सदाबहार खबरको रफ्तार ....
जेठ ५, २०८१ शनिबार
May 18, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

प्राविधिक र व्यावसायिक शिक्षामा मुख्यमन्त्रीको जोड

२०८१ बैसाख २३, आइतबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेशमा स्थापना हुने विश्वविद्यालयले प्राविधिक र व्यावसायिक शिक्षामा जोड दिने बताउनुभएको छ ।

उहाँले शैक्षिक बेरोजगार उत्पादन न्यूनीकरण गरी प्राविधिक र व्यावहारिक शिक्षामा जोड दिन सरकार तयारी अवस्थामा रहेको बताउनुभयो । आज बागमती विश्वविद्यालयको कार्यालय उद्घाटन गर्नुहुँदै मुख्यमन्त्री जम्कट्टेलले स्वास्थ्य सेवा, कृषि, पर्यटन र खेलकुद क्षेत्रमा प्राविधिक जनशक्ति उत्पादन गर्ने लक्ष्य रहेको उहाँले बताउनुभयो । अब सरकार शिक्षामा नयाँ नीति र मोडल निर्माण गरेर अघि बढ्ने उहाँले बताउनुभयो ।

संविधानमा उच्च शिक्षा प्रदेशको एकल अधिकार सूचीमा रहेको छ । “सोहीअनुसार प्रदेशले उच्च शिक्षा ऐन जारी गरी कार्यान्वयन गर्नअघि बढेको हो”, उहाँले बताउनुभयो । “उच्च शिक्षा ऐनले व्यवस्था गरेअनुसार प्रदेश उच्च शिक्षा परिषद् गठन गरिएको र सो परिषद्मार्फत प्रदेशको सार्वजनिक विश्वविद्यालय स्थापनाको काम भइरहेको छ ।

बोर्ड अफ ट्रष्टीको व्यवस्था अन्य कुनै पनि विश्वविद्यालयमा नरहेको भन्नुुहुँदै मुख्यमन्त्री जम्कट्टेलले विश्वविद्यालयलाई स्वायत्त मोडलमा अघि बढाएको बताउनुभयो । “प्रवेश परीक्षा प्रणाली घातक छ । निश्चित सङ्ख्या र प्रवेश परीक्षाको नाममा नेपालमा पढ्न नदिने बाहिर पठाउने काम भइरहेको छ । यस प्रणालीको विरुद्धमा प्रदेश सरकारले कानुन बनाएर अघि बढ्छ”– उहाँले भन्नुभयो ।

प्रदेश सरकारले विश्वविद्यालयको आवश्यकता र औचित्य पुष्टि गर्ने गरी काम गर्नुपर्ने बताउँदै विशिष्टिकृत पाठ्यक्रम निर्माण तथा अध्यापन र विद्यार्थी पलायन रोक्न सक्ने गरी प्रदेश विश्वविद्यालयले काम गर्नुपर्नेमा उहाँको जोड थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

सरकारलाई प्राथमिकताका आधारमा बजेट विनियोजन गर्न कांग्रेस नेता रिजालको सुझाव

प्रधानमन्त्री निवास बालुवाटार प्रमुख दलका शिर्ष नेताहरु छलफलमा

विश्वासको मत प्राप्त हुनेमा कुनै दुविधा छैन- प्रधानमन्त्री

देउवासँग छलफलमा बस्नुअघि ओली र रविसँग छलफल गर्दै प्रधानमन्त्री

गृहद्वारा अध्यागमनलाई व्यवस्थित र जिम्मेवार बनाउन अधिकार प्रत्यायोजन

संसदीय छानबिन समिति गठन गरेर निकास दिन प्रधानमन्त्री सहमत, कांग्रेससँग फेरि बस्ने

डिजिटल रुपान्तरणका माध्यमबाट समृद्धि हासिल गर्न सकिन्छ : मन्त्री शर्मा

सुदूरपश्चिमका प्रदेश सरकारविरुद्धको रिट खारेज

रवि लामिछाने भन्छन्- एक पटक बोल्न पाउनु पर्यो, त्यत्ति हो मागेको

फिनल्याण्ड सरकारबाट प्राप्त हुने १३ मिलियन युरो अनुदान स्वीकार गर्ने सरकारको निर्णय

जलवायु परिवर्तनको सङ्कट समाधानमा सञ्चारमाध्यमको भूमिका महत्वपूर्णः सञ्चारमन्त्री शर्मा

कर्णाली प्रदेशसभाको चौथो अधिवेशन आह्वान