सदाबहार खबरको रफ्तार ....
जेठ ६, २०८१ आइतबार
May 19, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

धनगढी उपमहानगरद्वारा २३ करोड राजस्व सङ्कलन

२०८१ बैसाख २४, सोमबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौ : कैलालीको धनगढी उपमहानगरपालिकाले रु २३ करोड ४० लाख ९३ हजार राजस्व सङ्कलन गरेको छ ।

उपमहानगरपालिकाले चालु आव २०८०÷८१ को साउनदेखि चैत मसान्तसम्म सो राजस्व सङ्कलन गरेको हो । सम्पत्ति करबाट रु दुई करोड ९१ लाख ५० हजार, भूमि कर रु ८२ लाख ८५ हजार, बहाल कर रु पाँच करोड ३७ लाख ८८ हजार, बहाल विरौटी कर रु ११ लाख ८७ हजार, सवारीसाधन कर रु चार लाख ३२ हजार र अन्य करबाट रु चार लाख ७८ हजार राजस्व सङ्कलन भएको उपमहानगरपालिकाका राजस्व शाखा प्रमुख लेखनाथ ओझाले जानकारी दिनुभयो ।

उहाँका अनुसार सरकारी सम्पत्ति बहालबाट प्राप्त आय रु ६८ लाख पाँच हजार, अन्य सेवा शुल्कबाट रु २४ लाख ७९ हजार, शिक्षा क्षेत्रको आम्दानी रु १३ लाख ४४ हजार, पार्किङ शुल्कबाट रु ५२ लाख ९७ हजार, नक्सा पास दस्तुरबाट रु दुई करोड २७ लाख ७७ हजार, सिफारिस दस्तुरबाट रु एक करोड ३२ लाख २७ हजार राजस्व सङ्कलन भएको छ ।

त्यस्तै व्यक्तिगत घटना दर्ता दस्तुर रु १० लाख सात हजार, नाता प्रमाणित दस्तुर रु तीन लाख ६१ हजार, अन्य दस्तुरबाट सात लाख ५६ हजार, प्रशासनिक दण्ड जरिवानाबाट रु ४४ लाख ११ हजार, व्यवसायबाट रु तीन करोड १७ लाख २६ हजार, अन्य राजस्व रु चार करोड ९९ लाख ५२ हजार, बेरुजुबापत रु पाँच लाख ८६ हजार, सामुदायिक वनबाट प्राप्त आय रु ३२ हजार र विज्ञापन करबाट रु पाँच हजार राजस्व सङ्कलन भएको उहाँले जानकारी दिनुभयो ।

करको दायरा बढ्दै जाँदा राजस्व सङ्कलनमा वृद्धि हुँदै गएको शाखा प्रमुख ओझाको भनाइ छ । उहाँले भन्नुभयो, “प्रत्येक वर्ष करको दायरा बढ्दै जान्छ, आगामी आवमा पनि करको दायरा बढ्छ, तर करको दर भने यथावत रहन्छ ।” गत आव २०७९÷८० मा उपमहानगरपालिकाले कूल रु २७ करोड ९२ लाख १५ हजार राजस्व सङ्कलन गरेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

साढे ४५ अंकले बढ्यो नेप्से

सुनको मूल्य अहिलेसम्मकै उच्च, कति पुग्यो ?

मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक (पूर्णपाठ)

सुनचाँदीको मुल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

दश महिनामा करिब एक्काइस अर्ब राजस्व सङ्कलन

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

सुनको मूल्य हालसम्मकै उच्च, कतिमा हुँदैछ कारोबार ?

दस महिनामा एक लाख ७७ हजार पर्यटकद्वारा अन्नपूर्ण क्षेत्रको भ्रमण

पेट्रोलको मूल्य लिटरमै साँत रुपैयाँ घट्यो

साढे नौ अंकले घट्यो नेप्से

सुनको भाउ तोलामा एक हजार रुपैयाँले बढ्यो

आयआर्जन र पर्यटन प्रवर्द्धनको माध्यम बन्दै महसिकार