सदाबहार खबरको रफ्तार ....
जेठ ५, २०८१ शनिबार
May 18, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

दमौली अस्पतालमा शल्यक्रियाबाट प्रसूति सेवा सुरु

२०८१ बैसाख २३, आइतबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौ: प्रसूति गराउनसमेत अन्यत्र जानुपर्ने भएपछि दमौली अस्पतालले शल्यक्रियासहित प्रसूति सेवा सुरु गरेको छ । यसअघि अस्पतालमा सामान्य शल्यक्रियासमेत नहुँदा गर्भवतीलाई पोखरा, चितवन र काठमाडौँ पु¥याउनुपर्ने बाध्यता थियो ।

अस्पतालले एनेस्थेसिया सहायकको पदपूर्ति र गण्डकी प्रदेश सरकारले स्त्री रोग विशेषज्ञको व्यवस्था गरेपछि प्रसूति शल्यक्रिया सेवा सञ्चालन गरिएको दमौली अस्पतालका प्रमुख डा परिवर्तन बरालले जानकारी दिनुभयो । विशेषज्ञ सेवाको अभावमा अस्पतालमा यसअघि सामान्य प्रसूति सेवा मात्र हुँदै आएको डा बरालले बताउनुभयो ।

“यसअघि सम्भावित जोखिमलाई हेरेर प्रसूति गराउने गर्भवतीलाई पोखरा पठाउनुपर्ने अवस्था थियो”, डा बरालले भन्नुभयो, “अब प्रसूति गराउने गर्भवतीलाई अन्यत्र पठाउनुपर्दैन, अस्पतालबाटै प्रसूतिको शल्यक्रियासमेत गर्न सकिन्छ ।” प्रसूति सेवा सञ्चालन गर्न विशेषज्ञ सेवा प्रवाह गर्न व्यास नगरपालिकाको कार्यालयले भत्ताको व्यवस्थासमेत गरेको डा बरालले जानकारी दिनुभयो ।

गर्भवतीलाई औषधि दिएर सामान्य डेलिभरी गराउँदै आएकामा जटिल अप्रेसन गरी पाँच महिलाले शल्यक्रिया गरी शिशुलाई जन्म दिनुभएको अस्पतालका सूचना अधिकारी तथा अस्पताल नर्सिङ निरीक्षक मोनिका परियारले जानकारी दिनुभयो ।

“शिशु जन्माउन पनि अन्यत्र जानुपर्ने अवस्था रोकिएको छ”, नर्सिङ निरीक्षक परियारले भन्नुभयो, “गर्भवतीका लागि दैनिक भिडियो एक्सरे, एक्सरे लगायतका सेवासमेत सञ्चालन गरिएको छ ।” अस्पतालमा अहिले दैनिक करिब ४० गर्भवती महिला स्वास्थ्य परीक्षणका लागि आउने गरेको अस्पतालले जनाएको छ । अस्पतालमा माइनर अप्रेसन, हाडजोर्नी तथा नशा रोग, मानसिक रोग, महिनामा एकपटक मिर्गौला रोग विशेषज्ञबाट मिर्गाैला बिरामीको स्वास्थ्य परीक्षण, दाँत, आँखा उपचार तथा फार्मेसीलगायत सेवा प्रदान गर्दै आएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

स्वास्थ्य संस्थाको गुणस्तर सुधारमा सरकार प्रतिबद्धः स्वास्थ्यमन्त्री यादव

बागलुङमा गर्भपतन गराउने बढे, प्रजनन स्वास्थ्यमा जटिल समस्या

सात हजार सात सय १३ बालबालिकालाई पोलियोविरुद्धको खोप लगाइँदै

जिल्ला अस्पताल मुगुमा सिटामोल पनि छैन, जनता मारमा

कलेजो क्यान्सर बढ्दै, के के हुन्छन् लक्ष्यण ?

डायलासिस सेन्टर स्थापना गर्न एक करोड सहयोग

प्रधानमन्त्री र कांग्रेस नेताहरुको भेटवार्ता स्थगित

स्वास्थ्य शिविरबाट तीन सयभन्दा बढी लाभान्वित

सिप मेलाको दोस्रो चरण जेठ ६ गतेदेखि

अनशनरत डा केसीको स्वास्थ्य अवस्था बिग्रिएपछि शिक्षण अस्पताल भर्ना

मधेस प्रदेशका ९० प्रतिशत नागरिक बीमाको पहुँच बाहिर

शिक्षण अस्पताल महाराजगन्जले माग्यो विभिन्न पदमा आवेदन