सदाबहार खबरको रफ्तार ....
जेठ ६, २०८१ आइतबार
May 19, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

श्रमिकको न्यूनतम पारिश्रमिक अझै कार्यान्वयन भएन

२०८१ बैसाख २४, सोमबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः सरकारले उद्योग/प्रतिष्ठानमा काम गर्ने श्रमिकका लागि लागु गरेको न्यूनतम पारिश्रमिक सबै उद्योग/प्रतिष्ठानमा कार्यान्वयन नपाएको तथ्य सार्वजनिक भएको छ ।

नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) ले गरेको श्रम कानुन कार्यान्वयनको विद्यमान अवस्थाबारेको श्रम अडिट प्रतिवेदन २०८० मा सरकारले गत साउन १ गतेदेखि लागु गरेको १७ हजार तीन सय न्यूनतम पारिश्रमिक २१.७ प्रतिशत उद्योग/प्रतिष्ठानमा कार्यान्वयन भएको छैन ।

सो प्रतिवेदनका अनुसार यस पटक उत्पादनमूलक उद्योग/प्रतिष्ठान जुट गार्मेन्ट टेक्सटायल, होटल, ट्रेकिङ, सहकारी, सरकारी स्वामित्वका प्रतिष्ठान, अस्पताल र श्रमिक आपूर्ति कम्पनी गरी १५७ प्रतिष्ठानमा श्रम ऐन कार्यान्वयन नभएको पाइएको हो । जसमध्ये श्रमिक आपूर्तिकर्ता (आउटर्सोस) कम्पनीमार्फत काम गर्ने श्रमिकलाई न्यूनतम पारिश्रमिक र ओभरटाइम जस्ता आधारभूत सुविधा नदिने कम्पनी ७२.६ प्रतिशत रहेका छन् ।

प्रतिवेदनमा २०७९ सालको तुलनामा २०८० मा उद्योग/प्रतिष्ठानमा सरकारले लागु गरेको न्यूनतम पारिश्रमिक नपाउने श्रमिकको सङ्ख्या बढेको उल्लेख छ । २०७९ मा उद्योग/प्रतिष्ठानमा न्यूनतम पारिश्रमिक नपाउने श्रमिकको सङ्ख्या १५.३० प्रतिशत रहेकोमा हाल बढेर २१.७ प्रतिशत पुगेको उल्लेख छ ।

जिफन्टका अध्यक्ष विनोद श्रेष्ठले पछिल्लो पटक उत्पादनमूलक र सेवामूलक उद्योग प्रतिष्ठानमा काम गर्ने ठुलो सङ्ख्यामा श्रमिक सरकारले गत साउन १ गतेदेखि लागु हुने गरी तोकेको न्यूनतम पारिश्रमिक कार्यान्वयन हुन नसक्नु दुःखद् भएको बताउनुभयो । माथिको तथ्याङ्कले पनि उत्पादनमूलक उद्योग/ प्रतिष्ठानमा श्रम शोषण विकराल अवस्थातर्फ रहेको स्पष्ट हुने अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

श्रम ऐनविपरित श्रम शोषण गर्ने उद्योग/प्रतिष्ठानको अनुगमन तथा नियमन गरेर कारबाही गर्ने जिम्मेवार निकाय श्रम तथा व्यवसायजन्य सुरक्षा विभाग हो ।

विभागका निर्देशक मोनीनाथ गोपेले गत साउन १ गतेदेखि लागु हुने गरी सरकारले तोकेको न्यूनतम पारिश्रमिक नदिने कार्य श्रम ऐन २०७४ विपरीत भएको बताउनुभयो । उहाँले पछिल्लो पटक केही साना तथा मझौला खालका उद्योग/प्रतिष्ठानमा सरकारले तोकेको न्यूनतम पारिश्रमिक कार्यान्वयन नभएको भनिए पनि उजुरी अहिलेसम्म नआएको कारबाही नभएको जानकारी दिनुभयो । असाध्यै सीमित स्रोतसाधन र जनशक्तिबाट उद्योग तथा प्रतिष्ठान निरीक्षण गर्न सम्भव नभएको र अहिलेसम्म त्यस विषयमा उजुरी नआएको उहाँको भनाइ छ ।

सन् २०१८ को श्रम सर्वेक्षण अनुसार नेपालमा साढे नौ लाख उद्योग प्रतिष्ठान छन् । विभागका अनुसार श्रम कार्यालयमा उपलब्ध दुई/तीन जना जनशक्तिबाट त्यति धेरै सङ्ख्या उद्योग/प्रतिष्ठानमा पुगेर अनुगमन गर्न सम्भव नभएको र उजुरी पुर्खनुपर्ने अवस्था रहेको छ ।

प्रतिवेदनले योगदानमा आधारित समाजिक सुरक्षाका कारण रोजगारदाता र श्रमिकबिच हुने विवाद कम भएको पाइएको ठहर गरेको छ । योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमले उद्योग/प्रतिष्ठानमा रोजगारदाता र श्रमिकबिच हुने श्रम विवाद घटेको पाइएको हो । राजधानी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

गिरीबन्धु टी स्टेट प्रकरण: को हुन् खर्बौंका जग्गा हत्याउने योजनाका मुख्य सूत्रधार ?

बैङ्क खाता रोक्का तथा फुकुवा गर्नेसम्बन्धी कानुन बन्दै

बजेटमा दोहोरोपन नल्याउन प्रदेश सरकारलाई आग्रह

‘अध्यादेशबाट बजेट ल्याउने स्थिति आओस् भन्ने चाहेको छैन’

गिरिबन्धु टि–इस्टेट प्रकरणः दीपक मल्होत्राको योजनामा केपी ओलीसहितले गरेका थिए नीतिगत भ्रष्टाचार

प्रहरी संगठनमा विधि र प्रक्रिया मिच्दै गृहमन्त्री लामिछाने

नार्कले दियो ड्रोन उडाउने तालिम

चीनबाट कार आयात

सहकारी ठगी मुद्दामा एकमत विपक्षी दल

‘डंकी रुट’ बाट अमेरिका जान लाखौं डुबाउँदै युवा

छिचोलियो लेनडाँडा सुरुङमार्ग

कर्मचारी सरुवा बाह्रैमास