्न आदेश दिनु भएको छ र त्यहाँका बासिन्दालाई सकेसम्म चाँडो आफ्नो घर छोड्न आग्रह गरिएको थियो ।

ह्युस्टन शहरका अधिकारीले शनिबार यस क्षेत्रमा करिब एक हप्तामा करिब चार महिना बराबरको वर्षा भएको जनाएका छन् । तथापि, यहाँ हालसम्म कसैको मृत्यु वा घाइतेको खबर आएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

गाजाबाट १७ अमेरिकी डाक्टरको उद्धार

अफगानिस्तानमा गोली हानाहान प्रकरणः तीन स्पेनिस नागरिकको मृत्यु भएको पुष्टि

पाकिस्तानले ‘चाइल्ड स्टन्टिङ’ विरुद्धको अभियान सुरु गर्ने

संसदमा भीषण झडप, सांसदहरुबीच हानाहान ! कर्मचारीमाथि फौजदारी मुद्दा चलाइने

गाजाको जबलियामा ७० भन्दा बढी ठाउमा इजरायलको बमबारी

अमेरिकाले समुद्री मार्गबाट ​​सहायताको पहिलो खेप गाजा पुर्यायो

फ्रान्सको कब्जामा रहेको न्यू क्यालेडोनिया टापूमा हिंसात्मक प्रदर्शन

सी र पुटिनद्वारा अराजक संसारमा सम्बन्धलाई ‘स्थिरता दिने’ शक्तिका रूपमा प्रशंसा

मोदीविरुद्ध उम्मेदवारी दिएका हास्यकलाकार श्याम रंगीलाको मनोनयन खारेज

चीन भ्रमणमा पुटिन

इजरायली प्रधानमन्त्री नेतान्याहुसँग रक्षामन्त्री असन्तुष्ट

बाइडेन र ट्रम्प टेलिभिजनमा बहस गर्न सहमत