सदाबहार खबरको रफ्तार ....
जेठ ६, २०८१ आइतबार
May 19, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

कुलेखानी जलाशयमा पानी मौज्दात घट्यो

२०८१ बैसाख २४, सोमबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः  कुलेखानी जलविद्युत् आयोजनाको जलाशय इन्द्रसरोवर तालको पानी विद्युत् उत्पादनमा गत वर्षको यही समयको तुलनामा यो वर्ष कम पानी प्रयोग भएको छ ।

रन अफ रिभरमा आधारित नेपालका जलविद्युत् आयोजनाको नदी, खोलाको पानी सतह घट्दै जाँदा जलाशाययुक्त आयोजना कुलेखानी जलविद्युत् आयोजनाको तीनै वटै जलविद्युत् केन्द्र पूर्ण क्षमता चल्दै आएको हो ।

आयोजनाको जलाशयको पानी गत वर्षको फागुन–चैत–वैशाख महिनाको तुलनामा यो वर्ष कम प्रयोग भएको नेपाल विद्युत् प्राधिकरण, कुलेखानी प्रथम जलविद्युत् केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार शुक्रबार दिउँसो ३ बजेको समयमा आयोजनाको इन्द्रसरोवर गाउँपालिकाको मार्खुस्थित जलाशयको सतह समुद्री सतहबाट एक हजार ५०३.१९ मिटरसम्म पानी रहेको छ ।

कुलेखानी प्रथम जलविद्युत् केन्द्र प्रथमका प्रमुख तारादत्त भट्टले शुक्रबारभन्दा गत वर्ष वैशाख २१ दिउँसो ३ बजेको समयमा आयोजनाको जलाशयमा अझ कम पानी रहेको जानकारी दिनुभयो । गत वर्ष वैशाख २१ दिउँसो ३ बजेको समयमा आयोजनाको जलाशय इन्द्रसरोवर तालमा समुद्री सतहबाट १४९८.७६ मिटरसम्म पानी रहेको थियो ।

केन्द्र प्रमुख भट्टले कुलेखानी प्रथम जलविद्युत् केन्द्र, दोस्रो र तेस्रो गत एक महिनादेखि २४ घण्टा पूर्ण क्षमतामा चलेको बताउनुभयो । आयोजनाको विद्युत् उत्पादन सरदर ५५.४ मेगावाट आवर रहेको छ, उहाँले भन्नुभयो, “भारतले राति विद्युत् नदिएको र सुक्खाका कारण नदी, खोलाको पानीको सतह घट्दा पूर्ण क्षमतामा २४ घण्टा चलाउनु परेको हो । उहाँले कुलेखानी आयोजनाको जलाशयको पानीको अधिकतम उपयोग गर्ने समय अहिले नै भएको र जेठसम्म यो क्रमले निरन्तरता पाउने बताउँदै हिउँ पग्लेर पानीको सतह बढ्ने क्रम सुरु भएको र केही समयपछि वर्षासमेत सुरु हुने भएकाले जलाशयको पानी विद्युत् उत्पादनमा विद्युत् केन्द्रले प्रयोगमा ल्याउने गरेको बताउनुभयो ।जलविद्युत्को ब्याकअप आयोजना जलाशययुक्त यस आयोजनालाई  नेपालको जलविद्युत्को महत्वपूर्ण ब्याकअप मानिन्छ ।

सुक्खा र गर्मीको समयमा खोला, नदीको पानी कम हुँदा विद्युत् आपूर्ति र मागलाई सन्तुलन कायम गर्न कुलेखानी जलाशयको पानी प्रयोग गरी विद्युत् उत्पादन गर्ने गरिएको छ ।विद्युत् प्राधिकरणले भारतमा बिक्री गर्दै आएको विद्युत्मा कुलेखानीको तीन वटै केन्द्रबाट उत्पादित विद्युत् पर्छ ।

विद्युत् अधिक माग भएको समय तथा भोल्टेज कम र बढी हुँदा विद्युत् वितरण प्रणालीलाई व्यवस्थित गर्नसमेत जलाशयको पानी उपयोग गरी कुलेखानी जलविद्युत् केन्द्र सञ्चालन गर्ने गरिएको छ ।

जलाशयको सतह समुद्री सतहबाट एक हजार ५३० मिटर पुग्दा जलाशय भरिन्छ ।कुलेखानी प्रथम जलविद्युत् केन्द्रबाट ६० मेगावाट, दोस्रोबाट ३२ मेगावाट र तेस्रो जलविद्युत् केन्द्रको १४ मेगावाट विद्युत् उत्पादन क्षमता रहेको छ । गोरखापत्र

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

गिरीबन्धु टी स्टेट प्रकरण: को हुन् खर्बौंका जग्गा हत्याउने योजनाका मुख्य सूत्रधार ?

बैङ्क खाता रोक्का तथा फुकुवा गर्नेसम्बन्धी कानुन बन्दै

बजेटमा दोहोरोपन नल्याउन प्रदेश सरकारलाई आग्रह

‘अध्यादेशबाट बजेट ल्याउने स्थिति आओस् भन्ने चाहेको छैन’

गिरिबन्धु टि–इस्टेट प्रकरणः दीपक मल्होत्राको योजनामा केपी ओलीसहितले गरेका थिए नीतिगत भ्रष्टाचार

प्रहरी संगठनमा विधि र प्रक्रिया मिच्दै गृहमन्त्री लामिछाने

नार्कले दियो ड्रोन उडाउने तालिम

चीनबाट कार आयात

सहकारी ठगी मुद्दामा एकमत विपक्षी दल

‘डंकी रुट’ बाट अमेरिका जान लाखौं डुबाउँदै युवा

छिचोलियो लेनडाँडा सुरुङमार्ग

कर्मचारी सरुवा बाह्रैमास