सदाबहार खबरको रफ्तार ....
जेठ ७, २०८१ सोमबार
May 20, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

प्रधानमन्त्री कार्यालयको पत्रपछि रूसी सेनामा रहेकाहरूको परिवारले स्थगित गरे अनसन

२०८१ बैसाख २४, सोमबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः रूसी सेनामा भर्ती भएका नेपालीहरूको परिवारले अनसन स्थगित गरेका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले पत्र पठाएपछि उनीहरूले १७ औं दिनमा आइतबार अनसन तोडेका हुन्। रूसको सेनामा भर्ती भएकाहरूलाई नेपाल फिर्ता ल्याउन, मृत्यु भएकाहरूको शव ल्याउन लगायतका माग राख्दै उनीहरूका आफन्त रत्नपार्कस्थित गणेश मन्दिर परिसरमा अनसन बसेका थिए।

आइतबार प्रधानमन्त्रीको कार्यालयले रूसी सेनामा भर्ती भएकाहरूको जीवन प्रतिरक्षाका लागि सरकार प्रतिबद्ध रहेको र उनीहरुलाई सकुशल फिर्ता ल्याउन पहल गरिरहेकाले अनसन स्थगित गर्न अनुरोध गरेको थियो।

रूसी सेनामा आबद्ध नेपालीहरूको उद्धार लगायतका विषयमा यहाँहरूलेल उठाउनुभएका मागहरूबारे नेपाल सरकारको गम्भीर ध्यानाकर्षण भएको छ। उक्त मागहरूका सम्बन्धमा सरकारले कुटनीतिक पहल गरिरहेको र उक्त पहललाई सार्थक निष्कर्षमा पुर्‍याउन थप पहल गर्ने प्रतिबद्धता व्यक्त गर्दै जारी अनसन स्थगित गरिदिनुहुन हार्दिक आग्रह गर्दछौं,’ पत्रमा भनिएको छ।

लगातारको अनसनबाट उनीहरुको स्वास्थ्य पनि बिग्रँदै गएको र प्रधानमन्त्री कार्यालयबाट पनि प्रतिबद्धता पत्र प्राप्त भएकाले तत्कालका लागि अनसन स्थगित गरिएको अभियान्ता कृतु भण्डारीले जानकारी दिइन्।

‘हाम्रो मागप्रति सरकारले चासो देखाएको छ।भोकै बस्दा साथीहरूको स्वास्थ्य अवस्था बिग्रँदै गएकाले अनसन तोडेका हौं,’ उनले भनिन्।

वैशाख ६ गतेदेखि १३ बुँदेमाग राख्दै कृतु भण्डारी, ३७ वर्षीया सिरानी घर्तिमगर र ४९ वर्षीया किसान थापा अनसन बसेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

राष्ट्रपति पौडेलद्वारा इरानका राष्ट्रपति रायसीको निधनप्रति दुख व्यक्त

गगनमाथि लगाएको आरोपको प्रमाणको भार स्वयं आरोप लगाउनेले पूरा गर्नुपर्छ- नेतृ झाँक्री

कांग्रेसले प्रधानमन्त्री प्रचण्डलाई सम्झायो- जंगलबाट राजनीतिमा कसले ल्याएको हो बिर्सिनुभो !

गृहमन्त्री लामिछाने भन्छन्- कसैलाई आरोप लगाएको छैन, समाचार सदनमा पढेर सुनाएको हुँ

इरानका राष्ट्रपति र विदेशमन्त्रीको निधनप्रति नेपालद्वारा दुःख व्यक्त

गगन थापालाई गिरफ्तार नगरे गृहमन्त्री लामिछाने देशद्रोहीको मतियार ठहरिन्छन्- भीम रावल

सरकार सहकारी ठगलाई जोगाउन उद्धत भयो- लेखक

सभामुखको भूमिका सन्तोषजनक भएन- चित्रबहादुर केसी

कानुनभन्दा माथि कोही छैन भन्ने भाष्य स्थापित भएको छ- प्रधानमन्त्री

उपेन्द्र यादवले दायर गरेको रिटको पेसी न्यायाधीश ढुंगानाको एकल इजलासमा

सहमतिका साथ अघि बढ्न उपप्रधानमन्त्री लामिछानेको आह्वान

सहमतिमै संसद् खोल्नुपर्छ, नत्र ठूलो संकटमा परिन्छ: नेपाल