सदाबहार खबरको रफ्तार ....
जेठ ६, २०८१ आइतबार
May 19, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

करदाता सेवा कार्यालयको राजश्वमा वृद्धि

२०८१ बैसाख २४, सोमबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः करदाता सेवा कार्यालयहरुबाट संकलित हुने राजश्व गत आर्थिक वर्षको यही अवधिको तुलनामा यो वर्ष वृद्धि भएको छ ।

गत वर्ष चैत मसान्तसम्म १२ अर्ब १६ करोड राजश्व संकलन भएको थियो । यो वर्ष चैत मसान्तसम्म उक्त रकममा १.५३ प्रतिशतले वृद्धि भएको आन्तरिक राजश्व कार्यालयका महानिर्देशक शिवलाल तिवारीले जानकारी दिए ।

उनले चालु आर्थिक वर्षको बाँकी दुई महिनामा सो वृद्धिदर थप बढ्ने अनुमान गरे । देशभर ३९ वटा करदाता सेवा कार्यालय छन् । ती कार्यालयहरुले करदातालाई पायक पर्ने स्थानबाट आयकर, मुल्य अभिवृद्धिकर, अन्तशुल्क तथा शिक्षा र स्वास्थ्य क्षेत्रको कर संकलन गर्दै आएका छन् ।

यसैबीच आन्तरिक राजश्व कार्यालयले ३९ वटै करदाता सेवा कार्यालयका प्रमुखसहित कर्मचारीहरुको कार्यसम्पादन समीक्षा सम्पन्न गरेको छ । सबै कार्यालयका कर्मचारीसँग आफूले भर्चुअल माध्यमद्वारा कार्यसम्पादन समीक्षा गरेको जानकारी दिए ।

समीक्षामा उनले राजश्व निगरानी र करदाता सचेतना बढाउन निर्देशन दिए । तिवारीले अनुशासित भएर सरल र बिना झण्झट सेवा प्रवाह गर्न आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

साढे ४५ अंकले बढ्यो नेप्से

सुनको मूल्य अहिलेसम्मकै उच्च, कति पुग्यो ?

मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक (पूर्णपाठ)

सुनचाँदीको मुल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

दश महिनामा करिब एक्काइस अर्ब राजस्व सङ्कलन

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

सुनको मूल्य हालसम्मकै उच्च, कतिमा हुँदैछ कारोबार ?

दस महिनामा एक लाख ७७ हजार पर्यटकद्वारा अन्नपूर्ण क्षेत्रको भ्रमण

पेट्रोलको मूल्य लिटरमै साँत रुपैयाँ घट्यो

साढे नौ अंकले घट्यो नेप्से

सुनको भाउ तोलामा एक हजार रुपैयाँले बढ्यो

आयआर्जन र पर्यटन प्रवर्द्धनको माध्यम बन्दै महसिकार