सदाबहार खबरको रफ्तार ....
जेठ ५, २०८१ शनिबार
May 18, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

अवैध लागूऔषधसहित देशका विभिन्न स्थानबाट सात जना पक्राउ

२०८१ बैसाख २३, आइतबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँः पर्साको वीरगंज महानगरपालिका-२१ हनुमान चोकबाट अवैध लागुऔषध गाँजा करिब  १० किलोसहित २ जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा मकवानपुर राकसीरांङ गाउँपालिका-२ ठुमको टोल बस्ने ४२ वर्षीया ईन्द्र कुमारी चेपाङग र ३६ वर्षीया फुलमाया स्याङबो रहेका छन् । प्रहरी चौकी परवानीपुरबाट खटिएको प्रहरीले चितवनबाट वीरगंज तर्फ जाँदै गरेको बा.४ ख ५९३७ नम्बरको बस जाँच गर्दा बसमा सवार उनीहरूलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।

त्यस्तै सुनसरीको इटहरी महानगरपालिका-५ शान्तीमार्ग टोलबाट अवैध लागुऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ४ सय ९० मिलिग्राम सहित सोही ठाउँ  बस्ने ३२ वर्षीय बिटु भन्ने दिबश भुजेललाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी चौकी जनताबस्तीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्ने क्रममा उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको हो ।

त्यसैगरी मोरङको बिराटनगर महानगरपालिका-१६ हुलास चोकबाट अवैध लागुऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ २ ग्राम ४५ मिलिग्रामसहित सुनसरी इटहरी उपमहानगरपालिका-१९ बस्ने २५ वर्षीय किरण राईलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागुऔषध ब्यूरो बिराटनगर र इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

त्यस्तै कैलालीको धनगढी उपमहानगरपालिका- ७ देबरियाबाट अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ सय २० मिलिग्राम सहित ३ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २८ वर्षीय सेवालाल राना, ३० वर्षीय राम गोपाल राना र २४ वर्षीय अभिषेक राना रहेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटीएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

६१ वर्षीय वृद्धबाट १२ वर्षीया बालिका बलात्कृत

धनमाल चोरीमा संलग्न गिरोह पक्राउ

धरौटीमा रिहा भए रवि ओड

नक्कली लाइसेन्स प्रकरण, थप दुई जना पक्राउ

शिक्षक चन्दको हत्यामा संलग्न भएको आरोपमा भण्डारी पक्राउ

कुवेत पुर्‍याई मानव बेचबिखन तथा ओसार पसारमा संलग्न दुई जना पक्राउ

अवैध लागूऔषधसहित विभिन्न स्थानबाट चार जना पक्राउ

नक्कली डाक्टर पक्राउ

६९० किलोग्राम गाँजासहित सुनसरी र मोरङबाट चार जना पक्राउ

धनुषामा तीन दिनमा रु डेढ करोडभन्दा बढीको सामान बरामद

झापाको दमकबाट लागुऔषध ब्राउनसुगर सहित चार जना पक्राउ

लागूऔषध मुद्दामा ७७ जना पक्राउ