सदाबहार खबरको रफ्तार ....
जेठ ६, २०८१ आइतबार
May 19, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

सत्ता टिकाउन सत्ताधारीकै जालझेल

२०८१ बैसाख २४, सोमबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सत्ता गठबन्धनको काँध फेरेको दुई महिना पुगेसँगै उलटपलटको संकेत देखिएको छ। दाहालले एमालेको साथ लिएर नयाँ गठबन्धन बनाएको दुई महिनमै यस्तो संकेत देखिएको हो। अहिलेको गठबन्धनमा नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), जनता समाजवादी पार्टी (जसपा) नेपाल र नेकपा एकीकृत समाजवादी (नेकपा एस) सहभागी छन्।

माओवादी केन्द्र र एमालेको पहलमा बनेको गठबन्धनमा नेकपा एस सहभागी भए पनि सन्तुष्ट छैन। यही क्रममा जसपाका बहुमत सांसदले अलग्गै दल दर्ताका लागि निवेदन लिएर निर्वाचन आयोग पुगेपछि सरकारको गणितमा फेरबदल आउने संकेत देखिएको हो। गत फागुन २१ गते दाहालले तत्कालीन गठबन्धन तोडेपछि नेपाली कांग्रेसले वैकल्पिक समीकरण निर्माणका लागि नेकपा एसका अध्यक्ष माधवकुमार नेपाललाई आश्वासन दिँदै आएको छ।

प्रतिनिधिसभामा १० सिट रहेको नेकपा एसका अध्यक्ष नेपालले एमाले अध्यक्ष ओलीसँग दुरी बढाउँदै कांग्रेस सभापति शेरबहादुर देउवासँग निरन्तर संवाद चलाइरहेका बेला जसपा फुटको सँघारमा पुगेको हो। विगतमा कुनै बेला एमालेका उपाध्यक्षसमेत रहेका अशोक राईले जसपालाई फुटाएर नयाँ दल दर्ताको निवेदन आयोगमा दिएपछि वर्तमान सरकारमा उलटपुलट आउने सम्भावना देखिएको छ। ‘राई नेतृत्वको नयाँ जसपा एमाले–माओवादी केन्द्रको मोर्चा र कांग्रेसले बनाउने वैकल्पिक मोर्चा दुवैमा काम लाग्न सक्नेछ,’ एमालेका एक नेताले भने, ‘तत्कालका लागि सत्तामै यसको उपयोगिता खोजिनेछ।’

वैैकल्पिक गठबन्धन बनेको अवस्थामा प्रतिनिधिसभामा कांग्रेसका ८९, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का १४, नयाँ जसपाका आठ, नेकपा एसका १०, जनमत पार्टीका ६, नागरिक उन्मुक्ति पार्टी (नाउपा) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का ४–४ र राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसीलाई समेत जोड्दा १३६ मात्र सांसद हुनेछन्।

यो सरकार गठनका लागि आवश्यक संख्या भने होइन। उपेन्द्र यादवले गठबन्धन तोड्न खोजेको अवस्थामा एमाले र माओवादी केन्द्रले गठबन्धन टिकाइराख्न राई नेतृत्वको नयाँ जसपालाई प्रयोग गर्न सक्ने अवस्था छ। त्यसो भयो भने सभामुखसहित एमालेका ७९, माओवादी केन्द्रका ३२, रास्वपाका २१ मा राईको जसपाका ८ जोडे १४० सांसद हुनेछ।

संसदमा उपस्थिति जनाउनेमा जनमत पार्टीका ६, आम जनता पार्टी (आजपा) र नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का एकएक सांसद छन् भने दुई जना स्वतन्त्र सांसद पनि छन्। नयाँ गठबन्धन निर्माणका क्रममा ती सांसदहरूले पनि कता समर्थन जनाउँछन् भन्ने सवाल र सम्भावना पनि छँदैछन्।नागरिक दैनिकबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

गिरीबन्धु टी स्टेट प्रकरण: को हुन् खर्बौंका जग्गा हत्याउने योजनाका मुख्य सूत्रधार ?

बैङ्क खाता रोक्का तथा फुकुवा गर्नेसम्बन्धी कानुन बन्दै

बजेटमा दोहोरोपन नल्याउन प्रदेश सरकारलाई आग्रह

‘अध्यादेशबाट बजेट ल्याउने स्थिति आओस् भन्ने चाहेको छैन’

गिरिबन्धु टि–इस्टेट प्रकरणः दीपक मल्होत्राको योजनामा केपी ओलीसहितले गरेका थिए नीतिगत भ्रष्टाचार

प्रहरी संगठनमा विधि र प्रक्रिया मिच्दै गृहमन्त्री लामिछाने

नार्कले दियो ड्रोन उडाउने तालिम

चीनबाट कार आयात

सहकारी ठगी मुद्दामा एकमत विपक्षी दल

‘डंकी रुट’ बाट अमेरिका जान लाखौं डुबाउँदै युवा

छिचोलियो लेनडाँडा सुरुङमार्ग

कर्मचारी सरुवा बाह्रैमास