सदाबहार खबरको रफ्तार ....
जेठ ५, २०८१ शनिबार
May 18, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

रवि लामिछानेको किचन क्याबिनेटमा भित्रिए सुशासन विज्ञ डा. भरतमणि, सचिवालय प्रमुखको जिम्मेवारी

२०८१ बैसाख २३, आइतबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने आफ्नो सचिवालय प्रमुखको जिम्मेवारी सुशासन विज्ञ डा. भरतमणि देवकोटालाई दिएका छन् । सरकारी सेवा सुविधा पाउने गरी जिम्मा दिइएको हो । ७ जना सचिवालयमा कार्यरत रहेकामा अब ८ जना भएका छन् ।

डा. देवकोटालाई सहसचिव सरहको सेवा सुविधा पाउने गरी ४ दिनअघि नियुक्ति दिइएको हो । यसअघि उनी राष्ट्रिय स्वतन्त्र पार्टीको अनुशासन आयोगका प्रमुख थिए । डा. देवकोटासँग अन्तर्राष्ट्रिय संस्था सेभ द चिल्ड्रेनमा दुई दशकभन्दा बढी काम गरेको अनुभव छ । उनले थुप्रै देशमा सेभ द चिल्ड्रेनको कन्ट्री डाइरेक्टरको जिम्मेवारी निभाएका थिए ।

डा. देवकोटाले अमेरिकाबाट विद्यावारिधि गरेका हुन् । रविको सचिवालयमा तानिएपछि सचिवालयमा कार्यवाहक प्रमुखको जिम्मेवारी यज्ञमणि न्यौपानेलाई दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

सरकारलाई प्राथमिकताका आधारमा बजेट विनियोजन गर्न कांग्रेस नेता रिजालको सुझाव

प्रधानमन्त्री निवास बालुवाटार प्रमुख दलका शिर्ष नेताहरु छलफलमा

विश्वासको मत प्राप्त हुनेमा कुनै दुविधा छैन- प्रधानमन्त्री

देउवासँग छलफलमा बस्नुअघि ओली र रविसँग छलफल गर्दै प्रधानमन्त्री

गृहद्वारा अध्यागमनलाई व्यवस्थित र जिम्मेवार बनाउन अधिकार प्रत्यायोजन

संसदीय छानबिन समिति गठन गरेर निकास दिन प्रधानमन्त्री सहमत, कांग्रेससँग फेरि बस्ने

डिजिटल रुपान्तरणका माध्यमबाट समृद्धि हासिल गर्न सकिन्छ : मन्त्री शर्मा

सुदूरपश्चिमका प्रदेश सरकारविरुद्धको रिट खारेज

रवि लामिछाने भन्छन्- एक पटक बोल्न पाउनु पर्यो, त्यत्ति हो मागेको

फिनल्याण्ड सरकारबाट प्राप्त हुने १३ मिलियन युरो अनुदान स्वीकार गर्ने सरकारको निर्णय

जलवायु परिवर्तनको सङ्कट समाधानमा सञ्चारमाध्यमको भूमिका महत्वपूर्णः सञ्चारमन्त्री शर्मा

कर्णाली प्रदेशसभाको चौथो अधिवेशन आह्वान